Monday, October 23, 2017

राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार मुलुकका नवनियुक्त आवासीय र गैरआवासीय राजदूतले आज आआफ्ना ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालका लागि नर्वेका नवनियुक्त आवासीय राजदूत ल्यासे बिजोर्न जोहान्नेस्सन, जर्मनीका रोलान्ड स्काफर, युरोपेली संघका भेरोनिका कोदी र न्युजिल्याण्डका गैरआवासीय राजदूत जोन्ना मेरी केम्प्कर्सले सो प्रमाणपत्र पेश गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts