Tuesday, October 24, 2017

वर्षात् शुरु हुनुअघि दोस्रो चरणको रकम उपलब्ध गराइने

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी तीन महिनामा पुनःनिर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरिने बताउनुभएको छ ।

प्राधिकरणमा पद बहालीपछि आज पत्रकारसँग कुरा गर्दै उहाँले आगामी माघ २ गते अर्थात् भूकम्प सुरक्षा दिवसका दिनसम्म हामी पीडितका आँशु पुछ्ने गरी महत्वपूर्ण काम गरेर देखाउने छौँ भन्नुभयो । पुनःनिर्माणमा आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने स्पष्ट पार्दै भुसालले वर्षात् शुरु हुनुभन्दा अघि दोस्रो चरणको रकम उपलब्ध गराएर छाडिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पुनःनिर्माण सामूहिक कार्य भएकाले सरोकार निकाय एवं अन्तरर्राष्ट्रिय दातृ निकायसँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाउँदै उहाँले भन्नुभयो, “प्राधिकरण सोल एक्जुकेटिभ भूमिकामा छैन, संयोजनकारी भूमिकामा छ, ।” कानून निर्माण तथा व्यावहारिक कठिनाइका कारण भूकम्प पीडितका घर पुनःनिर्माण गर्नमा ढिलाइ भएको बताउँदै उहाँले भन्नुभयो, “धरहरा, बालगोपाल मन्दिर, वसन्तपुर दरबारलगायतका महत्वपूर्ण पुरातत्विक संरचनाको पुनःनिर्माणमा विशेष ध्यान दिनेछु, त्यसका लागि आर्थिक स्रोत जुटाउने छु ।”

विपद्पछिको आवश्यकता मूल्यांकन प्रतिवेदनानुसार विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट आठ हजार ७९० को मृत्यु तथा २२ हजार ३०० घाइते भएका थिए । त्यसबाट ३१ जिल्लाका करिब ८० लाख जनता विस्थापित भएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts