Thursday, October 26, 2017

सवारी दुर्घटनामा एकको मृत्यु

सुनसरी जिल्लाका पश्चिम क्षेत्रमा पर्ने बराह नगरपालिकाको प्रकाशपुर राजावास क्षेत्रको भित्री सडकखण्डमा को२५प ८८४३ नंको मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

उक्त घटनामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बन्नुभएकी ८४ वर्षीया लीलामाया राईलाई घटनापछि उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पु¥याई उपचार गर्ने क्रममा आज मृत्यु भएको प्रहरीले बताएको छ ।

बुधबार अपराह्नतिर भएको उक्त मोटरसाइकल दुर्घटना गराउने मोटरसाइकल र त्यसका चालक भोक्राहा गाउँपालिका–३ का ४८ वर्षीय सत्यनारायण शर्मालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही अघि बढाएको पनि प्रहरीले बताएको छ ।

त्यसैगरी प्रहरीले २०४५ सालमा डकैत गरेको अभियोगमा मुद्दा परी जिल्ला अदालत सुनसरीले छ वर्ष कैद सजाय सुनाइएका फरार अभियुक्तलाई पक्राउ गरी देवानगञ्ज–३ निवासी राजेन्द्र महतोलाई नियन्त्रणमा लिई अदालत पेश गरेपछि निजलाई कैद भुक्तानका लागि आज कारागार चलान गरेको पनि प्रहरीले बताएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts