Thursday, October 12, 2017

महिला गणितज्ञको सम्मेलन शुरु

एशियाली मुलुकका महिला गणितज्ञको सम्मेलन कीर्तिपुरस्थित केन्द्रीय गणित विभागमा आजदेखि शुरु भएको छ ।

वुमन अफ नेपाल इन म्याथमेटिकल साइन्सले आयोजना गरेको यस सम्मेलनमा नेपाल, भारतलगायत विभिन्न १२ मुलुकका ६० जना सहभागीले ३९ वटा कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलन यही असोज २९ गतेसम्म चल्नेछ ।

सम्मेलनको उद्घाटन गर्दै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले राजनीति, न्याय सेवा र अर्थ क्षेत्रमा जस्तै विज्ञान तथा प्रविधिको क्षेत्रमा पनि महिलाको नेतृत्व विकास गर्न आवश्यक भएको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठी, केन्द्रीय गणित विभागका प्रमुख डा केदारनाथ उप्रेती, पद्मकन्या क्याम्पसका प्रा धनकुमारी थापा, महेन्द्ररत्न क्याम्पसका अध्यापक तारा पौडेल, डा निलम सुवेदीलगायतले सम्मेलनबाट प्राप्त हुने सुझावलाई सरकारको नीति तथा योजना निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रारम्भिक तहदेखि छोरीलाई गणित शिक्षामा प्रेरित गर्नुपर्ने उहाँहरुको धारणा थियो ।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष प्रा डा शान्ति बज्राचार्यले सहभागी राष्ट्रका महिलाको शिक्षामा पहुँच तथा गणित अध्ययनमा उनीहरुको अवस्थाकाबारे सम्मेलनमा अनुभव आदान–प्रदान गरिने जानकारी गराउनुभयो ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts