Thursday, November 30, 2017

भूकम्प पीडितलाई घर हस्तान्तरण

त्रिशूली, नुवाकोट। स्थानीय किस्पाङ गाउँपालिकाको मनकामना साबिकको मनकामना गाविसका एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा निर्माण गरिएको भूकम्प प्रतिरोधी घर हस्तान्तरण गरिएको छ ।

वल्र्ड रिन्युको सहयोगमा नारी जागरण केन्द्र नेपालले साबिकको मनकामना गाविस–४, ६ र ७ मा रहेको ३२३ लाभग्राहीमध्ये २८२ घरको पुनः निर्माण गरी घरधनीलाई हस्तान्तरण गरेकोे हो ।

भूकम्प पीडितलाई घर हस्तान्तरण गर्दै राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सहसचिव एवं प्रवक्ता यमलाल भुसालले भूकम्पले क्षति भएका घरको पुनः निर्माण सन्तोषजनक नरहेको अवस्थामा गैरसरकारी संस्थाको सहयोगमा एउटा जिल्लामा २८२ घरको पुनः निर्माण हुनु अन्य जिल्लाका लागिसमेत प्रेरणा मिलेकोे बताउनुभयो ।

उहाँले भूकम्पपछिको पुनः निर्माणका लागि सहुलियत ऋणको व्यस्थापनका लागि कार्य अगाडि बढेकामा प्राधिकरणले तयार पारेको कार्यविधिअनुसार बैंकले ऋण दिन तयार रहे पनि ऋण तिर्ने मापदण्ड नबनेकाले ढिलाइ भएको उल्लेख गर्नुभयो ।
साबिकको मनकामना गाविसमा रु १८ करोडको लागतमा २८२ घर पुनः निर्माण गरिएको हो । कूल ३२३ भूकम्पपीडित भएपनि २८८ घरसँग मात्रै सम्झौता भएको बताइएको छ ।
उक्त संस्थाले भूमेदेवी मावि, कार्की मनकामना मावि लगायतका विद्यालयलाई शैक्षिक लगायतका अन्य सामग्री सहयोग स्वरूप उपलब्ध गराएको छ ।

यसैबीच भूकम्पले क्षति पु¥याएका आवासमध्ये नुवाकोटमा सात हजार १३९ घर पुनः निर्माण भएको जनाइएको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गत आवास निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार लाभग्राही आफँैले अनुदान रकम प्राप्त गरी निर्माण गरेको घरको सङ्ख्या मंसिरको दोस्रो सातासम्ममा सात हजार १३९ पुगेको छ । आवास पुनः निर्माण भएकामध्ये लाभग्राहीले निर्माण गरेका पाँच हजार ३६४ घरको सरकारी अनुदान पाउन बाँकी रहेको छ । सरकारी तथा संस्थामार्फत अनुदान लिएर घर बनाउने प्रभावितको सङ्ख्या एक हजार ७७५ रहेको इकाई निर्देशक विदुर खड्काले जानकारी दिनुभयो ।

आवास निर्माणको अन्तिम चरणमा पुगेका दुई हजार ४० लाभग्राहीले तेस्रो किस्ता अनुदानका लागि निवेदन दिएका छन् भने १२ घरधुरीको अनुदान रकम बैंक खातामा निकासाको प्रक्रियामा रहेको इकाई निर्देशक खड्काले बताउनुभयो । उहाँका अनुसार अनुदानमार्फत भन्दा प्रभावितले आफूखुशी निर्माण गरेको घरको सङ्ख्या तीन गुणा भन्दा बढी भएकाले तिनलाई अनुदान उपलब्ध गराउने प्रक्रियामा समावेश गर्न लागिएको छ ।

वैशाख १२ को भूकम्पले नुवाकोटमा ६५ हजार ७५९ घरधुरी पूर्ण क्षति भएकामा आवास निर्माण गर्न ६२ हजार ३७४ धरधुरीले अनुदान सम्झौता गरेका छन् । सम्झौता भएकामध्ये ६२ हजार ८६ परिवारले पहिलो किस्ताबापत रु ५० हजार नगद लिए पनि घर बनाउनको सङ्ख्या निकै कम छ ।

पहिलो किस्ता रकम लिएर आवास निर्माण शुरु गरी दोस्रो किस्ता रु एक लाख ५० हजार लिनेको सङ्ख्या १४ हजार ४८२ पुगेको छ । पहिलो किस्ता रकम पाएकामध्ये १५ हजार ९०० ले निर्माण कार्य शुरु गरेको पुनः निर्माण प्राधिकरण जिल्ला समन्वयन समितिको सचिवालयले जनाएको छ । पहिलो किस्ता रकम लिएर आवास निर्माण शुरु गरेका मध्ये १०९ घरको मापदण्डअनुसार नभएकाले अनुदान सिफारिशका लागि घर सुधार गर्न सुझाव दिएको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जानकारी दिनुभयो ।

बारामा १२१ मतदानस्थल अति संवेदनशील

कलैया।यही मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये १२१ मतदानस्थल अति संवेदनशीलको रूपमा वर्गिकरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरका अनुसार जिल्लाको कूल तीन लाख ४९ हजार ९४७ मतदाताका लागि ३०३ मतदानस्थल र ४७५ मतदान केन्द्रको व्यवस्था गरिएकामा ९७ मतदानस्थल संवेदनशील र १२१ मतदानस्थल अति संवेदनशील रहेकाले उक्त मतदानस्थलमा शान्तिसुरक्षा कडा पारिएको छ ।

उहाँका अनुसार निर्वाचन क्षेत्र नं १ मा कूल ९६ हजार १४६ मतदाताका लागि ८४ मतदानस्थलको व्यवस्था गरिएकामा १२ मतदानस्थल संवेदनशील र ४६ मतदानस्थल अति संवेदनशील रहेको छ । निर्वाचन क्षेत्र नं २ मा कूल ८३ हजार ५२४ मतदाताका लागि ८२ मतदानस्थलको व्यवस्था गरिएकामा ३१ मतदानस्थल संवेदनशील र ३७ मतदानस्थल अति संवेदनशील रहेको छ ।

यसैगरी निर्वाचन क्षेत्र नंं ३ मा कूल ८४ हजार ६६९ मतदानका लागि ७६ मतदानस्थलको व्यवस्था गरिएकामा २९ मतदानस्थल संवेदनशील र ११ मतदानस्थल अति संवेदनशील रहेका छन् ।

यस्तै निर्र्वाचन क्षेत्र नं ४ मा ८५ हजार ६०८ मतदाताका लागि ६१ मतदानस्थल व्यवस्था गरिएकामा २५ मतदानस्थल संवेदनशील र ६१ मतदानस्थल अति संवेदनशील रहेका छन् ।

देशलाई समृद्धिको यात्रामा लैजान वाम एकता :अध्यक्ष दाहाल

रत्ननगर,  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७० वर्षको लामो भूमरीमा परेको राजनीतिलाई त्यसबाट निकालेर देशलाई समृद्धिको यात्रामा लैजाने अठोटका साथ वाम एकता भएको स्पष्ट पार्नुभएको छ ।

चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको पटिहानीमा आज साँझ आयोजित चुनावीसभामा उहाँले भन्नुभयो – “यही मंसिर २१ को निर्वाचनपछि आउने कम्युनिष्टको सरकारले त्यो भूमरिबाट देशलाई निकालेरै छाड्छ,
त्यसपछि मुलुकमा आर्थिक समृद्धि र विकासको यात्रा अघि बढ्छ ।”

चितवन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष दाहालले लामो संघर्ष र बलिदानपछि समावेशी र लोकतन्त्रसहितको संविधान बनेको उल्लेख गर्दै निर्वाचनपछि विकासले फड्को मार्ने बताउनुभयो ।

कम्युनिष्टको बलियो केन्द्र बनाउने उद्देश्यसहित ७७ वटै जिल्लामा साझा उम्मेदवार खडा गरेको उल्लेख गर्दै उहाँले सबैका निम्ति यो खुसीको कुरा भएको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो –“देशमा स्थिरता होस् र समृद्धि होस् भन्ने चाहना राख्ने काँग्रेसलगायत अरु पार्टी सबैले कम्युनिष्ट एकतालाई सकारात्मक रुपमा हेरेको छ ।”

यसअघि आफू पढेको चितवनको शिवनगर स्थित नारायणी विद्यामन्दिर उच्च माविमा आज अपराह्न भएको एक अन्तरक्रियामा उहाँले स्कुलका सहपाठी गुरुहरुसँग भेट हुँदा पुरानै सम्झना आएको बताउँदै यही स्कुलको शिक्षाले अहिले आफू यहाँसम्म आइपुगेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

आजै भरतपुर–२१ पर्वतीपुरमा जेष्ठ नागरिकसँगको अन्तरक्रियामा अध्यक्ष दाहालले ज्येष्ठ नागरिकको आशिर्वादले आफूले चुनाव जितेको जस्तै महसुस भएको उल्लेख गर्नुभयो ।

सो क्रममा जेष्ठ नागरिकहरुले उहाँलाई विभिन्न माग प्रस्तुत गरेका थिए । रासस

चार अर्ब ३५ करोडको तरकारी बिक्री

धनकुटा । बाह्रै महिना तरकारी उत्पादन हुने धनकुटामा रु चार अर्ब ३५ करोड बराबरको तरकारी बिक्री भएको छ ।

सिँचाइको सुविधा भएका क्षेत्रमा व्यावसायिक तरकारी खेती गर्नेको सङ्ख्या बढेसँगै तरकारी उत्पादन र बिक्री बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यस वर्ष जिल्लामा उत्पादित बन्दागोभी, मूला, आलु, गोलभेँडा, अकबरे खुर्सानी, घीउसिमीलगायत तरकारी उत्पादन भएको छ । जिल्लामा अघिल्लो वर्षको तुलनामा करिब रु ३० करोड बढीको तरकारी उत्पादन बिक्री भएको जिल्ला कृषि विकास कार्यलयका प्रमुख भरत विडारीले जानकारी दिनुभयो ।

बजारको समस्या नभएको र गत वर्षको तुलनामा तरकारी खेतीमा किसानको सङ्ख्या थपिनु एवं तरकारी उत्पादन गर्ने जमिनको क्षेत्रसमेत विस्तार भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

बाह्रै महिना तरकारी उत्पादन हुने जिल्लामा गत वर्ष सबैभन्दा बढी रु एक अर्ब २९ लाख ५५ हजार बराबरको गोलभेँडा उत्पादन भएको थियो । कूल एक हजार ४५८ हेक्टरमा ५१ हजार ९७८ मेट्रिक टन गोलभेँडा उत्पादन भएको थियो । बाँझिएको जग्गासमेत प्रयोगमा आउन थालेको विडारीले बताउनुभयो ।

जग्गा भाडामा समेत लिएर किसानले खेती गर्न थालेका जोरपाटी गाउँपालिकाका मेघराज खतिवडाले बताउनुभयो । जिल्लामा उत्पादित तरकारी सुनसरीको धरान, मोरङको विराटनगर, झापाको विभिन्न बजार तथा भारतमा लगेर समेत बिक्री गरिँदै आएको छ । जिल्लामा ४० हजार ८२३ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य छ ।

यान्त्रिक हलोतर्फ किसानको आकर्षण

बाबियाचौर, म्याग्दी । जिल्लाका किसान यान्त्रिक हलोतर्फ आकर्षित भएका छन् ।
ग्रामीण क्षेत्रका किसानले खेतबारी खनजोतका लागि गोरुको विकल्पमा आधुनिक यान्त्रिक हलोको प्रयोग गर्ने क्रम बढेको छ । गाउँमा किसान यान्त्रिक हलोले खेतबारी खनजोत गर्न थालेका छन् ।

यान्त्रिक हलोको प्रयोगसँगै उत्पादन लागत घटेको र सजिलो भएको किसानले बताएका छन् । बेनी नगरपालिकाका साथै मालिका, मंगला, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका किसानले यान्त्रिक हलोको प्रयोग गरेर खेतबारी खनजोत गर्न थालेका छन् ।

धौलागिरि गाउँपालिका– ७ ताकमका भोजीन्द्र पौडेलले गोरुले जोत्दा तीन दिन लाग्ने खेत मिनीटिलरले एकै दिनमा सक्ने बताउनुभयो । सडक छेउछाउ, ढुङ्गा नभएको र ठूला गह्रा भएका फाँटमा ट्र्याक्टरले नै खेत जोत्ने गरिएको छ ।

ताकमका किसान दीपक सुवेदीले गोरु नपाइने, पाल्न दुःख हुने र मजदुर नपाउने समस्या बढिरहेका बेला यान्त्रिक हलोले राहत मिलेको बताउनुभयो । यान्त्रीकरणमार्फत कृषि कार्यलाई सहज बनाउने, लागत घटाउने र उत्पादन वृद्धि गर्ने उद्देश्यले विगत केही वर्षयता जिल्ला कृषि विकास कार्यालयले अनुदानमा मिनीटिलर हलो वितरण गर्दै आएको छ ।

एउटा मिनीटिलर हलोको मूल्य रु ७५ हजारसम्म पर्छ । हलगोरु खरिदका लागि पनि उत्तिकै खर्च गर्नुपर्ने र पाल्नुपर्ने झन्झटबाट किसान मुक्त भएका छन् ।

यस वर्ष कृषिको बजेट स्थानीय तहमा गए पनि नगरपालिका र गाउँपालिकाले बजेट अन्यत्र विनियोजन गर्दा यन्त्र उपकरण, मलबीउ र विषादीमा पाउँदै आएको अनुदानबाट वञ्चित हुनु परेको बेनपा–२ बगरफाँटका भीमबहादुर रिजालले बताउनुभयो ।

मिनीटिलरप्रति आकर्षण बढे पनि प्रयोग गर्ने विधि र प्राविधिक विषयमा जानकारी नहुँदा भने किसानलाई समस्या भएको छ । प्राविधिक विषयमा पर्याप्त जानकारी नहुँदा ट्र्याक्टरमा सामान्य समस्या आउँदासमेत बोकेर बेनी ल्याउनुपर्ने समस्या रहेको किसानले बताएका छन् ।

बजारीकरण गर्न महोत्सव

स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुस २८ गतेदेखि माघ ८ गतेसम्म बेनीमा छैटौँ म्याग्दी महोत्सव आयोजना हुने भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा माघे संक्रान्ति पर्वका अवसरमा महोत्सवका साथै ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक र व्यापार मेला आयोजना हुन लागेको हो ।

स्थानीय उत्पादनको बजार प्रवद्र्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत्, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरी लगानी भित्र्याउने र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष उत्तम कर्माचार्यले जानकारी दिनुभयो । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र करिब रु छ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा १८० वटा व्यावसायिक कक्ष राखिनेछ ।

हिंसात्मक घटना कम गर्न सरकारले पहल नगरेको एमालेको आरोप

काठमाडौँ। नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले निर्वाचनको मुखमा भएका हिंसात्मक घटना कम गर्न सरकारले पहल नगरेको आरोप लगाउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपालले आज आयोजना गरेको काठमाडौँ जिल्लाका वाम प्रगतिशील गठबन्धनका उम्मेदवारसँगको अन्तरक्रियामा नेता पोखरेलले निर्वाचनलाई असर पर्ने गरी विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।

लामो समयदेखि जनताको चाहना रहेको स्थिर सरकार निर्माणसँगै देशमा आर्थिक समृद्धि ल्याउन गठबन्धन सरकारको आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । यही मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा वाम गठबन्धनको पक्षमा उल्लेख्य मत आएको जिकिर गर्दै उहाँले मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि आफूहरुलाई मत दिन मतदाता आतुर रहेको जिकिर उहाँले गर्नुभयो ।

‘साइबर क्राइम’ नियन्त्रण बैंक तथा वित्तीय संस्थाका निम्ति चुनौतीपूर्ण बन्दै

काठमाडौँ । मुलुकका बैंक तथा वित्तीय संस्थाको रकम कम्प्युटरको माध्यमबाट गैरकानुनी ढंगले हासिल गर्नेहरुबाट जोगाउनु ज्यादै चुनौतीपूर्ण बन्दै गएको निष्कर्षमा ‘बैंकर’हरु पुगेका छन् । साथै उनीहरूले ‘साइबर क्राइम’ नियन्त्रण राज्यको प्राथमिकता हुनुपर्ने बताएका छन् ।

विश्वभरको ‘बैंकिङ’ प्रणाली‘साइबर क्राइम’को चपेटामा परेको र त्यसको नियन्त्रण चुनौतीपूर्ण बनिरहेको सन्दर्भमा मुलुकमा पहिलोपटक साइबर क्राइम र दु्रत रकम प्रवाह सेवा (स्विफ्ट)लाई सुरक्षित तुल्याउने उपायबारे छलफल गर्न आज राजधानीमा एकदिवसीय सम्मेलन आयोजना गरियो ।

नेशनल बैंकिङ इन्स्टिच्युटले आयोजना गरेको उक्त सम्मेलनलाई सम्बोधन गर्दै इन्स्टिच्युटका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले स्विफ्ट सेवालाई सुरक्षित तुल्याउन र त्यसलाई ‘ह्याकर’बाट जोगाउन बैंक तथा वित्तीय संस्थाले पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

“सूचना तथा सञ्चार प्रविधिले सुविधासँगै चुनौती पनि थपेकाले त्यसको सामना गर्न लगानी पनि बढाउन अपरिहार्य भएको छ । सेवा प्रदायकको अस्तित्व नै समाप्त पार्ने किसिमको जोखिम बढेको छ,” उहाँले भन्नुभयो ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले सञ्चालन खर्च जोगाउने उद्देश्यले अधिकांश बैंकले असली विद्युतीय उपकरण उपयोग नगरेका बताउँदै प्रविधिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर जनशक्ति र उपकरणमा यथेष्ट लगानी गर्नुपर्ने बताउनुभयो ।

नेशनल वैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले नेपालका बैंक तथा वित्तीय संस्थासमेत ह्याकरको निशानामा परेकाले बेलैमा सुरक्षणका उपाय अवलम्बन नगरे दुर्घटना हुने चेतावनी दिनुभयो ।

सम्मेलनमा साइबर क्राइम नियन्त्रणको क्षेत्रमा काम गरेका भारत र बंगलादेशका जानकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, वाणिज्य तथा विकास बैंकका साथै विप्रेषण तथा वित्तीय कारोबार गर्ने संघसंस्थाका १८० उच्च अधिकारी सहभागी छन् ।

हालै एनआइसि एशिया बैंकको खाताबाट रु ४० करोडभन्दा बढी रकम चोरी (ह्याक)भएको थियो भने गत वर्ष बंगालदेशको केन्द्रीय बैंकबाट आठ करोड १० लाख अमेरिकी डलर चोरी भएको थियो । गत महिना ताइवानको फार इष्टर्न इन्टरनेशनल बैंकको छ करोड डलर स्विफ्ट सेवा ह्याक गरेर चोरी भएको थियो ।

भारतको केन्द्रीय बैक रिजर्भ बैंक अफ इण्डियाले सन् २०१५÷१६ मा १६ हजार ४६८ वटा वित्तसम्बन्धी साइबर क्राइम भएका विवरण सार्वजनिक गरेको थियो ।

खोकनावासी भन्छन् : ‘हाम्रो मौलिक पहिचान जोगिन्छ कि जोगिँदैन’

ललितपुर।गोरखा भूकम्पले भत्काएको घरअगाडि ज्ञानदास डंगोल बिहानको घाम ताप्न निस्कनु मात्रै भएको थियो । ठूलो–ठूलो स्वरमा नारा लगाउँदै एउटा समूह आइपुग्यो ।

त्रियासी वसन्त पार गर्नुभएका डंगोल, होइन के को जुलुस रहेछ भनेर हेर्दै हुनुहुन्थ्यो । टोलका युवादेखि वृद्ध जुलुसमा सहभागी थिए । खोकनाको पुरानो टोल न्हगुमा उहाँको भत्किएको घर अझै ठडिएको छैन । तर पछिल्लो पटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले अन्यत्र जस्तै उहाँको टोललाई समेत राम्रै गरी छोएको छ ।

पछिल्ला दिनमा मत माग्दै आउने उम्मेदवार, नेता तथा कार्यकर्ताको सङ्ख्या बढेको छ । पञ्चायतकालदेखि मतदान गरेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “मलाई त असाध्यै रमाइलो पो लाग्छ त निर्वाचन आएपछि ।”

महर्जनले त्यसो भनिरहँदा नारा लगाउँदै आएको समूह उहाँकै अगाडि आइपुग्यो र एउटा पर्चा थमायो । “लौ मैले त राम्ररी पढ्न जान्दिन, के लेखेको छ, यसमा । नातिलाई पढ्न लगाउनुपर्ला नि हुन्न ?”, पर्चा दिनेलाई प्रश्न गर्नुभयो । “हुन्छ बा हुन्छ” पर्चा दिनेले उत्तर दियो ।

स्थानीय तह निर्वाचनमा मतदान गरेको केही समयपछि हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सक्रिय सहभागी हुने बताउँदै डंगोलले भन्नुभयो, “मेरो घरमा १३ मत छ, म त सबैलाई सहभागी गराउँछु । तर भत्किएको घर कहिले बन्ला भन्ने मात्रै मेरो चासो छ ।”

ललितपुर महानगरपालिका–२१ खोकनाका बेखा महर्जनलाई जनताले नै प्रतिनिधि चुन्न पाउने निर्वाचन महत्वपूर्ण लाग्छ । तर खोकनाको परम्परागत बस्ती भत्किएको लामो समय भइसक्दासमेत पुनः निर्माण नभएकामा भने उहाँलाई दुःख लागेको छ ।

उहाँलाई आफ्नो परम्परागत नेवारी बस्तीको पहिचान रहिरहोस्, तोरीको तेल भन्ने बित्तिकै नाम आउने खोकनाको परिचय बाँचिरहोस् भन्ने इच्छा छ । निर्वाचनमा मत माग्न आउने सबै राजनीतिक दलका उम्मेदवारलाई आफूले सोही माग राखेको बताउँदै उहाँले भन्नुभयो, “हाम्रो मौलिक पहिचान जोगिन्छ कि जोगिँदैन भन्ने चिन्ता छ । युवा पुस्ताले सबै भुल्न लागे । सरकार र जनप्रतिनिधिले चासो दिनुुप¥यो नि होइन ?”

खोकनाकै चम्पावती डंगोलको ठूलो अपेक्षा छैन । स्थानीय न्हगु टोलमा भेटिनुभएकी उहाँले भन्नुभयो, “खोकना भनेर टाढा–टाढाबाट मान्छे हेर्न आउँछन् । खोकनालाई खोकनाकै रुपमा रहन दिए हुन्थ्यो ।” “तेलको नाम त हाम्रै खोकनाले दिएको हो नि । बाटोघाटो सफासुग्घर हुनुप¥यो, पिउनेपानीको समस्या छ, नेताहरुले त्यसैमा काम गरिदिए हुन्थ्यो बूढेसकालमा मेरो अरू कुनै माग छैन”, उहाँले भन्नुभयो ।

स्थानीयवासी देवरत्न डंगोल खोकनावासीको प्रमुख माग पुनः निर्माण रहेको बताउनुहुन्छ । सरकारले पुनः निर्माणका लागि भनेर दिएको रु तीन लाखले घर बनाउन सक्ने अवस्था छैन । भूकम्पले भत्काएको घर बनाउन नसक्नेहरु अहिले पनि खेतका टहरामा नै बसेका छन् । डंगोलले भन्नुभयो, “सांस्कृतिक रुपमा नै खोकनालाई परिचय दिने गरी घर बनाउन सरकारले सहयोग गर्नुपर्छ ।”

मत माग्न पुगेका अधिकांश उम्मेदवारलाई स्थानीयवासीले खोकनालाई सांस्कृतिक परिचय दिन मात्रै होइन, पुनः निर्माणलाई प्राथमिकता दिन माग गरेका छन् ।

थानकोट–चापागाँउ– भक्तपुर प्रसारण लाइनको एउटा खण्डसमेत सोही क्षेत्रमा पर्छ । काठमाडौँलाई तराई मधेश जोड्ने द्रुत मार्गको केही खण्डसमेत सोही क्षेत्रमा पर्ने भएकाले उचित मुआब्जा र क्षतिपूर्तिको माग गरेका छन् ।

सिफाली बहुद्देश्यीय सहकारीले तेल मिल सञ्चालन गरेको छ । शुद्ध भुटेको तोरीको तेल उत्पादन हुन्छ, त्यो पनि पुरानै उपकरण र पद्धतिबाट । तोरीको तेलले प्रतिष्ठित बनेको ललितपुरस्थित खोकनामा यस्ता तोरीका मिल थुप्रै छन् । तोरीखेतीका लागि किसानलाई सीप र प्रविधिले युक्त बनाउनुपर्ने माग स्थानीयवासीको छ ।

पछिल्लो समय खोकनामा खेतीयोग्य जमिन घट्दै गएको छ । अव्यवस्थित शहरीकरणले तोरी फल्ने फाँट मासिएकामा बुद्ध डंगोललाई पीर परेको छ । “राजनीतिक नेतृत्वले यस विषयमा ध्यान दिए राम्रो हुन्थ्यो । भोट माग्न आउनेलाई मैले त तेलकै कुरा गरेको छु”, उहाँले भन्नुभयो ।

पहिले जस्तै आकर्षण छ÷छैन, खोकनाको तेलमा तर स्थानीयवासीले आफ्नै पहिचान लामो समयसम्म रहोस् र भावी सन्ततिले देख्न पाऊन् भन्ने अपेक्षा राखेका छन् । भूकम्पले भत्काएको रुद्रायणी देवीको मन्दिर राम्ररी बनेको छैन । त्यहाँको जात्राको पनि आफ्नै महत्व छ । दशैँमा जात्रा लाग्छ । मन्दिरको शिरमा स्वयम्भू भगवान्को मूर्ति छ । स्थानीय बासिन्दाले काटमार नगर्ने, नाचगान नगर्ने, घण्टा नबजाउने र रेडियोसमेत नबजाउने भएकाले गाउँमा पूरै शान्ति छाउने स्थानीयवासीको भनाइ छ ।

मन्दिर पुनः निर्माण समेत स्थानीयवासीको माग छ । स्थानीयवासी कृष्णभक्त डंगोल भन्नुहुन्छ, “अरू काम त हामी आफैँ गरिहाल्छौ, तर हाम्रो कला, सस्कृंति र पहिचानको संरक्षणमा राजनीतिक नेतृत्वले ध्यान दिनुपर्छ ।”

खोकनामा मत माग्न पुग्नुभएकी वाम गठबन्धनकी उम्मेदवार पम्फा भुसाल खोकनाको पहिचान जोगाउन र स्थानीयवासीको माग सम्बोधन गर्न आफू तयार रहेको बताउनुहुन्छ । “खोकनाको तेल, यहाँको संस्कृतिको संरक्षण एवं पुनः निर्माण नै हाम्रो गठबन्धनको प्रमुख कार्यसूची हो । हामीले घोषणापत्रमा नै ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने सङ्कल्प गरेका छौँ”, उहाँले भन्नुभयो ।

एमाले नेत्री सुशीला नेपाल ललितपुरको मात्रै नभई नेपालकै पुरानो बस्तीका रुपमा रहेको खोकना, बुङमती जस्ता स्थानलाई सास्ंकृतिक क्षेत्रका रुपमा लिँदै त्यसको प्रचार प्रसार गर्ने र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको बताउनुहुन्छ ।

क्षेत्र नं ३ मा काँग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका मदन अमात्य ललितपुरको विशिष्टता र महत्व आफूलाई बढी थाहा भएको बताउनुहुन्छ । उहाँले क्षेत्र नं ३ लाई समृद्ध बनाउने र विकास निर्माणमा केन्द्रित गर्ने योजना आफूसँग भएको बताउनुभयो । सो क्षेत्रमा काँग्रेसले प्रदेश ‘क’ मा नवराज महत र (ख)मा शिवराम बानियाँलाई उम्मेदवार बनाएको छ ।

वाम गठबन्धनबाट प्रतिनिधिसभातर्फ भुसाल तथा प्रदेश ‘क’ मा राजकाजी महर्जन र ‘ख’ मा जीवन खड्कालाई उम्मेदवार बनाएको छ । सो निर्वाचन क्षेत्रमा कूल ८६ हजार ४३९ मतदाता रहेका छन् । सो निर्वाचन क्षेत्रमा संघीय समाजवादी फोरम, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति नेपाल र स्वतन्त्र उम्मेदवारसमेत चुनावी मैदानमा छन् । निर्वाचन क्षेत्रमा १०२ मतदान केन्द्र र ललितपुर महानगरका २२ वडा पर्छ ।

चुनावलाई आफ्नो पक्षमा पार्न उम्मेदवारले घरदैलो, कोणसभा, भेटघाट तथा प्रचार प्रसारलाई तीव्र पारेका छन् । सबैको एउटै नारा र एउटै भाषा छ, ललितपुरको सांस्कतिक पहिचानको संरक्षण हाम्रो पार्टी र हाम्रो गठबन्धनले मात्रै गर्दछ ।

प्रदेश ‘क’ का वाम गठन्धनका उम्मेदवार महर्जन आफ्नो गठबन्धनले विजय हासिल गर्ने दाबी गरिरहँदा काँग्रेस उम्मेदवार महतलाई पनि आफ्नो एजेण्डा र लोकतन्त्रप्रतिको काँग्रेसको प्रतिबद्धताले इतिहास कायमै नै रहन्छ भन्ने लागेको छ ।

यस्तै प्रदेश ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार खड्का र काँग्रेस उम्मेदवार बानियाँ आफ्नो जित सुनिश्चित रहेको बताउनुहुन्छ । तर खोकना, बुङमती, ठेचो लगायतका मतदाता भने उम्मेदवारसँग पुनः निर्माण र सास्ंकृतिक पहिचान कसरी जोगाउन सकिन्छ र उम्मेदवारको प्रतिबद्धता के रहन्छ भन्ने प्रस्ट जवाफ खोजिरहेका छन् ।

प्रदेशसभा उम्मेदवारको गाडीमा आगजनी

कैलाली।  कैलाली निर्वाचन क्षेत्र नं २ मा प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजीे सवारी साधनमा आज बिहान अज्ञात समूहले आगजनी गरेको छ ।

वाम गठबन्धनबाट उम्मेदवार थापाको लम्की चुहा नगरपालिकास्थित घर पछाडि राखिएको बा १६ च ६८९९ नं को जीपमा आगजनी गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिनुभयो । आगजनी कसले ग¥यो भन्नेबारे थाहा हुन नसकेको बताउँदै प्रहरी नायब उपरीक्षक बुढा मगरले आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको जनाउनुभयो । आगजनीबाट जीपको पूरै भाग जलेको छ ।

‘तीन नम्बर प्रदेशको राजधानी भक्तपुर’

भक्तपुर ।पूर्वउद्योगमन्त्री महेश बस्नेतले ३ नं प्रदेशको राजधानी भक्तपुरमा बनाइने बताउनुभएको छ ।

स्थानीय गठ्ठाघरमा बुद्धिजीवीको भेलालाई आज सम्बोधन गर्दै उहाँले भौतिक पूर्वाधार र उपयुक्त जग्गा भक्तपुरमा रहेको र १३ जिल्लाको मध्यविन्दु पनि भक्तपुर रहेकाले त्यसलाई प्रदेशको राजधानी बनाइने जिकिर गर्नुभयो ।
भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार नेकपा(एमाले)का युवा नेता बस्नेतले भन्नुभयो,“ काठमाडाँै भएर पूर्वपश्चिम जाने मुख्य मार्ग एवं आर्थिक विकासको केन्द्र प भक्तपुर हो, यहाँ प्रदेश राजधानी बनाउनका लागि आवश्यक जग्गा र पूर्वाधार पनि तयार छन्, त्यसैले भक्तपुरलाई प्रदेश राजधानी बनाउन म महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु ।”

स्थानीय जगातीमा रहेको २५० रोपनी जग्गा र सल्लाघारीमा रहेको ९९ रोपनी जग्गामा आवश्यक संसद् भवन, कार्यालय एवं आवास बनाउन जग्गा पुग्ने बताउँदै उहाँले भन्नुभयो, “यी दुई ठाउँका जग्गाबाहेक तत्कालका लागि खरीपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्र, बोडेमा रहेको कृषि विकास बैंकको भवन र सानोठिमीमा रहेको शिक्षा मन्त्रालयअन्तर्गतका कार्यालयलाई प्रयोगमा ल्याउन सकिन्छ ।”

नेता बस्नेतले भक्तपुर २ नं क्षेत्रमा यसअघि नेमकिपा र नेपाली काँग्रेसले आलोपालो गरेर २०४८ सालदेखि जिते पनि विकास गर्न नसकेको आरोप लगाउँदै जनताले यसपल्ट आफूलाई रोज्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा क्षेत्र नं २ (क) का प्रदेशसभा उम्मेदवार शशीजंग थापा र प्रदेश (ख) का उम्मेदवार राजेन्द्रमान श्रेष्ठले जनताले परिवर्तन चाहेकाले विकासको लहर ल्याउँदै जनताले अनुभूति गर्ने गरी परिवर्तन ल्याउनका लागि वाम गठबन्धनलाई रोज्ने जिकिर गर्नुभयो । एमाले केन्द्रीय सदस्य एवं पूर्वसांसद केदार सञ्जेल, एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथलालगायत वुद्धिजीवीले मत बदर हुन नदिनका लागि लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छः प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको हात समाउँदै विस्फोटमा एउटा खुट्टा गुमाएकी मीरा कटुवाल रोएपछि सँगै रहेका सबै भावुक बने ।

प्रधानमन्त्री देउवाले कटुवाललाई सान्त्वना दिँदै भन्नुभयो,‘‘म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छ ।’’ प्रधानमन्त्री देउवा बुधबार उदयपुरमा बम विस्फोटमा परेर घाइते भई काठमाडौँ ल्याइएका बिरामीलाई भेट्न आज त्रिवि शिक्षण अस्पताल पुग्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले उदयपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेसका उम्मेदवार नारायण कार्कीलगायत अन्य घाइतेलाई भेटी स्वास्थ्यावस्थाबारे जानकारी लिनुभयो । बुधबार उदयपुरगढी गाउँपालिका–६ मा चुनाव प्रचारप्रसारका क्रममा कार्कीलाई लक्ष्य गरी भएको एम्बुस विस्फोटमा परी घाइते भएका कार्कीसहित सात जनाको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी नराख्न निर्देशन दिनुभयो ।

विस्फोट हुँदा उम्मेदवार कार्की, काँग्रेस कार्यकर्ता कटुवाल र पत्रकार नवराज पौडेल, जीप चालक राजन कार्की, धनमाया धौलाकोटी, गणेश पुरी र प्रहरी जवान कालीदास श्रेष्ठ पनि घाइते हुनुभएको थियो । घाइते कटुवालको एउटा खुट्टा घुँडामुनिबाट काटिएको छ । सबै घाइतेको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालका निर्देशक दीपक महराले जानकारी दिनुभयो ।

‘संविधानको कार्यान्वयन र देशको समृद्धिका लागि काँग्रेस’

दाङ । श्रमराज्यमन्त्री डिल्लीबहादुर चौधरीले देशको विकास, राजनीतिक स्थायित्व र लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिको विजय आवश्यक रहेको बताउनुुभएको छ ।

नेपाली काँग्रेस दाङ क्षेत्र नं ३ (क)मा प्रदेशसभाका उम्मेदवारसमेत रहनुभएका चौधरीले तुलसीपुर– ३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै काँग्रेसको नेतृत्वमा संविधान बनेकाले संविधानको सफल कार्यान्वयन र देशलाई समृद्धितर्फ लैजानका लागि पििन काँग्रेसको नेतृत्व आवश्यक छ भन्नुभयो ।

श्रमराज्यमन्त्री चौधरीले भन्नुभयो–‘‘अब बेरोजगार युवालाई देशमै स्वरोजगार गराउन, महिलालाई सशक्तीकरण गर्दैै रोजगारी र प्राविधिक शिक्षा दिनेतर्फ लाग्नुपर्छ ।’’

कम्युनिष्ट नै बढ्ता लोकतान्त्रिक शक्ति हुन्ः भुसाल

ललितपुर, १४ मंसिर । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लैजाने लक्ष्यका साथ वामपन्थी शक्ति एकीकृत रुपमा निर्वाचन अभियानमा केन्द्रित भएको बताउनुभएको छ ।

स्थानीय खोकनामा आज वाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गदै उहाँले वामपन्थी शक्ति एक जुट भएर चुनाव र पार्टी एकता प्रक्रियामा जाँदा विपक्षी आत्तिनुनपर्ने धारणा राख्नुभयो । “कम्युनिष्टको सरकार गठन भए नागरिक स्वतन्त्रता हनन हुन्छ भन्दै आफूलाई लोकतान्त्रिक बताउने नेपाली काँग्रेस नै रोइलो गर्र्दैैै हिँडेको छ । जनतालाई अधिकार दिन हामी तयार छौँं । प्राप्त भएको अधिकार कोही कसैले पनि खोस्न सक्दैन । काँग्रेसभन्दा कम्युनिस्ट नै बढ्ता लोकतान्त्रिक छन्” उहाँले भन्नुभयो ।

प्रतिनिधिसभाका लागि ललितपुर क्षेत्र नं ३ मा वाम गठन्धनका संयुक्त उम्मेदवार भुसालले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने, कलासंस्कृतिको संरक्षण गर्ने तथा नागरिकका दैनिक समस्या समाधान गर्ने ललिलतपुर वाम गठन्धनको मूलमन्त्र रहेको स्पष्ट गर्नुभयो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(एमाले)की नेत्री सुशीला नेपालले वाम गठबन्धनपछि मतदातामा नयाँ खालको उत्साह पैदा भएको जिकिर गर्नुभयो । ललितपुर क्षेत्र नं ३ (ख)मा प्रदेशसभा सदस्य उम्मेदवार जीवन खड्काले ललितपुरको विकास र समृद्धिको स्पष्ट खाका कोर्नका लागि वाम गठबन्धनको विजय आवश्यक रहेको धारणा राख्नुभयो ।

त्रिशूली दुर्घटनाका मृतकको सनाखत

चितवन । त्रिशूली नदी बस दुर्घटनामा मृत्यु भएका सात जनाको सनाखत भएको छ ।
नदीमा हराइरहेकाको खोजी जारी रहेको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार छ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक थापाकाले मृत्यु हुनेमा अर्घखाँचीका ५२ वर्षीय नुदराज अधिकारी, दैलेखका ३० वर्षीय अमरबहादुर शाही, नवलपरासी बर्दघाट नगरपालिका वडा नं १ का ५० वर्षीय कृष्ण ढकाल, रुपन्देही देवदह– ९ का ३० वर्षीय दीपक पाण्डे, कपिलवस्तु बाङ्ग्राका ३९ वर्षीय ओमबहादुर सिंजापति र वतन खुल्न नसकेका अन्दाजी ३० वर्षीय विष्णु रहेको जानकारी दिनुभयो ।

उपचारका लागि ललितपुरको बिएण्डबी अस्पताल पु¥याइएकी सन्धिखर्क नगरपालिका– ४ अर्घाखाँचीकी ४३ वर्षीया लक्ष्मी पौडेलको उपचारका क्रममा बुधबार नै मृत्यु भएको थियो ।

लु २ ख २९१ नंको उक्त बस काठमाडाँैंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूलीमा खसेको थियो । घाइतेमध्ये नौ जनाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा र १३ जनाको बिएण्डबी र नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

नदीमा डुबेको बस निकाल्नका लागि प्रयास जारी छ । बससँगै अन्य तीन जना बेपत्ता भएको अनुमान गरिएको छ । प्रहरी उपरीक्षक थापाले अर्घाखाँचीका मनीषा थापा र शंकर कुँवरका परिवारले उनीहरु बेपत्ता भएको जनाएको बताउनुभयो ।

दुर्घटनामा घाइते भएका छमहिने बालककी आमा थापा भएको उहाँले बताउनुभयो । बालकको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । बसले शुरुमा २६ जनाको चलानी काटेको, कलंकीबाट चार जना चढाएको र चालक र सहचालक दुई जना गरी बसमा ३२ जना सवार रहेको बताइएको छ ।

काठमाडौँबाट अर्घखाँची जान नारायणगढतर्फ आउँदै गरेको बस इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा बुधबार बिहान ९ः१५ बजे दुर्घटना भएको थियो ।

काँग्रेसको चुनावीसभामा बम विस्फोट

इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–९ भलादमी टोलमा नेपाली काँग्रेसले आज अपराह्न आयोजना गरेको चुनावी कोणसभास्थलमा बम विस्फोट हुँदा चार सर्वसाधारण गम्भीर घाइते भएका छन् ।

काँग्रेस इटहरी–९ ले चुनाव प्रचारप्रसारसँगै मतदातासँग घरदैलो गर्दै भएको बम विस्फोट हुँदा एक वर्षीय युवन न्यौपाने, १७ वर्षीया समृना अधिकारी, उनकी आमा ३७ वर्षीया निर्मला र काँग्रेसका स्थानीय नेता धनबहादुर श्रेष्ठ गम्भीर घाइते भएको स्थानीयवासी गोविन्द घिमिरेले जानकारी दिनुभयो ।

घाइते चारै जनालाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पु¥याइएको छ । उनीहरुको शरीरका विभिन्न भागमा बमको छर्राले गहिरो चोट लागेको प्रचार कार्यमा संलग्न घिमिरेले बताउनुभयो । कार्यक्रम भइरहेको स्थानमा अकस्मात् ठूलो आवाजसहित बम विस्फोट हुँदा कार्यक्रमस्थल उपस्थित मान्छेमा भागदौड भएको थियो ।

बम कसले राखेको हो भन्ने खुल्न नसकेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सञ्जय राउतले जानकारी दिँदै घटनास्थलको अनुसन्धानका लागि प्रहरीले उक्त क्षेत्र नियन्त्रणमा लिएको बताउनुभयो ।

स्थानीय तहको वेबसाइट र नक्साको पोर्टल सार्वजनिक

काठमाडौँ।  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको नक्सासहित वेबसाइट र नक्साको पोर्टल सार्वजनिक गरेको छ ।

मुलुकका ७५३ स्थानीय तहलाई सूचना प्रविधिमैत्री बनाउन मन्त्रालयले ती तहका वडा तहसम्मका सबै विवरण वेबसाइट mयाबमि।नयख।लउरन्क्ष्क् मा प्राप्त गर्न सन्छि । यो अन्तरक्रियात्मक जिइआइएस पोर्टलमा आधारित छ ।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहलाई सूचना प्रविधिमा आधारित सूचनामैत्री बनाउन तथा सूचना प्रविधिलाई आत्मसात् गरी सुशासन र पारदर्शी सेवा दिन पोर्टलले सहयोग गर्ने बताउँदै स्थानीय तहले आफ्नो आवश्यकतानुसार वेबसाइट र नक्सामा आफ्ना विवरण थपघट गर्न सक्ने जनाउनुभयो । मन्त्रालयले सबै तहलाई सूचना प्रविधिको तालीमका लागि प्रतितह रु छ लाख अनुदान र एक एक सूचना प्रविधि अधिकृत उपलब्ध गराएको छ । वेबसाइटसँगै मन्त्रालयका लागि मोबाइल एप्स पनि तयार गरिएको छ ।

‘जसले दिन्छ जल उसलाई दिन्छौँ मत’

फलेवास, पर्वत।“हाम्रो दल र हाम्रा उम्मेदवार भनी कयाँै पटक हामीले  ती नेतालाई भोट दियौ ँ । हामीले  दिएको  भोटले  उनीहरुले जिते  तर उनै  हाम्राहरु जितेर गएदेखि गाउँ घुमेकै छैनन् । यसपालिको  भो ट कसलाई दिने  भन्नेमा हामी दोधारमा छौ ँ”, फलेवास नगरपालिका–३ शंकरपोखरीका जितबहादुर विकले भन्नुभयो, “खानेपानीको  धारा सबैका घर–घरमा पु¥याउने  आश्वासन अहिलेको  मात्रै  होइन, त्यो  हाम्रा लागि पुस्तानी नारा भइसक्यो  ।”

अहिले  पनि नारामा पानीका धारा सबैले  लिएर आएका छन् निर्वाचन नजिकिँदै जाँदा दल तथा उम्मेदवार भोट माग्न फेरी गाउँ आएका छन् । पानीका  धारा अझै  आएको  छै न । फेरि उही  नारा बो की उही दलका उनै नेता गाउँ आउन थालेकोे  विकले  बताउनुभयो । उहाँले  भन्नुभयो, “जसले  दिन्छ पानी उसैलाई दिन्छौ ँ भो ट ।” हाम्रो दल र हाम्रा उम्मेदवार भनी अब हामी हेर्ने  छै नौँ । खाने पानीको  समस्या अहिलेको  होइन पुरानै हो  । पानी खाने  आशामा बाबु÷बाजेले  उनैलाई भोट दिनुभयो । हामीले  पनि उनैलाई दियौ ँ । खानेपानीको  आश्वासनले  पुस्तौ बिताएका शंकरपोखरीवासी अझैसम्म आश्वासनमै अल्झिएका छन्  ।

“नेता गाउँमा पस्न नपाउँदै  हामीलाई भोट दिनुहोस् । जित्यौ ँ भने  खानेपानीको  धारा सबैका घर–घरमा पु¥याउछौ ँ भन्छन् ।” शंकरपोखरी निवासी शारदा शर्माले भन्नुभयो, “भो ट बटुल्ने  मीठा कुरा मात्रै  बने  खानेपानीका धारा घर–घरमा ।” शंकरपोखरी गाविसभरिका धेरैजसो घरधुरीले  बर्षामा आकासे पानीको भर परी घरघरमा पानीका घैँटा बनाएर हिउँदको समयमा त्यही पानी खान्छन् । एक ग्रागी पानीका लागि बिहान ४ बजे नै  उठ्नुपर्छ । अन्य समयमा दलका नेता गाउँ पस्नै  अप्ठेरो  मान्छन् । जबकि चुनाव आएसँगै दलका नेता तथा उम्मेदवार पानीका नारा लिएर गाउँ पसेकाछन् उही पुराना खानेपानीका धारा सबैका घरघरमा भन्ने  गरेको  उहाँले  बताउनुभयो  ।

स्थानीय तहको  निर्वाचनमा पनि हामीले  खानेपानीको  धारा आउँछ रे  भन्दै    त्यस्ता भोट धे रै  पटक दिएर चित्तबुझाइएकामा अबभने चिन्तन गर्नुपर्ने भएको छ  । चुनावी रौनक र उत्साहले  अन्यत्र सबै लाई छोएको  छ तर हामीलाई यसपालिको  चुनावले  उही निराशा दिएको छ । फे रि भोट दिने  हो  । उही पानीको  मीठो  सपना देख्ने  हो  । शर्माले  भन्नुभयो , “मनमा उत्साह नभए पनि भो ट दिनैपर्छ । अब पानी ल्याइदिने लाई भोट दिन्छौ ँ ।” खानेपानीको  उचित व्यवस्था नहँुदा नुहाउन, लुगा धुनलगायत विभिन्न काम गर्न गाउँभरिकै मानिसलाई समस्या छ । वस्तुभाउ र शौचालयको  अवस्था उस्तै  छ । पानीको  उचित बन्दोबस् त नहँुदा शौचालय प्रयो गमा आउन छोडे को स्थानीयवासी हर्कबहादुर तिवारीले बताउनुभयो  । अरू गाउँलाई विकास र सेवाले  छो एको  छ । हामीलाई न नेताले  चिन्छन् न विकासले  खोज्छ । शरणार्थीको  गाउँ जस्तै  भएर बाँच्नु परेको उहाँको भनाइ छ ।

सरकारलाई सचेत गराउन आयोगसमक्ष एमालेको माग

काठमाडौँ । नेकपा (एमाले), केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको बैठकले गृह मन्त्रालय तथा प्रधानमन्त्री राहत कोषबाट आफूखुशी रकम वितरण तथा निजामती कर्मचारी प्रणालीमा भद्रगोल अवस्था सिर्जना गरिएको जनाउँदै सोबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

निर्वाचन आचारसंहिता विपरीत राज्यकोषबाट रु १६ करोडभन्दा बढी रकम दुरुपयोग तथा निजामती तथा प्रहरी प्रशासनको संरचनामा अनावश्यक भद्रगोल सिर्जना गरिएको एमालेको आरोप छ । नेपाल प्रहरीमा चार प्रहरी महानिरीक्षकको दरबन्दी सिर्जना गरी प्रहरी प्रशासन संरचनालाई भत्काउन खोजिएको भन्दै त्यस्ता काम रोक्न एमालेले आग्रह गरेको छ ।
कमिटीका प्रवक्ता विष्णु रिमालले जारी विज्ञप्ति जारी गरी चुनावी सरकारको हैसियत र सीमाभित्र रही काम गर्नका लागि सरकारलाई सचेत गराउन आयोगसमक्ष माग गर्नुभएको छ । साथै शृङ्खलाबद्ध रुपमा देशभर भइरहेका हिंसात्मक आक्रमण र विस्फोटको घटना नियन्त्रण गर्न पनि सरकारसँग माग गरिएको छ ।

एम्बुस थाप्ने योजनाकार पक्राउ

गाईघाट, उदयपुर । बुधबार बिहान उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबँेसीमा एम्बुस थाप्ने मुख्य योजनाकारलाई जिल्ला प्रहरी कार्यालयले बुधबार पक्राउ गरेको छ ।

उनीहरुले प्रयोग गरेको मोटरसाइकलसहित एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका– ७ शाही खोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो । अन्यको पनि पहिचान भइसकेको र उनीहरुको खोजी अहिले गाउँगाउँ र नाकनाकामा भइरहेको छ ।

बुधबार बिहान उदयपुर क्षेत्र नं २ मा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणबहादुर कार्कीको गाडीलाई लक्ष्य गरेर दनुवारबेँसीको जंगलमा एम्बुस थापेपछि कार्कीसहित सात जनाको टोली एम्बुसमा परेको थियो । एम्बुसबाट सख्त घाइते कार्की र उहाँका स्वकीय सचिव मीरा कटुवालसहित छ जना सख्त घाइते भएका थिए ।

विरासत जोगाउने अन्तिम कसरतमा कञ्चनपुरका उम्मेदवार

कञ्चनपुर। दोस्रो चरण मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा विरासत जोगाउने कसरतमा राजनीतिक दलका उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।
निर्वाचनमा विभिन्न दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा देखिए पनि नेकपा (एमाले) तथा माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली काँग्रेस मुख्य प्रतिस्पर्धीका रुपमा छन् । वाम गठबन्धनले यस पटक जिल्लालाई लाल किल्ला बनाउने रणनीतिका साथ चुनावमा होमिएको छ भने काँग्रेस विरासत जोगाउने कसरतमा छ । विसं २०४८ को आम निर्वाचनपछि अहिलेसम्मको निर्वाचनमा कुनैपनि राजनीतिक दलले आफ्नो जितलाई निरन्तरता दिन नसकेका कारण चुनावमा हार्ने र जित्ने क्रम दोहोरिएका छन् ।

विसं २०४८ मा तत्कालीन २ क्षेत्र जितेको काँग्रेसले तीन वर्षपछि पराजय भोगेको थियो । विसं २०५१ मा एमालेले तीन ओटै निर्वाचन क्षेत्र जितेको थियो । त्यतिबेला काँग्रेस र एमाले मुख्य प्रतिस्पर्धी थिए । विसं २०५६ को आम निर्वाचनमा एमालेले आफ्नो जितलाई पकडमा राख्न सकेन । मतदाताले फेरि काँग्रेसलाई जितायो । काँग्रेसले तीन ओटै क्षेत्र जितेर हारको बदला लियो । एमाले प्रमुख प्रतिद्वन्द्वी बन्यो । विसं २०६२ मा सशस्त्र द्वन्द्वमा होमिएको नेकपा माओवादी केन्द्र शान्ति प्रक्रियामा आएपछि विसं २०६४ मा संविधानसभाको पहिलो निर्वाचन भयो ।

काँग्रेस एमाले दुवैलाई छाडेर मतदाताले माओवादीलाई चार ओटै सिटमा निर्वाचित गराए । पहिलो संविधानसभा निर्वाचनमा काँग्रेसले जितेको क्षेत्र पनि उपनिर्वाचनमा गुमाएको थियो । काँग्रेसले त्यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवालाई उम्मेदवार बनाएकामा उहाँले माओवादीसित थोरै मत अरन्तरले जित्नुभएको थियो । संविधान निर्माण नगरी पहिलो संविधानसभाको म्याद सकिएपछि विसं २०७० मा दोस्रो संविधानसभा निर्वाचन भयो । माओवादी केन्द्रले दोस्रो संविधानसभासम्म आफ्नो विरासत बचाउन सकेन । माओवादी तेस्रो स्थानमा झ¥यो । काँग्रेसले चार ओटै जित्दा एमाले दोस्रो भयो । अहिले ठीक चार वर्षपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

एमाले र माओवादी केन्द्र वाम गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका छन् भने काँग्रेस एक्लै निर्वाचनमा होमिएको छ । काँग्रेसलाई साथ दिने राप्रपा विभिन्न समूहमा विभाजन भएको छ । काँग्रेसले विरासत जोगाउन दोस्रो संविधानसभा निर्वाचनमा जितेका नेतालाई उम्मेदवार बनाएको छ । निर्वाचन क्षेत्र नं १ मा दिवान सिंह विष्ट, २ मा नारायणप्रकाश साउँद र ३ मा रमेश लेखक चुनावी मैदानमा हुनुहुन्छ । तत्कालीन क्षेत्र नं ३ बाट निर्वाचित हुने काँग्रेस नेता बहादुर सिंह थापा भने प्रदेशसभा सदस्यमा उम्मेदवार हुनुभएको छ । काँग्रेसले विरासत जोगाउन पुरानै नेतालाई चुनावी मैदानमा उतारेको छ । वाम गठबन्धनले क्षेत्र नं ३ मा डा दीपकप्रकाश भट्ट, २ मा नरबहादुर धामी र १ मा बिना मगरलाई उम्मेदवार बनाएको छ । उहाँहरुमध्ये धामी र मगर दुवैले संविधानसभा निर्वाचन हार व्यहोर्नु परेको थियो । गठबन्धन प्रतिनिधिसभा र प्रदेशसभाका नौ ओटै सिटमा जित्ने रणनीतिका साथ प्रचारमा जुटेको छ ।

स्थानीय तह निर्वाचनको मतका आधारमा वाम गठबन्धन तीन ओटै क्षेत्रमा बलियो देखिएको छ । निर्वाचन क्षेत्र नं १ मा सबैभन्दा बढी २० हजार, २ मा १५ हजार र ३ मा १० हजार मतले अगाडि छ । स्थानीय तह निर्वाचनमा पाएको मत यदि वाम गठबन्धनले पाए सहज रुपमा जित्ने वाम गठबन्धनका नेता टेकेन्द्रप्रसाद भट्ट बताउनुहुन्छ । स्थानीय तह निर्वाचनमा उम्मेदवारको व्यक्तिगत सम्बन्धले पनि मत पाउने भएकाले यो नतिजामा हेरफेर हुन सक्ने राजनीतिका जानकार शेरबहादुर भण्डारीको भनाइ छ । गठबन्धनका नेताहरु स्थानीय तह निर्वाचनको नतिजामा धेरै हेरफेर नहुने बताउँछन् । अहिलेसम्मका स्थानीय तह निर्वाचनका नतिजाले पनि संसदीय निर्वाचनलाई खास फरक नपारेको नेपाली काँग्रेसका नेता दुर्गादत्त भट्टले बताउनुभयो । पहिलेका स्थानीय निकायका चुनावले केन्द्रका चुनावलाई प्रभाव पारेको देखिएको थिएन यसले अहिले पनि केही फरक पार्दैन, उहाँले भन्नुभयो, “जनताले व्यक्तित्वका आधारमा मत दिनेमा हामी विश्वस्त छौँ ।”

विसं २०४८ को आम निर्वाचनपछि भएको स्थानीय निकाय निर्वाचनमा काँग्रेस र विसं २०५१ को मध्यावधिपछि भएको निर्वाचनमा एमाले विजयी भएको थियो । काँग्रेसले उम्मेदवारको व्यक्तिगत प्रभाव र वाम गठबन्धनका कार्यकर्तालाई पार्टी प्रवेश गराएर भोट बढाउने रणनीति बनाएको छ । गठबन्धनका कार्यकर्ता पार्टी प्रवेश गराउँदा अन्य मतादातलाई आफूतिर आकर्षित गराउन सकिने काँग्रेसको आश छ । गठबन्धनले पनि आफ्ना कार्यकर्ता प्रवेश गर्न नदिने र प्रवेश गरेमा तत्काल फर्काउने नीति लिएको छ । त्यसबाहेक काँग्रेस र राप्रपाका कार्यकर्ता गठबन्धनमा प्रवेश गरिरहेका छन् । मंसिर २१ गते हुने चुनावका लागि गठबन्धन र काँग्रेस दुवैका उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् । जिल्लाका दुई लाख ६५ हजार मतदाताले मंसिर २१ गते गोप्य मतदान गरी अन्तिम फैसला गर्ने भएका छन् ।

विकासको अन्तिम धक्का दिने चाहना छ : दाहाल

चितवन। नेकपा (माओवादीे केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा विकासको अन्तिम धक्का दिने आफ्नो चाहना रहेको बताउनुभएको छ ।

चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले आज यहाँ संवाददातासँग कुराकानी गर्दै जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्ने बताउनुभयो । तपाईँलाई जनताले विश्वास गर्ने आधार के छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “मलाई विश्वास गर्नुस्, राष्ट्रिय अन्तरराष्ट्रिय रुपमा मेरो पहुँच छ, जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्ने छु ।”
समाजवादले जनतालाई के दिन्छ भन्ने अर्को प्रश्नमा उहाँको जवाफ थियो, “हामी समाजवादको लक्ष्यमा पुग्न चाहेका छौँ, त्यसका लागि देशमा विकासनिर्माण र आर्थिक वृद्धि हुन जरुरी छ ।” पूर्वप्रधानमन्त्री दाहालले अब बन्ने वाम गठबन्धनको सरकारले विकासनिर्माण र आर्थिक वृद्धि गर्ने जिकिर गर्नुभयो ।

वाम गठबन्धनले लोकतन्त्रलाई सुदृढ गर्ने बताउँदै उहाँले भन्नुभयो, “हामीले लोकतन्त्र मास्न लागेका छैनांैँ बरु थप सुदृढ गर्न खोजेका छौँ ।” पूर्व राजाका सम्बन्धमा कुनै टिप्पणी गर्न नचाहेको बताउँदै उहाँले निर्वाचनपछि प्रमुख कार्यकारीको विषय उठान हुने जानकारी दिनुभयो ।

घरदैलो अभियानका क्रममा जनताले तपाईँसँग के मागे भन्ने प्रश्नमा दाहालले भन्नुभयो, “जनताले विकास र संमृृद्धि मात्रै चाहेका छन्, त्यसमा पनि सडक, बिजुली र खानेपानी रहेछ ।” क्षेत्र नं ३ का जनताले नदी तटबन्धन र वन्यजन्तुबाट सुरक्षाको माग गरेको पनि उहाँले बताउनुभयो ।

अर्को एक प्रश्नमा उहाँले बदलिँदो परिवेश र जनताको तीव्र आकांक्षामा आफूहरुले चाहेजस्तो काम गर्न नसकेकाले पनि आफूले जनताको खास अपेक्षा के हो भनेर बुझ्नका लागि घरघरमा पुगेको बताउनुभयो । छोरा प्रकाशको निधनले आफूमा रिक्तता महसुस नबनाउन र पीडालाई भुल्नका लागि बिहानमा पैदलयात्रा गर्दै घरदैलो गरेर जनतासँग भेटघाट गर्दै गर्नुभएका दाहालले भन्नुभयो, “ मलाई पीडा र रिक्तता महसुस भएको छ, आम चितवनवासीको साथबाट यसलाई भुल्नेछु ।”

निर्वाचन आचारसंहिताको पूर्ण पालना

सिन्धुली। नजिकिँदै गरेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत अहिलेसम्म आचारसंहिता पूर्ण पालना भएको पाइएको छ ।

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७४ जारी गरेको थियो । दलहरुले चुनावी प्रचार प्रसारलाई तीव्रता दिइरहँदा अहिलेसम्म कहीँ कतै आचारसंहिता उल्लङ्घन नगरेको पाइएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिनुभयो ।

दल, सामाजिक संघसंस्था, कर्मचारी, सञ्चारमाध्यमलगायत सबैले आचारसंहिताको पूर्ण पालना गरेको उहाँले बताउनुभयो । ण्निर्वाचन आचारसंहिताका बारेमा जिल्लाका सरोकारवाला निकायले निर्वाचनको समय शुरु हुनु अगावै जानकारी तथा अभिमुखीकरण गरेका थिए । दल तथा उम्मेदवारले चुनावी प्रचार प्रसार र चुनावी सभालाई सम्बोधन गर्ने कार्य तीव्र गतिका साथ सञ्चालन गरे पनि शान्त तथा मर्यादित तवरले गरेका छन् ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा दलले गर्ने चुनावी प्रचार प्रसार तथा निर्वाचनसम्बन्धी गतिविधिलाई नजिकबाट नियाँलिरहेको निर्वाचन अधिकारी जोशीले बताउनुभयो । उहाँका अनुसार निर्वाचन आयोगले सहसचिवद्वय बैकुण्ठ अर्याल र वेदबहादुर कार्कीलाई अनुगमन अधिकृतका रुपमा खटाएको छ ।

हालसम्म जिल्लाको कमला खोँच, मरिण, तीनपाटन, महाभारत क्षेत्र लगायतका स्थानमा स्थलगत अनुगमन गरिएको आयोगले जनाएको छ । उम्मेदवारले निर्वाचन चिह्न अंकित ज्याकेट, कमिज, टी–सर्ट, टोपी, गम्छा वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ट्याटु जस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने, निर्वाचनसम्बन्धी प्रचार–प्रसारका लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिकस्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायत कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने, चुनावी कार्यक्रमका बारेमा स्थानीय प्रशासन र प्रहरीलाई समय, मिति, मार्ग र स्थानका बारेमा कम्तीमा ४८ घण्टा अगावै जानकारी गराउनुपर्ने, जुलुस, आमसभा, ¥याली, बैठक, भेला वा प्रचार प्रसारका कार्यक्रम बिहान ८ देखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने, आमसभा गरेको स्थल र समयमाबाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पिकर र ध्वनि उत्पन्न गर्ने अन्य यन्त्र प्रयोग गर्न नहुने लगायतका आचारसंहिता जारी गरेको छ ।

घुस खाँदैनौं, खान पनि दिँदैनौँः नेता शर्मा

पोखरा। नेपाली काँग्रेसका नेता एवं कास्की क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार शुक्रराज शर्माले आफूहरूले घुस नखाने र कसैलाई घुस खान नदिइने बताउनुभएको छ ।

पोखरा लेखनाथ महानगरपालिका– २५ स्थित पीपलडाली समाजद्वारा आज आयोजित कार्यक्रममा उहाँले समाजमा सुशासन कायम गराउँदै विकास र समृद्धिका काममा पार्टीले अगुवाइ गर्ने बताउनुभयो ।

जनताको उन्नत एवं समान आर्थिकस्तर कायम गराउने पार्टीको नीति रहेको बताउँदै उहाँले सुकुम्बासीलाई भूमिको मालिक बनाउने काँग्रेसको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

काँग्रेसबाट कास्की क्षेत्र नं ३ प्रदेश(क) का उम्मेदवार शारदा पौडेलले पीपलडाली र आसपासका क्षेत्रको बाटोघाटो, खानेपानीको समस्याका साथै सुकुम्वासीका समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पीपलडाली समाजका अध्यक्ष हुमवीर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, समाजका सचिव आशबहादुर गुरुङ, शिव तिमल्सिनालगायतले समाजको समृद्धि र विकासका लागि काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।

‘श्रीमान् र ससुराले भनेको ठाउँमा भोट हाल्ने दिन गयो’

पथरी, मोरङ । पथरी शनिश्चरे–८ की पार्वती बच्चु चौधरीले विकास गर्ने उम्मेदवारलाई मत दिने बताइरहँदा उहाँकी श्रीमती पार्वतीदेवीले आप्mना छोराछोरीको भविष्य सुरक्षित गर्ने र आफ्नो सुखदुःखमा साथ दिने उम्मेदवारलाई मत दिने विचार व्यक्त गर्नुभयो ।

उहाँले रासससँग भन्नुभयो, “विवाह भएदेखि नै श्रीमान्ले रोजेको उम्मेदवारलाई भोट दिएको छु तर यसपालि म आफैँले रोजेको उम्मेदवारलाई मत दिन्छु ।” संविधानले महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चिता गरेको छ । पार्वतीदेवीजस्ता महिला अब सक्षम बन्दै गएकाले आप्mनो निर्णय आफँै गर्ने भइसकेका छन् । महिला प्रतिनिधित्वविना गाउँको सानो समितिदेखि संसद्समेत पूर्ण नहुने अवस्थामा महिला चुप लागेर बस्न नहुने उहाँको भनाइ छ ।

“पुरुषले रोज्दैआएको उम्मेदवारले इमानदार भएर काम नगरेकाले नै समाजको मुहार फेरिएन”, उहाँले भन्नुभयो, “२०५१ सालमा आपूmले पहिलो पटक भोट हालेको अवस्थामा नै अहिले पनि आप्mनो गाउँ रहेको छ । महिला पुरुष, छोराछोरी, धनीगरीब, उँचनीच, जातपात, भाषा, धर्मलगायतको विभेद कायमै रहेकाले त्यसको समग्र परिवर्तन गर्ने उम्मेदवार रोज्ने काम हामी महिलाको हो ।” उहाँले बाटोघाटो, सिँचाइ, विद्युत्, शिक्षा, रोजगारीलगायत व्यवस्था गरेर समृद्ध समाज निर्माण गर्ने उम्मेदवारलाई यसपालि मत हाल्ने सुनाउनुभयो ।

पथरी शनिश्चरे–८, मिलनचोक सोमबारेमा चिया पसल चलाउने मैयाँ श्रेष्ठ युवकयुवतीका लागि राम्रो रोजगारीको अवसर सिर्जना गर्ने उम्मेदवारलाई मत हाल्ने बताउनुहुन्छ । “छोरीचेली माइतीमा बस्दा आमाबुबा र घरमा बस्दा पति र ससुराले भनेका आधारमा भोट हाल्ने दिन गयो, अब सबै आपूmले रोजेको उम्मेदवारलाई भोट हाल्ने अवस्थाको निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “आत्मनिर्भरता आवश्यक छ र यतिखेर महिलामा आत्मनिर्भरता बढ्दै गएको छ ।”

सुनबर्षी–१ की सकिना खातुनले आपूmहरुले गाउँका मानिसले उम्मेदवारको गुण र अवगुणका बारेमा गरेको चर्चा सुनेर राम्रो उम्मेदवारको पहिचान गरी मत दिने बताउनुभयो । उहाँले भन्नुभयो, “मुस्लिम महिलाले अहिले खुलेआम चुनावीसभामा सहभागी भएर उम्मेदवारको कुरो सुनी आआप्mना समस्यासमेत सुनाउने गरेका छन् । त्यसैले अब अरूले भन्दा पनि हामीहरु सबभन्दा राम्रो उम्मेदवारलाई रोजेर भोट हाल्न सक्षम छौँ ।”
केही समय अगाडिसम्म घरमा आप्mना पति, ससुरा र गाउँका पुरुषले उनीहरुले रुचाएको उम्मेदवारलाई भोट हाल्न सिकाउँथे तर पछिल्लो समय उनीहरुसँगै महिलाले पनि समूह बनाएर राम्रो उम्मेदवारलाई मत हाल्न सिकाउँदै हिँडेका छन् । अब महिलाहरु सक्षम बन्दै गएका छन् ।
प्रतिनिधिसभाका लागि छ र प्रदेशसभाका लागि १२ निर्वाचन क्षेत्र रहेको मोरङमा कूल छ लाख ४४ हजार ७८२ मतदाता छन् ।

रोजगारी दिनेलाई मतदान

पथरी शनिश्चरे–८ का स्नातकोत्तर अनिल पौडेल बेरोजगार हुनुहुन्छ । उहाँसँगै स्नातकोत्तर ईश्वर शर्मा र सुनवर्षी नगरपालिका–१ का प्रकाश सिंह यहाँ रोजगारी नपाएर खाडी मुलुक साउदी अरब जानुभयो । उहाँसँगै द्वितीय श्रेणीमा बिएड उत्तीर्ण भजन सिंह पनि रोजगारीका लागि मलेसिया पुगेको दुई महिना भयो । पौडेलका कान्छा भाइ सुनिल र प्रकाशका कान्छा भाइ निर्मल कक्षा १२ मा पढ्छन् । आप्mनै देशमा रोजगारीको अवसर नभएर दाजुहरु स्नातकोत्तर उत्तीर्ण गरेर पनि वैदेशिक रोजगारीमा खाडी मुलुक जान बाध्य भएको अवस्था देखी आपूmलाई पढ्न मन नलाग्ने सुनिल र निर्मल बताउनुहुन्छ । “मन खिन्न हुन्छ आखिर जति पढे पनि अन्त्यमा खाडी मुलुकको चर्को गर्मी खानैपर्ने हुन्छ ”, सुनिलले भन्नुभयो ।

गाउँका युवा प्रत्येक दिन खाडी मुलुक रोजगारीकै लागि गइरहेका छन् । कक्षा ९ र १० मा पढ्ने विद्यार्थीसमेत पढाइ छाड्दै उमेर बढाएर वैदेशिक रोजगारीमा गइरहेको उहाँहरु बताउनुहुन्छ । “पढेलेखेका गाउँमै केही गर्न नचाहेर होइन, हुन नसक्ने अवस्थाले वैदेशिक रोजगारीमा जान बाध्य छन्,” अनिलले भन्नुभयो, “गाउँमा खेती गर्न खोजियो भने सिँचाइ, कृषि मल, उन्नत बीउको अभाव, गाई, भैँसी, बाख्रापालन र व्यापार नै गर्न खोजियो भने सुलभ र सहज तरिकाले ऋणसमेत पाउन नसकिने अवस्थामा युवा के चाहिँ गरेर नेपाल बसून् विकल्प त सरकारले दिनुप¥यो नि ?”
अहिले नेताहरु मत माग्न घरदैलोमा आइरहेको र उमेदवारहरु आआफ्ना अनेक चुनावी नारा सुनाउने गर्छन् तर आपूm एउटै माग युवालाई ६० डिग्री तापक्रममा काम गर्न विदेशमा नबेची स्वदेशमै रोजगारीे सिर्जना गर्ने उम्मेदवारलाई आफूहरुले मत दिने उहाँहरुको भनाइ छ ।

पथरी शनिश्चरे–१ का इन्द्र अधिकारीले इञ्जिनीयर, ओभरसियर, डाक्टर पढेकाहरु रोजगारीका लागि विदेश गइरहेको बताउनुभयो । आपूmले अंग्रेजी विषयमा स्नातकोत्तर गरेकाले नेपालमै अवसरको खोजीमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्न सके के हँुदैन तर त्यसका लागि वातावरण उचित हुनुपर्छ ।” उहाँले यहीँ केही गर्ने अवसरका लागि वातावरण बनाइदिने उम्मेदवारलाई यसपालि आपूmहरुले मत दिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “युवा लक्षित सुलभ र सहज ऋणलगायतको व्यवस्था गर्नु आवश्यक छ । खासगरी युवालाई उत्पादनमूलक व्यवसायका लागि सरकारले उचित वातावरणको निर्माण गर्ने योजना ल्याउनु आवश्यक छ ।”
पथरी शनिश्चरे–२ का चक्र लिम्बू चुनावमा अनेक सपना देखाउँदै जितेर गएपछि कहिल्यै फर्केर नआउने उम्मेदवारलाई यसपालि आपूmहरुले ठेगान लगाउने सुनाउनुभयो । “उम्मेदवारले गरेको चुनावी प्रतिबद्धता पूरा गर्नुपर्छ अनि मात्रै वर्षौंदेखि ज्यूँ का त्यूँ रहेका समस्या समाधान हुन्छ” उहाँले भन्नुभयो, “पढेलेखेका युवालाई उत्पादनमूलक व्यवसाय गर्न आवश्यक सहयोग हुनुप¥यो ।”

ब्राजिल–नेपाल संसदीय समूह गठन

काठमाडौँ।  ब्राजिल र नेपालबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले ब्राजिलको संसद्ले छ सदस्यीय ब्राजिल–नेपाल संसदीय समूह गठन गरेको छ ।
अन्तरसंसदीय सहयोग प्रवद्र्धनका साथै दुई मुलुकका संसद्बीच भ्रमण आदानप्रदान, सांस्कृतिक प्रवद्र्धन कार्यंशाला आयोजना र सामाजिक एवं भाषिक सम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ आज समूह गठन भएको ब्रासिलियास्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार नेपाल–ब्राजिल कूटनीतिक सम्बन्धको इतिहासमा पहिलो पटक स्थापित संसदीय समूहका अध्यक्षमा सांसद वलिटन प्राडो, प्रथम उपाध्यक्षमा सांसद श्रीमती जो मोरेस, द्वितीय उपाध्यक्षमा सांसद श्रीमती गोर्टे पेरेरा, प्रथम सचिवमा सांसद श्रीमती सरोया सान्तोस, द्वितीय सचिवमा सांसद हिल्डो रोचा र कोषाध्यक्षमा फिलिप बोर्नेर हुनुहुन्छ ।

चीनमा ‘नेपालको ऐना’

काठमाडौँ।  चीनको च्यांगसु प्रान्तको छाङचांैँ महानगरमा कलाकार लिउ फिङ छिउले नेपाल सम्बन्धमा कोरेका चित्रको प्रदर्शन गरिएको छ ।

नेपाल भ्रमण गरी फर्किएपछि चार वर्ष लगाएर लिउले आफूले कोरेका ९० चित्रकला समावेश गरी लिउ हाइ सु ग्यालरीमा ‘मिरर अफ नेपाल’(नेपालको ऐना) शीर्षकमा एकल चित्रकलाको प्रदर्शनी बुधबार सम्पन्न गर्नुभएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी छाङचौंँ महानगर समिति, संस्कृति, सञ्चार तथा प्रकाशन कार्यालय र च्याङ्सु कलाकार संघले आयोजना गरेको प्रदर्शनी पाँच दिनसम्म चलेको थियो । चित्रकला प्रदर्शनीका लागि छाङचौँ कलाकार संघ र अन्तरराष्ट्रिय मित्रताका लागि चिनियाँ जनसंघ छाङचौँलगायतले सहयोग पु¥याएका थिए ।

सन् २०१३ मा नेपाल भ्रमण गर्नुभएका लिउले चिनियाँ मसी, कुची र कागजमार्फत नेपालको रहनसहन, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधतालगायत विषयलाई आफूले चित्रमा उतारेको बताउनुभयो । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले एक सन्देश पठाई कलाकार लिउको कलामा नेपालको संस्कृति, प्राकृतिक सौन्दर्य र विविध जनताको चित्रण गरिएको उल्लेख गर्नुभएको छ ।

चिनियाँ कलाकार संघलगायत थुप्रै संघसंस्थामा आबद्ध ६८ वर्षीय लिउका चित्रले थुपै्र राष्ट्रियस्तरका पुरस्कार पाएका छन् । उहाँको चित्रकला चीनको राष्ट्रिय कला संग्रहालय, चिनियाँ केन्द्रीय ललितकला प्रतिष्ठानलगायत संस्थामा संग्रह गरिएका छन् । प्रदर्शनीका लागि अमेरिका, जापान, स्पेन, दक्षिण कोरिया, सिंगापुर, मलेसियालगायत देश पु¥याएका उहाँका चित्र विदेशमा पनि संग्रह गरिएको बताइएको छ ।

राउटे युवकको उपचार हुँदै

दैलेख । आगोले पोलिएका राउटे युवक कपिल शाहीको दैलेख जिल्ला अस्पतालमा अहिले उपचार भइरहेको छ ।

आगोले पोलिएपछि गम्भीर बिरामी उनलाई उपचारका लागि काठमाडौँं लगिएको थियो । सत्यदेवी अधिकारीका पहलमा काठमाडौँंमा उपचार गराएर निको भएको उनको घाउ पुनः बल्झिएको छ । घाउ बल्झिएपछि अहिले दैलेख अस्पतालमा उनको उपचार भइरहेको छ ।

विसं २०७२ मा अछामको भैरवस्थानमा बसोबास गर्दा सुतेको अवस्थामा उनको शरीर पोलिएको थियो । कपिलको कीरा परेको घाउको उपचार गराउनका लागि राउटेसँग काम गर्दै आएकी अधिकारीले राउटे मुखियालाई निकै फकाएपछि कपिलसँगै अन्य दुई राउटेलाई काठमाडाँैं लगेर उपचारका गराएकी थिइन् ।

परम्परागत औषधोपचारलाई मुख्य ठान्दै आएका राउटे युवाले पछिल्ला दिनमा बिरामी पर्दा उपचार गराउन थालेपछि परिवर्तनको संकेत देखिन थालेको छ । औषधि खान नमान्ने समुदायले आजभोलि बिरामी पर्दा उपचार गर्न र औषधि खान शुरु गरेको छ । चिसोका कारण समस्यामा परेको सो समुदाय अहिले भैरवी गाउँपालिका– ५ सैनचौरमा बसोबास गर्दै आएकोछ ।
गुन्योको पातलो छानामा जीवन गुजारा गर्दैआएको राउटे समुदाय आफूहरु चिसोका कारण समस्यामा पर्दैै आएको बताउँछ । सरकारले दिएको भत्ताले गुजारा गर्दै आएको सो समुदायले निर्माण गरेका कोशी, मधुस आदि बिक्रीवितरण हुन छाडेपछि समस्या थपिँदै गएको बताइएको छ ।

Wednesday, November 29, 2017

मस्तिष्काघात पीडितलाई सहयोग

टोकियो, जापान।  आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या झेल्दै आउनुभएका मस्तिष्काघात पीडित पोखराका एक युवकलाई जापानबाट करिब रु दुई लाख सहयोग गरिएको छ ।

काठमाडौँको न्यूरो अस्पतालमा उपचाररत कास्की भरतपोखरी– ८ का सरोज आचार्यलाई जापानवासी नेपालीले रकम सहयोग गरेका हुन् । आचार्यका नाममा जापानमा संकलित रु दुई लाख ११ हजार ३९० जापानी यान नेपाल पठाइएको हो ।

करिब दुई साता चलेको संकलन अभियानमा ३२ जनाले रकम सहयोग गरेका थिए । आचार्य रोजगारीका लागि दक्षिण कोरियाबाट काम गर्न नसक्ने भएर फर्किएयता न्यूरो अस्पतालमा निरन्तर रुपमा उपचाररत रहेको उहाँकी श्रीमती सन्तोषी पौडेलले जानकारी दिनुभयो ।

छिन्ताङवासी भन्छन्– ‘बाटो कालोपत्रे गर्नेलाई मत दिन्छौँ’

धनकुटा। खाल्सा छिन्ताङ शहीद भूमि गाउँपालिका–१ का जनकबहादुुर वालिङले आफ्नो घर हुुँदै सदरमुकाम जाने बाटो पक्की गर्नेलाई मत दिने भएका छन् ।

“हिलेदेखि त्रिवेणी जोड्ने बाटो कालोपत्रे नहँुदा सदरमुकामसम्म जान साह्रै कठिन भएको छ, बर्खामासमा त झन हिलोले गाडी नै चलाउन मिल्दैन त्यसैले यस पटक जसले बाटो बनाउँछ उसलाई भोट दिने हो”– वालिङले भन्नुभयो ।

बाटो कालोपत्रे हुन नसक्दा गाउँमा उत्पादन भएका सुन्तला र अदुवालगायतका वस्तु सदरमुकामम्म पु¥याउन कठिन भएको छ । सदरमुकाम धनकुटाबाट (हिले हुँदै) करिब २२ किलोमिटर पश्चिममा पर्ने छिन्ताङवासीले बाटो÷घाटो सँगै खानेपानी, रोजगारी, शिक्षा र स्वास्थ्यको पनि माग गरेका छन् । छिन्ताङका स्थानीय मोतीप्रसाद राईले आफ्नो गाउँमा खाने पानीको अत्यन्त समस्या भएको भन्दै खाने पानीको व्यवस्था गर्न माग गर्नुभयो ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटाका उम्मेदवारले १ नम्बर प्रदेशको राजधानी बनाउने विषयलाई पहिलो चुनावी मुद्दा बनाएका छन् । राजनीतिक दलका नेताहरूले पटकपटक निर्वाचनमा त्रिवेणी जोड्ने बाटोलाई कालोपत्रे गर्छुं भन्दै आश्वासन मात्रै दिएको स्थानीयवासीको गुनासो छ ।

मंसिर २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा वर्तमान सरकारका उद्योगमन्त्री सुनिलबहादुर थापा र राजेन्द्र राईबीच चुनावी प्रतिस्पर्धाले हुँदैछ ।

वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजेन्द्र राईले जनताले मत दिएर आफूलाई जिताएको खण्डमा धनकुटादेखि त्रिवेणी जोड्ने छिन्ताङको बाटोलाई प्राथमिकताका साथ कालोपत्रे गर्ने संकल्प गर्नुभएको छ ।

यी उम्मेदवारले आ–आफ्ना चुनावी घोषणापत्रमा प्रदेशको राजधानीलाई मुख्य मुद्दाका रुपमा अघि सारेका छन् । लोकतान्त्रिक गठबन्धनका तर्फका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री समेत रहनुभएका मन्त्री थापाले धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउनुका साथै पर्यटन विकासमा जोड दिनुभएको छ ।

प्रदेशसभाको (क) निर्वाचन क्षेत्रबाट वाम गठबन्धनबाट एमालेका नीरन राई र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका मनोहरनारायण श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् ।

त्यसैगरी धनकुटाको (ख) निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट इन्द्रमणि पराजुली र लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य अर्जुन थापा उम्मेदवार हुनुहुन्छ ।

मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान

जितपुर, कपिलवस्तु ।आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यहाँ मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान गराइएको छ ।

निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबैभन्दा बढी बदर मत कपिलवस्तुमा भएको जानकारी दिएसँगै सोही चुनौतीलाई मध्यनजर गर्दै अहिले जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले मतदाता शिक्षालाई प्रभावकारी बनाउँदै लगेको हो ।

निर्वाचन कार्यालयले बुधबार यहाँका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षणसँगै ‘नमूना मतदान’ अभ्यास गराएको हो । कार्यालयले जिल्लाका ४१० मतदानस्थलमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई सदरमुकाम तौलिहवामा दुई दिने प्रशिक्षणको आयोजना गरेको छ ।

निर्वाचनमा जिल्लाका विभिन्न स्थानमा खटिने कर्मचारीलाई कपिलवस्तु बहुमुखी क्याम्पसमा प्रशिक्षण दिइएको कार्यालयले जनाएको छ । बुधबार मतदान गर्ने सही तरिका, मतपत्र बदर नहोस् र मतदान गर्ने समय कति लाग्छ भन्ने समय निर्धारणका लागि आफ्ना कर्मचारीद्वारा नमूना मतदान अभ्यास गरेको जिल्ला निर्वाचन अधिकृत ज्ञानहरि घिमिरेले बताउनुभयो ।

नमूना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो । स्वस्तिक छाप लगाएपश्चात् मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो ।

आर्थिक अनियमितताविरुद्ध विद्यार्थीद्वारा कलेजमा तालाबन्दी

लहान।  प्राचार्य सञ्जय साहले आर्थिक हिनामिना गरेको भन्दै विद्यार्थीले सिरहाको मिर्चैयास्थित ब्रह्मचारी दामोदरानन्द कलेजमा तालाबन्दी गरेका छन् ।

प्राचार्य साहले गरेको आर्थिक हिनामिनाका कारण कलेजको अवस्था दिनानुदिन खस्किँदै गएको भन्दै विद्यार्थीले कलेजमा तालाबन्दी गरेका हुन् । आर्थिक हिसाब परीक्षण र पठनपाठनमा सुधार गर्ने सहमति भए पनि कलेजले बेवास्ता गरेकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको विद्यार्थीले बताएका छन् ।

कलेजले आफुखुशी बिना विज्ञापन शिक्षक भर्ना, त्रिवि नियम विपरीत मनोमानी ढंगले शुल्क वृद्धि, विषयगत शिक्षक नराखेको विद्यार्थीले आरोप लगाएका छन् ।

कार दुर्घटनामा चालकको मृत्यु

भक्तपुर।आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भई हाल काभ्रे जनगाल बस्ने ४० वर्षीय जीतेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त जगातीले जानकारी दिएको छ ।

शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

सदरमुकाममा खानेपानीको समस्या समाधान

बैतडी। विगतका वर्षमा बैतडी सदरमुकाममा खानेपानीको चरम समस्या हुने गरेको भए पनि यो वर्ष भने खानेपानीको समस्या समाधान भएको छ ।

बैतडी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत सदरमुकाममा खानेपानी सञ्चालन भएपछि खानेपानीको समस्या समाधान भएको बैतडी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर चन्दले बताउनुभयो । सन् २०१३ देखि निर्माण कार्य शुरु भएको आयोजनाको निर्माण कार्य गत भदौमा सम्पन्न भएको थियो ।

करिब रु १४ करोडको लागतमा निर्माण कार्य सम्पन्न भएको आयोजनाबाट सदरमुकाम र आसपासका ९०० घरधुरी लाभान्वित भएका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख मोहनबहादुर कुँवरले बताउनुभयो । छ किलोमिटरको दूरीमा रहेको काशाीगाड मुहानबाट खानेपानी ल्याइएको उहाँले बताउनुभयो । जिल्लाकै पहिलो गुणस्तरीय स्वच्छ खानेपानी योजना भएको बैतडी खानेपानी तथा सरसफाइ आयोजनामा दुई वटा पानी प्रशोधन केन्द्र रहेको छ ।

करिब एक लाख ५० हजार घनमिटर क्षमता भएको रिजर्भ ट्यांकी रहेको र गढी तथा गोठलापानीका पम्पिङ प्रणालीबाट खानेपानी वितरण भइरहेको छ । खानेपानी वितरण भएसँगै सदरमुकाममा खानेपानी समस्या अन्त भएको उपभोक्ता समितिका अध्यक्ष चन्दको भनाइ छ ।

बेनी बजार संरक्षण आयोजनाको काम शुरु

बाबियाचौर, म्याग्दी । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि रु ११ करोडको लागतमा आयोजना शुरु भएको छ ।

जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउ कार्यक्रमअन्तर्गत जलउत्पन्न प्रकोप नियन्त्रण सब डिभिजन कार्यालय बागलुङले कालीगण्डकीको दायाँ र म्याग्दीको बायाँ किनारमा आरसिसी र मेसिनरी पर्खाल निर्माणको काम शुरु गरेको हो ।

चालु आव २०७४७५ मा नदी कटान नियन्त्रणका लागि दुई वटा प्याकेजमा काम गर्न रु ११ करोड ३२ लाख लागतमा ठेक्का सम्झौता भएको सब डिभिजन प्रमुख इञ्जिनियर खगेन्द्र भट्टचनले जानकारी दिनुभयो ।

मंगलाघाटस्थित म्याग्दी नदीको बायाँ किनार, म्याग्दी र कालीगण्डकीको दोभान, तगा कालीपुलस्थित कालीगण्डकी नदीको दयाँ किनारमा ३५९ मिटर रिटेनिङ र आरसिसी पर्खाल निर्माण गर्न रु पाँच करोड २६ लाख पाँच हजारमा ठेक्का सम्झौता गरेको समानान्तर बिएन जेभीले कार्यक्षेत्रमा काम शुरु गरिसकेको छ ।

एक वर्षको ठेक्का अवधि भए पनि बर्खाअघि नै सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको समानान्तर बिएन जेभीका प्रतिनिधि नारायण जिसीले बताउनुभयो ।

आव २०७१७२ देखि ७३७४ को अवधिमा कालीपुलमा रहेको मोटरेबल पुलदेखि म्याग्दी उद्योग वाणिज्य संघको भवनको पछाडिसम्म ३९३.५ मिटर आरसिसी पर्खाल निर्माण भइसकेको छ । नदी किनारमा निर्माण हुने आरसिसी पर्खाल ७.५ मिटर र मेसिनरी पर्खाल पाँच मिटर अग्लो हुनेछ ।

आव २०७६७७ सम्ममा बेनी बजार संरक्षण आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । करिब एक हजार घर रहेको बेनी बजार नदी कटानका हिसाबले देशमै जोखिमयुक्त सहर मानिन्छ ।

यसअघि नदी किनारमा तारजाली ग्याबिन भरेर पर्खाल लगाउँदै आए पनि अहिले कटानको समस्या दिगोरुपमा समाधानका लागि गुरुयोजना तयार गरी पक्की पर्खाल लगाउन थालिएको थियो । नदी किनारमा पर्खाल लगाएपछि त्यसमाथि फिलिङ गरेर चक्रपथ सञ्चालन गर्ने योजना बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

आजबाट दुर्लभ पाटे बाघ गणना

रत्ननगर, चितवन। आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना (अनुगमन) शुरु हुँदैछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना गर्न लागिएको हो ।

निकुञ्ज विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले गणनामा करिब १५० क्यामेरा प्रयोग हुने र आवश्यकताअनुसार हात्ती र करिब २०० जनशक्ति खटिने जानकारी दिनुभयो ।

उहाँले बाघ नदोहोरियोस् भनेर एउटै विधिमा र एकै समयमा नेपाल र भारतमा गणना हुन लागेको जानकारी दिनुभयो । पाटे बाघ र यसको आहारा प्रजातिको अवस्था पत्ता लगाई आवश्यक संरक्षणका योजना निर्माणका लागि बाघ गणना गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत तथा बाघ गणनाको फिल्ड कार्यान्वयन एकाइका संयोजक रामचन्द्र कँडेलको भनाइ छ ।

यसअघिको सन् २०१३ को बाघ गणनामा नेपालमा १९८ बाघ रहेको पाइएको थियो । जसमा १२० बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेको तथ्यांक छ । यस्तै बर्दियामा ५०, शुक्लाफाँटामा १७, पर्सामा सात र बाँकेमा चार वटा बाघ रहेको तथ्यांक थियो ।

गणकलाई आवश्यक प्रशिक्षण दिएर आज पर्सा राष्ट्रिय निकुञ्जबाट गणनाको शुभारम्भ गरिने जनाइएको छ ।

उत्तरी मोरङका मतदाताको माग : सडक र बिजुली

उर्लाबारी, मोरङ। मोरङ भन्ने बित्तिकै एउटा सुगम जिल्लाको रुपमा चिनिन्छ । तर मोरङ जिल्लाका कतिपय यस्ता विकट क्षेत्र छन् जहाँ अहिलेसम्म पनि सहज यातायात सेवा, बिजुली र स्वास्थ्य सेवा पुग्न सकेको छैन ।

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा दलका उम्मेदवार यसपटक पनि ती विकट क्षेत्रमा सडक र बिजुली पु¥याइदिने पुरानै प्रतिबद्धता बोकेर मतदाताकहाँ पुगेका छन् । निर्वाचनमा भोट माग्न आउने नेतासँग २२ वर्षदेखि गाउँमा सुविधा सम्पन्न सडक र बिजुलीको माग गरे पनि पूरा हुन नसकेको मिक्लाजुङ गाउँपालिका–१ रमितेखोलाकी लिला लिम्बूले बताउनुभयो ।

गाउँमा सुविधा सडक र बिजुली माग गरेको दुई दशक पार गर्दा पनि पूरा हुन सकिरहेको छैन । उहाँका अनुसार निर्वाचन आउँदा नेताहरुले वर्षौंदेखि सडक र बिजुलीको एजेण्डा मात्रै बोकेर आउने गरेका छन् । निर्वाचनका बेला नेताका लागि रमितेखोला सडक र बिजुलीको मुख्य एजेण्डा बन्ने स्थलका रुपमा मात्रै परिचित भएको लिम्बूले बताउनुभयो । बिसं २०५२ बाट टाँडीदेखि आइतबारेसम्मको १३ किलोमिटर सडकको ट्रयाक खोलिए पनि त्यहाँबाट स्तरोन्नतिको कुनै काम हुन सकेको छैन ।

विसं २०६० सम्ममा ट्रयाक खोल्ने काम पनि सकियो । तर त्यसको १४ वर्षसम्म सडकको स्तरोन्नतिका लागि कुनै काम हुन सकेको छैन । मोरङको साविक टाँडी गाविस हालको मिक्लाजुङ गाउँपालिका–३ देखि साविकको रमितेखोला गाविस हालको मिक्लाजुङ–१ सम्म सडकको ट्रयाक खोल्ने काम स्थानीयस्तरको दबाबमा भए पनि त्यसपछि सडक विकासका कुनै काम भएका छैनन् । सुगम जिल्लाका रुपमा चिनिने मोरङको रमितेखोला जिल्लाकै कर्णालीका रुपमा परिचित छ । अतिनै दुर्गम र विकट स्थानका रुपमा रहेको रमिते खोलासम्म पुग्ने सडक अति नै जीर्ण छ ।

खोलिएको ट्रयाकमा सवारी आवागमन गर्न एकदमै गाह्रो छ । स्थानीय बासिन्दा ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन् । स्थानीय बताहा खोलामा बर्खामा आउने बाढीका कारण टाँडी र रमिते खोलासम्म सवारी आवागमन ठप्प भएर आवतजावत बन्द हुनुका साथै रमितेखोलाको पूर्वी मोरङसँग सम्पर्कनै विच्छेद हुने गरेको छ । रमितेखोलामा हालसम्म केन्द्रीय प्रसारणको विद्युत् पनि पुग्न सकेको छैन ।

रमितेखोलास्थित टाँडी माविका प्रधानाध्यापक अमृत राईले नेतामा इच्छा शक्तिको कमी हुँदा सुगम जिल्ला भनेर चिनिने मोरङको दुर्गम र विकट क्षेत्रका बासिन्दा सधँैभरि पीडामा हुने गरेको बताउनुभयो । स्थानीय समाजसेवी पर्वत राईले स्थानीयस्तरमा सडक, बिजुली, स्वास्थ्य र शिक्षाको समस्या रहेको बताउनुभयो । उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी सुविधा सम्पन्न सहरसम्म पुग्नुपर्ने बाध्यता छ ।” प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मोरङको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने मिक्लाजुङमा धेरै नेता भोट माग्न पुगिसकेका छन् । स्थानीयवासीका अनुसार सबै नेताले रमितेखोलामा विद्युत् र सुविधासम्म सडक आफ्नो प्राथमिकतामा रहेको भाषण गर्ने गरेका छन् । रमितेखोलामा एक हजार ३०० मतदाता छन् ।

गरिबको दुःख बुझ्नेलाई भोट

पाल्पा।  रिब्दीकोट गाउँपालिकास्थित कुसुमखोलाका मतदाताले यसपालिको निर्वाचनमा गरीबको दुःख बुझ्ने उम्मेदवारलाई मात्र भोट हाल्ने भएका छन् ।

जितेर नेताहरु गाउँ नै नआएपछि यसपालिको निर्वाचनमा दुःख सुखमा साथ दिने नेतालाई मात्र भोट हाल्ने योजनामा दलित तथा विपन्न समुदाय पुगेका हुन् । हामीले भोट हालेर जितेपछि हाम्रो बस्तीमा नेताले विकास बजेट नपारेको र काम खोज्दै विदेश जान बाध्य बनाएकोमा उनीहरु दुःखी छन् । दलित बस्तीमा अझै शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडकलगायतका क्षेत्रमा पहुँच पुग्न सकेको छैन ।

“चुनाव आएपछि नेताहरु घरमा नमस्कार गर्दै साइनो लगाउँछन्, दलित बस्तीमा आउने गरे पनि चुनाव सकिपछि मुख समेत हेर्दैनन्,” ५९ वर्षीय स्थानीय बासिन्दा रनविर विश्वकर्माले भन्नुभयो । काम नगरी खान नै छैन, चुनाव त हामीहरुलाई लागेको छैन, बाँसका चोया बनाउँदै उहाँले भन्नुभयो, “भोट दिन्छाँै, हामीलाई विकास पनि चाहियो ।”

कुसुमखोलाको माराबाँसका १३ घर परिवार विश्वकर्मा बस्तीले नेतालाई पटकपटक जिताएपछि गाउँमा कहिले पनि आफ्ना समस्या बुझ्न नआएकोमा मतदाताको मन खिन्न छ ।

स्थानीय बासिन्दा पदम विश्वकर्माले भोट दिए पनि कुर्चीमा पुगेपछि हाम्रा समस्या जहाँका त्यही हुने भए भोट हाल्नुको अर्थ नै छैन । दिनभर हिँडेर बाँसका सामान बेच्न बाध्य यहाँका दलित समुदायलाई जीविकोपार्जनको प्रमुख समस्या रहेको छ ।

संविधानसभा निर्वाचन २०७० मा नेपाली काँग्रेसका हरिप्रसाद नेपाल र २०६४ को निर्वाचनमा नेकपा (एमाले)का कुलप्रसाद नेपाल यस क्षेत्रबाट जिते पनि दलित र गरीब बस्तीमा विकासको उज्यालो आउन नसक्दा दल र नेताप्रति उनीको हेराइ सकारात्मक हुन सकेको छैन ।

सांसद तथा सभासद्ले सांसद विकास कोष र निर्वाचन क्षेत्र विकासका कार्यक्रम विपन्न गरिब दलित बस्तीका आधारभूत समस्या समाधान केन्द्रित हुन नसक्दा समस्या झनै बल्झिएका छन् ।

स्वास्थ्य चौकीका लागि सात कट्ठा जग्गादान

राजविराज।स्वास्थ्य चौकी निर्माणका लागि सप्तरीको मधुवापुरमा एक व्यक्तिले बुधबार रु एक करोड मूल्य बराबरको सात कट्ठा जग्गा दान गरेका छन् ।

सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिका–४ मधवापुरस्थित जिल्ला पञ्चायतका पूर्व सभापति स्व कृष्णदेव झाको स्मृतिमा उहाँका कान्छा छोरा शैलेन्द्रचन्द्र मmा र बुहारी सञ्जु झाले स्व पिताको पुख्र्यौली गाउँमा स्वास्थ्य चौकी निर्माणका लागि सो जग्गादान गर्नुभएको हो ।

स्वास्थ्य चौकी भवनको शिलान्याससमेत जग्गादाता शैलेन्द्रले नै गर्नुभयो । रु दुई करोड ४२ लाख ८० हजारको लागतमा बन्न लागेको उक्त भवन एक वर्षभित्र निर्माण हुने शहरी विकास तथा भवन निर्माण कार्यालय सप्तरीका इञ्जिनियर कमलप्रसाद भट्टराइले बताउनुभयो ।

सो ठाउँमा स्वास्थ्य चौकी निर्माण भएपछि बर्थिङ सेन्टर निर्माणका लागिसमेत पहल गरिने जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

आफ्नो गाउँ र वरिपरिको बासिन्दाले सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले जग्गादान गरेको जग्गादाता शैलेन्द्रले बताउनुभयो । यहाँ स्वास्थ्य चौकी निर्माण भएपछि हजारौँ जनता लाभान्वित हुने स्थानीय कोशलकुमार साहले विश्वास व्यक्त गर्नुभयो ।

‘संघीयतामा नेपाल प्रहरीको पुनःसंरचना’ बारे अन्तरक्रिया

जुम्ला। ‘संघीयतामा नेपाल प्रहरीको सांगठनिक पुनःसंरचना’ कस्तो हुने भन्ने विषयमा जुम्लामा बुधबार सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रममा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले नेपाल प्रहरीको सांगठनिक पुनःसंरचना संघ र प्रदेशमा कस्तो हुने, संघको गृहमन्त्री र प्रदेशको गृहमन्त्री बीचको सम्बन्ध कस्तो हुने र स्थानीय तहको तल्लो युनिटमा प्रहरी संख्या कति रहने, प्रहरी र सशस्त्र प्रहरीबीचको सम्बन्ध कस्तो हुने, जनसंख्या, भूगोल एवं अपराध के का आधारमा प्रहरी संख्या तोकिनु पर्नेलगायतका प्रश्नावलीका बारेमा सहजीकरण गर्नुभयो ।

पूर्वरथी शर्माले अहिलेसम्म छ प्रदेशका ३० जिल्लामा सुझाव संकलनका लागि अन्तरक्रिया सम्पन्न गरिसकेको र अब ७ नं प्रदेशमा यो कार्यक्रम गर्ने बताउनुभयो । नेपालका ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान र हातहतियारको व्यवस्थापनका लागि संघ र प्रदेशमा कसमा अधिकार निहित हुने कुराबारे पनि सवाल उहाँले सरोकारवालाबीच तेस्र्याउनु भयो ।

इन्स्टिच्यूट अफ क्राइसिस म्यानेजमेन्ट काठमाडौँको आयोजनामा गरिएको अन्तरक्रियामा नेपाल बार एशोसिएशनका केन्द्रीय सदस्य तथा अधिवक्ता पदमबहादुर शाहीेले प्रदेश गृहसचिवले सो सवालको टुंगो लगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जनसंख्याभन्दा पनि भूगोल र अपराधका आधारमा प्रहरी संख्या तोकिनुपर्ने व्यवस्था निर्माण गर्नुपर्ने औँल्याउनुभयो । तिला र पातारासी गाउँपालिकाका अध्यक्ष द्वय रतननाथ योगी र लक्षिमन बोहोराले केन्द्रको नियन्त्रणमा प्रदेश तथा स्थानीय तह रहनेगरी स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने सुझाव दिनुभयो ।

चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपाने महतले उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वको न्यायिक समितिले के गर्ने र के नगर्ने भन्ने कुराको प्रष्ट नहुँदा अन्यौल भएको बताउनुभयो । “संयोजकको अधिकार क्षेत्र के हो र ? त्यसलाई कार्यान्वयन गर्ने कार्यविधिका बारेमा हामी अहिलेसम्म अनविज्ञ छौँ,” उहाँले भन्नुभयो ।

अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले प्रदेशको भूमिका अँझै नटुंगिएको बताउनुभयो । कार्यक्रमका सहभागीले सशस्त्र र जनपथ प्रहरीको काम स्पष्टरुपमा फरक हुनुपर्नेमा जोड दिँदै उनीहरुको सेवा सुविधामा सबै प्रदेशमा एकरुपता हुनुपर्ने सुझाव दिएका थिए ।

अन्तरराष्ट्रिय सीमा सुरक्षाका लागि केन्द्रस्तरकै भूमिका रहनु पर्ने र त्यसका लागि नेपाली सेनाको परिचालन आवश्यक रहेको औँल्याइएको थियो । कार्यक्रममा पूर्व एआइजी सुरेन्द्र शाह, जिल्ला सरकारी वकिल श्याम चौधरी, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाई, जिल्ला अध्यक्ष बरमबहादुर महत, जुम्ला प्रहरी प्रमुख डा तपनकुमार दाहाल, प्रमुख अनुसन्धान अधिकृत प्रकाश शाह, कानूनका विद्यार्थी भूवन रोकाया, जुम्ला नागरिक समाजका अगुवा राजबहादुर महत तथा राजनीतिक दल, तथा सञ्चारकर्मीको सहभागिता रहेको थियोजुम्ला, १४ मंसिर (रासस) ः ‘संघीयतामा नेपाल प्रहरीको सांगठनिक पुनःसंरचना’ कस्तो हुने भन्ने विषयमा जुम्लामा बुधबार सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रममा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले नेपाल प्रहरीको सांगठनिक पुनःसंरचना संघ र प्रदेशमा कस्तो हुने, संघको गृहमन्त्री र प्रदेशको गृहमन्त्री बीचको सम्बन्ध कस्तो हुने र स्थानीय तहको तल्लो युनिटमा प्रहरी संख्या कति रहने, प्रहरी र सशस्त्र प्रहरीबीचको सम्बन्ध कस्तो हुने, जनसंख्या, भूगोल एवं अपराध के का आधारमा प्रहरी संख्या तोकिनु पर्नेलगायतका प्रश्नावलीका बारेमा सहजीकरण गर्नुभयो ।

पूर्वरथी शर्माले अहिलेसम्म छ प्रदेशका ३० जिल्लामा सुझाव संकलनका लागि अन्तरक्रिया सम्पन्न गरिसकेको र अब ७ नं प्रदेशमा यो कार्यक्रम गर्ने बताउनुभयो । नेपालका ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान र हातहतियारको व्यवस्थापनका लागि संघ र प्रदेशमा कसमा अधिकार निहित हुने कुराबारे पनि सवाल उहाँले सरोकारवालाबीच तेस्र्याउनु भयो ।

इन्स्टिच्यूट अफ क्राइसिस म्यानेजमेन्ट काठमाडौँको आयोजनामा गरिएको अन्तरक्रियामा नेपाल बार एशोसिएशनका केन्द्रीय सदस्य तथा अधिवक्ता पदमबहादुर शाहीेले प्रदेश गृहसचिवले सो सवालको टुंगो लगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जनसंख्याभन्दा पनि भूगोल र अपराधका आधारमा प्रहरी संख्या तोकिनुपर्ने व्यवस्था निर्माण गर्नुपर्ने औँल्याउनुभयो । तिला र पातारासी गाउँपालिकाका अध्यक्ष द्वय रतननाथ योगी र लक्षिमन बोहोराले केन्द्रको नियन्त्रणमा प्रदेश तथा स्थानीय तह रहनेगरी स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने सुझाव दिनुभयो ।

चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपाने महतले उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वको न्यायिक समितिले के गर्ने र के नगर्ने भन्ने कुराको प्रष्ट नहुँदा अन्यौल भएको बताउनुभयो । “संयोजकको अधिकार क्षेत्र के हो र ? त्यसलाई कार्यान्वयन गर्ने कार्यविधिका बारेमा हामी अहिलेसम्म अनविज्ञ छौँ,” उहाँले भन्नुभयो ।

अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले प्रदेशको भूमिका अँझै नटुंगिएको बताउनुभयो । कार्यक्रमका सहभागीले सशस्त्र र जनपथ प्रहरीको काम स्पष्टरुपमा फरक हुनुपर्नेमा जोड दिँदै उनीहरुको सेवा सुविधामा सबै प्रदेशमा एकरुपता हुनुपर्ने सुझाव दिएका थिए ।

अन्तरराष्ट्रिय सीमा सुरक्षाका लागि केन्द्रस्तरकै भूमिका रहनु पर्ने र त्यसका लागि नेपाली सेनाको परिचालन आवश्यक रहेको औँल्याइएको थियो । कार्यक्रममा पूर्व एआइजी सुरेन्द्र शाह, जिल्ला सरकारी वकिल श्याम चौधरी, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाई, जिल्ला अध्यक्ष बरमबहादुर महत, जुम्ला प्रहरी प्रमुख डा तपनकुमार दाहाल, प्रमुख अनुसन्धान अधिकृत प्रकाश शाह, कानूनका विद्यार्थी भूवन रोकाया, जुम्ला नागरिक समाजका अगुवा राजबहादुर महत तथा राजनीतिक दल, तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

ठूला आयोजनालाई प्राथमिकता दिनुपर्ने स्थानीयको माग

दैलेख। दैलेखमा लामो समयदेखि थाँती रहेका ठूला विकासका योजना अहिले पनि पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन् ।

चुनावमा भोट माग्न आएका नेताले स्थानीय बासिन्दाले पुराना र बाँकी रहेका कामका बारेमा चासो दिनुपर्ने सुझाव दिन थालेका छन् । तीन वर्ष अघि सरकारका उद्योगमन्त्री आएर दैलेखको शिरिस्थानबाट पेट्रोलियम पदार्थको उत्खनन गर्ने भनेर गरेको उद्घोष अहिलेसम्म कार्यान्वयनको चरणमा नपुगेको भन्दै दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष शान्ति शर्माले अब निर्वाचित प्रतिनिधिले दैलेखको खोलामा बगेर गएको ग्यासको सदुपयोग गर्ने वाचा गर्नुपर्दछ, दैलेखलाई पञ्चकोशी धार्मिक क्षेत्र घोषणाको पहल गर्नुपर्ने माग गर्नुभयो ।

जिल्ला सदरमुकाम दैलेखका मतदाताले विगत छ वर्षदेखि सञ्चालनमा आएको मध्यपहाडी राजमार्गको दैलेख सदरमुकाम खण्डको विवाद अझै टुंगिन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै तत्काल यसबारे ठोस कदम चाल्नुपर्ने माग राखेका छन् । दैलेखको भाग्य र भविष्यसँग जोडिएको मध्यपहाडी राजमार्गको अहिलेसम्म निकाश नहुनु लाजमर्दो कुरा भयो स्थानीय रामबहादुर दमाईले गुनासो गर्नुभयो । अन्य जिल्लामा मध्यपहाडी राजमार्ग खण्ड कालोपत्रे भइसकेको छ तर दैलेख खण्डमा अझै कालोपत्रे हुन सकेको छैन ।

जिल्लाको व्यापार व्यवसाय बढाउन यो सडक निकै आवश्यक भएको दैलेख उद्योग वाणिज्य संघका महासचिव नरेन्द्र थापा बताउनुहुन्छ । आयोजनाले नै ढिलाइ गरेका कारण समस्या भएको निर्वतमान सांसद अमरबहादुर थापाले बताउनुभयो, आफूले बाटो खुलाउन निकै प्रयास गरेको र स्थानीय दश मिटर बाटो दिन तयार रहेको भए पनि अझै आयोजनाले यसबारे ठोस काम गर्न नसकेको थापाले गुनासो गर्नुभयो । थापा अहिले पनि दैलेख सदरमुकामकै क्षेत्रबाट प्रदेशसभा सभासद्मा उम्मेदवार हुनुहुन्छ ।
दैलेख सुर्खेत सडकखण्ड दुई लेनको निर्माण गर्ने भनेर राजनीतिक दलहरुका प्रतिबद्धतामा २०६४ सालदेखि निरन्तर लेखिँदै आएको छ तर सडकमा भएका खाल्डा समेत पुर्ने काम भएको छैन, नेपाली भाषाको पहिलो सिलालेखसँगै हजारौँ मूर्त अमूर्त सम्पदाको धनी जिल्ला भनिए पनि अहिलेसम्म कुनै पनि धार्मिक क्षेत्रको संरक्षणका लागि ठोस योजना जिल्लामा आएको देखिँदैन । कर्णालीमा निर्माण हुन थालेको नयाँ शहर आयोजना विगत पाँच वर्षदेखि अन्यौलमै देखिएको छ ।

पुराना र बाँकी रहेका विकासे आयोजनाभन्दा अहिले दलहरुले नयाँनयाँ योजना ल्याएर गाउँ अभियानमा होमिएका छन् । जनताले ठोस योजना ल्याएर चुनावमा भोट माग्न आउनुपर्ने सुझाव दिन थालेका छन् ।

प्रवासीद्वारा सामुदायिक विद्यालयलाई तेह्र लाख सहयोग

फलेवास, पर्वत।  सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि रोजगारीका लागि हङकङमा बस्दै आएका प्रवासीले ठूलो धनराशि सहयोग गरेका छन् ।

उत्तरी पर्वतका जलजला र मोदी गाउँपालिकाका विभिन्न वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तथा विपन्न, दलित र गरिब बालबालिकालाई सहयोग पु¥याउने उद्देश्यले पर्वत पुन मगर कल्याणकारी कोष हङकङले रु १३ लाख सहयोग गरेको हो । जलजला गाउँपालिका र मोदी गाउँपालिकाका विभिन्न वडामा रहेका २६ वटा सामुदायिक विद्यालयलाई रु ५० हजारका दरले सहयोग गरिएको हो ।

विगत छ वर्ष अघि स्थापना भएको उक्त कोषको अक्षय कोषबाट यसअघि मिर्गौला पीडितको स्वास्थ्योपचारका लागि रु ७० लाख र भूकम्प पीडितको राहतका लागि रु ३० लाख सहयोग गरिसकिएको कोषका उपाध्यक्ष हेमबहादुर पुन ‘तुफान’ले जानकारी दिनुभयो । उहाँका अनुसार स्वदेशमा रोजगारी नपाएर आफूहरु प्रवासी जीवन बिताउनु परे पनि गाउँको विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान होस् र विपन्न तथा दलित र जनजातिका बालबालिकाले पढ्नबाट वञ्चित हुन नपरोस् भनेर उक्त सहयोग गरिएको हो ।
पर्वत जिल्लाकै विकासका लागि भनेर कल्याणकारी कोष खडा गरिएको जानकारी दिँदै पुनले विदेशमा दुःख गरेर कमाएको रकमको थोरै हिस्सा सामाजिक सेवामा लगाउनुपर्छ भन्ने उद्देश्यले कोष खडा गरिएको जानकारी दिनुभयो । त्यस्तै उक्त कोषबाट मगर समुदायको बाहुल्यता रहेको उत्तरी पर्वतका बाँसखर्क, लेखफाँट, धाईरिङ, शालिजा, क्याङ, देउराली र देउपुरका विद्यालयमा खेलमैदानलगायत अन्य भौतिक पूर्वाधार निर्माणका लागि सहयोग गर्दै आएको छ ।

मोर्चाले निर्वाचन विरोधी कुनै गतिविधि नगर्ने

भद्रपुर। नेपाल राष्ट्रवादी संयुक्त मोर्चाले निर्वाचनको समयमा आफ्ना सबै गतिविधिलाई शान्तिपूर्ण बनाउने प्रतिबद्धता जनाएको छ ।

झापाका अग्रज अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिसँग संवाद समूहमा बुधबार भएको छलफलमा मोर्चाका केन्द्रीय पदाधिकारीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उहाँहरुले आफ्ना विचार र कार्यक्रमलाई शान्तिपूर्ण बाटोबाट जनतासमक्ष पु¥याउने जनाएका छन् । ‘मोर्चाको कार्यक्रम, निर्वाचन र शान्ति–सुरक्षाको सवाल’ बारे भएको छलफलमा चार बुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

निर्वाचन रोक्न माग गरेको र विरोधी गतिविधि गरेको आरोपमा अघिल्लो साता मोर्चाका केन्द्रीय नेता बिर्तामोडबाट पक्राउ परेका थिए । छलफलमा मोर्चाका नेताले आफूहरु निर्वाचन विरोधी नभएको, निर्वाचन बिथोल्ने कुनै गतिविधि नगरेको र नगर्ने प्रतिबद्धतासमेत जनाएका छन् । झापाका अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिले जनभावनाको कदर गर्न र संविधानले दिएको अधिकार उपयोग गरी शान्तिपूर्ण ढंगबाट आफ्ना गतिविधि बढाउन उहाँहरुलाई सुझाव पनि दिनुभयो ।

संवाद समूह झापाले संयोजन गरेको छलफलमा मुलुकको आवश्यकता, मोर्चाका जायज माग सम्बोधनका लागि सरकार, राजनीतिक दल तथा सरोकारवाला सबैको ध्यानकर्षण गराउने समेत सहमति भएको छ ।

त्यस्तै पछिल्लो समय विभिन्न पक्षबाट शान्ति सुरक्षा खल्बल्याउन बम विस्फोट गराउनेलगायतका गतिविधि भइरहेको भन्दै मोर्चाका नेतासहित छलफलमा सहभागीले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।
प्रतिबद्धता तथा सहमतिमा मोर्चाका केन्द्रीय संयोजक रामचन्द्र क्षेत्री बानियाँ, संगठन विभाग प्रमुख महेन्द्र शर्मा, केन्द्रीय सदस्य सुरेन्द्र कार्की र झापा जिल्ला अध्यक्ष कृष्ण चुडालले हस्ताक्षर गरेका छन् ।

मोर्चाका नेताले ३७ जिल्लामा आफ्नो संगठन विस्तार भएको जनाउँदै मोर्चा शान्तिको पक्षमा रहेको बताएका छन् । छलफलको सहजीकरण पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी र अधिवक्ता खगेन्द्र खरेलले गर्नुभएको थियो ।

महायज्ञबाट रु एक करोड ८० लाख संकलन

पोखरा। पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जामा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु एक करोड ८० लाख संकलन गरी बुधबार साँझ सम्पन्न भएको छ ।

सो ठाउँमा रहेको अम्बिका माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालय स्थापना गर्ने र विद्यालयको लागि थप जग्गा खरीद गर्ने उद्देश्यले गत मंसिर ५ गतेदेखि महायज्ञ सञ्चालन गरिएको थियो ।

महायज्ञमा बोधराज भण्डारीले १२ आना तीन पैसा एक दाम, शोभाखर दाहालले छ आना र नेत्रपाणि भण्डारीले पाँच आना जग्गा विद्यालयलाई दान गर्नुभएको महायज्ञ आयोजक मूल व्यवस्थापन समितिका कोषाध्यक्ष नवराज अधिकारी जानकारी दिनुभयो ।

महायज्ञमा सो ठाउँ निवासी प्रेमप्रसाद अधिकारीले सबैभन्दा बढी रु छ लाख २५ हजार, शोभाकर दाहालले रु पाँच लाख ५५ हजार ५५५, नेत्रपाणि भण्डारीले रु पाँच लाख पाँच हजार ५५५, शोभाखर भण्डारीले रु पाँच लाख पाँच हजार सहयोग गर्नुभएको थियो ।

महायज्ञमा पण्डित दीनबन्धु पोखरेल वाचक रहनुभएको थियो ।

वाम गठबन्धन कम्युनिष्ट शासन लागू गर्न उद्दत : प्रधानमन्त्री देउवा

वालिङ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानलाई वाम गठबन्धनले समाप्त पारेर कम्युनिष्ट शासन लागू गर्न खोजेको आरोप लगाउनु भएको छ ।

स्याङ्जाको वालिङमा आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्र रोज्ने कि कम्युनिष्ट दमनको शासनमा एकदलीय तानाशाही शासन व्यवस्था रोज्ने यसको छिनोफानो आगामी निर्वाचनमा जनताले आफ्नो मतमार्फत गर्ने बताउनुभयो ।

“संसारमा कम्युनिष्ट शासनको शुरुआत भएका देशमा पनि अहिले कम्युनिष्ट व्यवस्था अन्त्य हुँदैछ”– प्रधानमन्त्री देउवाले भन्नुभयो, “संसारमा असफल भएका बाद यहाँ ल्याउन खोजिएको छ त्यो सफल हुँदैन ।”

सो चुनावीसभामा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट समस्या मात्रै जन्माउने तर समाधान दिन नसक्ने दाबी गर्दै समस्याको समाधानका लागि काँग्रेस चाहिने बताउनुभयो ।

उहाँले मुलुक अब लोकतन्त्रको बाटोमा अगाडि बढिसकेकाले यसलाई कुनै पनि तागतले रोक्न सक्दैन् भन्नुभयो । नेता पौडेलले यो निर्वाचन नेपाली जनताको भाग्य र भविष्य कोर्ने निर्वाचन भएकाले लोकतन्त्रको रक्षा र समृद्ध नेपाल निर्माणका लागि काँग्रेसलाई विजयी बनाउन आग्रह गर्नुभयो । आमसभामा काँग्रेस चुनाव प्रचारप्रसार अभियानका संयोजक बालकृष्ण खाँण, उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ लगायतका नेताले सम्बोधन गर्नुभएको थियो ।

सप्तरीमा बम विस्फोट गराउन खोज्ने दुई जना सार्वजनिक

राजविराज। राजविराजमा बम विष्फोट गराउन खोज्ने दुई जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ बस्ने ४० वर्षीय तेजनारायण यादव र विष्णुपुर गाउँपालिका– ६ का सञ्जयकुमार रायलाई दुई दिन अगाडि राजविराजमालाई लक्ष्य गरी प्रेसकुकर बम विस्फोट गराउने योजना बनाइरहेका अवस्थामा पक्राउ गरिएको बताउनुभयो ।

पक्राउ परेका उनीहरु विप्लव समूहका कार्यकर्ता भएको बताइन्छ ।

पक्राउ परेका तेजनारायणबाट बम विस्फोट गराउने रिमोट कन्ट्रोल फेला पारेको र त्यसपछिको सोधपुछका आधारमा प्रहरीले बम फेला पारेको थियो ।

मानवीय तथा भौतिक क्षति पु¥याउने उद्देश्यले राजविराज–कुनौली सडक खण्डअन्तर्गत रञ्जीतपुरस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिकै धान खेतमा लुकाइछिपाई राखिएको शक्तिशाली प्रेसरकुकर बम उनकै बयानको आधारमा फेला पारिएको उहाँले जानकारी दिनुभयो ।

सोही घटनामा उनका सहयोगी सञ्जयकुमार रायलाई समेत पक्राउ गरिएको छ ।

प्रहरी टोलीले सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– १४ रम्पुरा मल्हनियाँ बस्ने ३४ वर्षीय सूर्यनारायण सुतिहार हतियारसहित पक्राउ गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका– १ स्थित एक घरमा आसन्न निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले उनी बसेका छन् भने सूचना पाएपछि प्रहरीले उनलाई हतियारसहित पक्राउ हो ।

सुतिहारको साथबाट गोली लोड भएको एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने दुई राउण्ड गोलीसमेत बरामद गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

हात्तीको आक्रमणबाट महिलाको मृत्यु 

सप्तरीको कंचनरुप नगरपालिकास्थित बदगामा जंगली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका वडा नं १० बस्ने ७० वर्षीया फूलवादेवी यादव रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आफ्नै घरमा बसिरहेका अवस्थामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट यादवको घटनास्थलमा नै मृत्यु भएको हो । रासस

त्रिशूली दुर्घटना : आठ यात्रुको मृत्यु, चारको सनाखत

चितवन। काठमाडौँबाट अर्घाखाँची जान नारायणगढतर्फ आउँदै गरेको बस इच्छाकामना गाउँपालिका वडा नं ३ चुम्लिङटारमा आज बिहान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २१ जना घाइते भएका छन् । तीन जना बेपत्ता रहेको प्रहरीको अनुमान छ ।

सात जनाको घटनास्थलमै र एकको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मृत्यु हुनेमा अर्घाखाँचीका ५२ वर्षीय नुदराज अधिकारी, दैलेखका ३० वर्षीय अमरबहादुर शाही, नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १ का ५० वर्षीय कृष्ण ढकाल रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

उपचारका लागि काठमाडौँको बिएण्डबी अस्पताल पु¥याइएकी सन्धिखर्क नगरपालिका– ४ अर्घाखाँची बस्ने ४३ वर्षीया लक्ष्मी पौडेलको उपचारका क्रममा मृत्यु भएको छ । अन्य चार जनाको भने सनाखत हुन सकेको छैन ।

थापाका अनुसार लु२ख २९१ नंको उक्त बस काठमाडौँतर्फ जाँदै गरेको ना६ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको थियो । ट्रकका चालक र सहचालक पनि सामान्य घाइते भएका छन् । सामान्य उपचारपछि उनीहरुलाई प्रहरी नियन्त्रणमा राखिएको छ ।

घाइतेमध्ये नौ जनाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा र १२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये दुई जनालाई हेलिकप्टरबाट र ११ जनालाई एम्बुलेन्सबाट काठमाडौँ पठाइएको छ । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका– १ बस्ने ३४ वर्षीय सूर्य भट्टराई, अर्घाखाँची जिल्ला बुद्धिभूमि नगरपालिकाका ३२ वर्षीय कमल सुनार, अर्घाखाँची जिल्ला सन्धिखर्क–१ बस्ने ३५ वर्षीया तिलसा घर्तीमगर, अर्घाखाँची जिल्ला सिद्धिगंगा– ३ बस्ने २८ वर्षीय पदम रायमाझी र बाणगंगा–९, कपिलवस्तुका १८ वर्षीया सविना थारुको नर्भिक अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।

यसैगरी, अर्घाखाँची जिल्लाका ३४ वर्षीय ध्रुव दमासे, १५ वर्षीया निशा थापा, २४ वर्षीय पवन महत, ४० वर्षीय दधिराम गैरे, सरिता न्यौपाने, रामबहादुर विक र केशरमणि न्यौपानेको बिएण्डबी अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार बसका सहयोगी चालक प्यूठान बागेमोड– २ का १९ वर्षीय सुनील क्षेत्री, अर्घाखाँची जिल्ला भूमिकास्थान– ४ की २१ वर्षीया इन्दिरा दमासे, अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिकाका ३० वर्षीय गोविन्दबहादुर सुनारको भरतपुर शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ ।

त्यसैगरी, बसका चालक कपिलवस्तु भृकुटी नगरपालिका– ९ का ४० वर्षीय थमबहादुर क्षेत्री, अर्घाखाँची नुवाकोट– ७ बस्ने २१ वर्षीय राजेन्द्र रायमाझी, बाँके जिल्ला कोहलपुर– ३ बस्ने ४० वर्षीया उमा पोखरेल, अर्घाखाँची जिल्ला भूमिस्थान– ४ का सन्दीप दमासे, अर्घाखाँची जिल्ला खनदह– ४ का ४२ वर्षीय माधव खनाल र छ महिनाका एक बच्चाको पनि पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सामान्य घुमाउरो सडकमा ट्रकमा बस ठोक्किएर अनियन्त्रित भई नदीमा खसेको हो । बस त्रिशूली नदीमा पूरै डुबेको छ । बस नदीको करिब २५ मिटर गहिराइमा फेला परेको गोताखोरलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

बस नदीबाट निकाल्ने प्रयास थालिएको छ । काठमाडौँबाट क्रेन मगाइएको भए पनि आज साँझ करिब ५ः०० बजे मात्रै क्रेन आइपुगेकाले भोलि बिहानदेखि बस निकाल्ने काम शुरु हुने प्रहरीले जनाएको छ ।

दुर्घटनास्थल मुग्लिनबाट करिब १६ किलोमिटर काठमाडौँतर्फ पर्दछ । घटना बिहान ९ः१५ बजे भएको हो । सो बस काठमाडौँबाट बिहान ५ः४० बजे हिँडेको हो । बसका सहयोगी चालक सुनील क्षेत्रीका अनुसार बसले काठमाडौँको काउन्टरबाट २६ जना यात्रुको चलानी लिएको थियो भने र कलंकीमा चार जना चढेका थिए ।

चालक र सहयोगी चालक गरी बसमा ३२ जना सवार रहेको क्षेत्रीको भनाइ छ । थप तीन जना बेपत्ता भएको आशंकामा प्रहरीले नदीमा खोजी कार्यलाई जारी राखेको छ ।

उद्धारपछि उपचारका लागि भरतपुरतर्फ पठाइएका तीन जना घाइतेका आफन्तले बीचबाटोबाटै फर्काएर काठमाडौँ उपचार गर्न लगेपछि सञ्चारमाध्यममा घाइतेको संख्या फरकफरक आएको थियो । राससo

वायु प्रदूषणको समस्या न्यूनीकरण गर्न सामूहिक प्रयासको खाँचो

ललितपुर ।  दक्षिण एसिया र हिन्दकुश हिमालय क्षेत्रका राष्ट्रमा वायु प्रदूषणको समस्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा यसलाई न्यूनीकरण गर्न सामूहिक प्रयासको खाँचो औँल्याइएको छ ।
जनसंख्या तथा वातावरण मन्त्रालय र एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र(इसिमोड) को आयोजनामा यहाँ भएको दक्षिण एसिया र हिन्दकुश हिमालय क्षेत्रमा वायु प्रदूषण, जलवायु र जनस्वास्थ्यसम्बन्धी कार्यशालामा वायु प्रदूषणबाट कृषि, जलस्रोत र आयआर्जनमा परेको प्रत्यक्ष असरबाट लाखौ मानिस प्रभावित भएको बताइयो ।
सन् १९९८ मा दक्षिण एसियामा वायु प्रदूषण र अन्र्तदेशीय प्रभाव नियन्त्रण र रोकथामसम्बन्धी माले घोषणा कार्यान्वयन गर्न सकिएमा यस क्षेत्रमा वायु प्रदूषणले निम्त्याएको असर न्यून गर्न सकिने वक्ताहरुले जोड दिए ।
सम्मेलनमा मन्त्रालयका सचिव प्रकाश माथेमा र इसिमोडका महानिर्देशक डेभिड मोल्डेनले वायु प्रदूषण एक देशको मात्र नभई यस क्षेत्रका सबै देशको साझा समस्या भएकाले यसको रोकथाम र न्यूनीकरणका लागि सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यशालामा दक्षिण एसिया र हिन्दकुश हिमालय क्षेत्रका राष्ट्रका करिब सयजना बैज्ञानिक एवम् नीतिनिर्माताको सहभागिता रहेको छ ।

तेस्रो पटक भिड्दै थापा र दाहाल, खतिवडा र उपाध्याय

हेटाँैंडा। चिसो मौसमसँगै मकवानपुरमा यतिबेला चुनावी सरगर्मी बढेको छ । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तेस्रोपटक प्रतिस्पर्धामा ओर्लिएका छन् ।

विसं. २०५१ र २०५६ संसदीय निर्वाचनको प्रतिस्पर्धामा संगै ओर्लिएका उम्मेदवार पुनः यसपटक चुनावी मैदानमा उत्रिएको हो । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरको निर्वाचन क्षेत्र– १ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा र वाम गठबन्धनका उम्मेदवार कृष्ण दाहाल यसपटक पनि निर्वाचन प्रतिस्पर्धामा संगै हुनुहुन्छ । दुबै निर्वाचनमा दाहालले थापालाई पराजित गर्दै मकवानपुरबाट सांसद बन्नुभएको एमाले मकवानपुरले जनाएको छ ।

दाहालले मकवानपुरको विकासमा गरेको महत्वपूर्ण योगदानका फलस्वरुप आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै यसपटक जितेर गएपछि आफूले पक्की पुलदेखि द्रुतमार्गसम्मका योजना अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेता थापाले आफूले जितेर गएमा प्रधानमन्त्रीसम्म बन्ने हैसियत भएकाले आफूलाई मत दिन मतदातासँग अनुरोध गर्नुभयो । लोकतन्त्रको रक्षा कम्युनिष्टबाट नहुने बताउँदै उहाँले लोकतन्त्र र हिन्दू धर्मरक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई मत दिन आग्रह गर्नुभयो ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर– २ मा लोकतान्त्रिक गठबन्धनबाट महालक्ष्मी उपाध्याय (डिना) र वाम गठबन्धनबाट विरोध खतिवडा उम्मेदवार बन्नुभएको छ । यसअघिको संसदीय निर्वाचन २०५१ र २०५६ मा दुबै जना पनि एक अर्काको प्रतिस्पर्धीका रुपमा हुनुहुन्थ्यो ।

दुईवटै निर्वाचनमा खतिवडा विजयी भएका थिए । उपाध्यायले दुई पटकसम्म खतिवडाले आफूलाई जितेको भए पनि यसपटक भने जित्नेपालो आफ्नो रहेको बताउनुभयो ।

नेपाली काँग्रेस मकवानपुरमा आएको पार्टी प्रवेशको लहरले आफू जित्ने दाबी उहाँको छ । उपाध्यायको प्रतिद्वन्द्वीका रुपमा रहनुभएका खतिवडाले मकवानपुर जिल्ला कम्युनिष्टको लालकिल्ला रहेको र थाहा दर्शनका प्रतिपादक रुपचन्द्र विष्टको जन्मभूमी रहेकाले पनि यहाँ वाम गठबन्धनको हार नहुने बताउनुभयो ।

सन् २०६२÷६३ को जनआन्दोलनपछिको २०७४ सालको संविधानसभा निर्वाचनमा चारवटै क्षेत्र माओवादीले जितेको थियो भने संविधानसभा दोस्रो निर्वाचनमा तीन क्षेत्र एमाले र एउटामा नेपाली काँग्रेसले विजयी भएका थिए ।

प्रधानमन्त्री देउवाद्वारा चौधरीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले बम विस्फोटनमा परी म्यादी प्रहरी विनोद चौधरीको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत दिवंगत म्यादी प्रहरी चौधरीको आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको परिवारजनामा समवेदना प्रकट गर्नु भएको छ । साथै उहाँले घट्नाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

दाङको तुल्सीपुर उपमहानगरपालिका–ं५ स्थित अरनिको मैदानमा प्रधानमन्त्री देउवाको उपस्थितिमा भएको नेपाली काँग्रेसको चुनावी सभालाई लक्ष्य गरी गराइएको बम विस्फोटनमा परी घाइते हुनुभएका २३ वर्षीय म्यादी प्रहरी चौधरीको उपचारका क्रममा आज बाँकेको कोहलपुरमा निधन भएको हो ।

प्रधानमन्त्री देउवाले संवैधानिक संक्रमणको अन्त्य गर्दै संघीय गणतान्त्रिक लोकतन्त्रलाई संस्थागत गर्ने सिलसिलामा हुनगइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको सुरक्षाको लागि खटिइ महत्वपूर्ण जिम्मेवारी वहन गर्ने सम्पूर्ण सुरक्षाकर्मीलगायत म्यादी प्रहरी प्रशंसाका पात्र भएको उल्लेख गर्नुभएको छ ।

“यस्ता घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ । यस प्रकारका निर्वाचन विरोधी कुनै पनि गतिविधिले निर्वाचनप्रति नेपाली नागरिकले देखाएको उत्साह र नागरिकको मताधिकारलाई कुण्ठित पार्न सक्दैन” विज्ञप्तिमा उल्लेख छ ।

उहाँले कायरतापूर्ण तवरले बिना हतियार सुरक्षार्थ उभिएका म्यादी प्रहरी र नागरिकमाथि बम प्रहार गरिएको यस घटनालगायत निर्वाचन लक्षित सम्पूर्ण हिंसात्मक क्रियाकलापको घोर भत्र्सना गर्नुभएको छ ।

सरकारले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आम नागरिकलाई निर्वाचनमा निर्धक्क भएर लाग्न हार्दिक आह्वान गर्नुभएको छ ।

दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो , २५ घाइते , बेपत्ता बस फेला

चितवन। त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ भने घाइतेको संख्या २५ पुगेको छ ।

दुर्घटनास्थलमै पानीमुनि बस फेला परेको छ । दुर्घटनास्थलमा रहनुभएका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यकाअनुसार मृतकको सनाखत हुनसकेको छैन ।

घाइतेमध्ये दुई जनालाई हेलिकप्टरबाट र सात जनालाई एम्बुलेन्समा काठमाडौँं पठाइएको छ । बाँकी १६ जनालाई भरतपुरतर्फ ल्याइएको छ । पुरानो मेडिकल कलेजमा नौ जनाको उपचार भइरहेको छ भने बाँकी घाइतेलाई भरतपुरतर्फ ल्याइदै छ ।

काठमाडौंँबाट अर्घाखाँची जान आउँदै गरेको बस इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा आज बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार लु २ ख २९१ नम्बरको उक्त बस त्रिशूलीमा खसेको हो । काठमाडाँैंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नम्बरको ट्रकमा ठोक्किँएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । ट्रकका चालक र सहचालक पनि सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।

ट्रकको अघिल्लो भाग कुच्चिएको छ । सडक सामान्य घुमाउरो भएको उहाँले जानकारी दिनुभयो । बस घटनास्थलमै नदीको करिब २५ मिटर गहिराइमा फेला परेको गोताखोरलाई उद्धृत गर्दै शर्माले बताउनुभयो ।

बस नदीबाट झिक्नका लागि प्रयास थालिएको छ । दुर्घटनास्थल मुग्लिनबाट १३ किलोमिटर काठमाडाँैंतर्फ पर्दछ । घटना बिहान ९ः१५ बजे भएको हो । सो बस काठमाडौँबाट बिहान ५ः४० बजे हिँडेको प्रहरीले जनाएको छ ।

बसले काठमाडौँंको काउन्टरबाट २८ जना यात्रुको चलानी लिएको देखिन्छ भने दुईजना बीचबाटोबाट चढाएको घाइतेहरुले बताएका छन् । चालक र सहचालक गरी बसमा ३२ जना रहेको देखिन्छ । शर्माले बाटोमा यात्रु थपेको नथपेको एकिन हुन नसकेको भन्दै नदीमा बेपत्ता हुनसक्ने आशंकामा खोजी कार्य जारी राखिएको बतानुभयो ।

उहाँले भन्नुभयो, “एक दुई जना बेपत्ता भएको हुनसक्ने अनुमानमा खोजी कार्यलाई जारी राखेका छौं ।” नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले घटना भए लगत्तैबाट उद्धार कार्यलाई जारी राखेका छन् ।

वन्यजन्तु बस्ती पस्ने समस्याको अन्त्य गर्नुपर्छ : मन्त्री पाण्डे

चितवन।वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्ती पस्ने समस्याको अन्त्य गरिने बताउनुभएको छ ।
माडीको गोविन्दबस्तीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले मानव र वन्यजन्तुबीचको द्वन्द्वले संरक्षणमा समेत प्रभाव पारेकाले निकुञ्जको किनारमा मेस जाली लगाएर वन्यजन्तु बस्ती पस्न नसक्ने व्यवस्था गरिने बताउनुभयो ।

चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका मन्त्री पाण्डेले सदरमुकाम भरतपुर आवतजावत गर्दा निकुञ्जमा तिर्नुपर्ने शुल्क आफैँले मिनाहा गरेको जिकिर गर्दै वन्यजन्तुबाट हुने धनजनको क्षतिपूर्तिको रकम सहज तरिकाले उपलब्ध गराइने बताउनुभयो । निकुञ्जको काखमा रहेको माडी क्षेत्रले निकुञ्जबाट फाइदा लिन नसकेको भन्दै उहाँले यसका लागि आवश्यक योजना तयार गरी काम अगाडि बढाइने बताउनुभयो ।

माडीलाई पर्यटकीय नगरीका रुपमा विकास गरिने पनि उहाँले बताउनुभयो । मन्त्री पाण्डेले भन्नुभयो, “माडी प्राकृतिक स्रोत साधनले सम्पन्न छ, तर यसलाई उपयोग गर्नुपर्छ ।” उहाँले माडीमा रहेका कच्ची सडक पाँच वर्षभित्र कालोपत्र गरिने बताउँदै रिउ नदीमा तटबन्ध गरी चक्रपथ निर्माण गर्ने आफ्नो योजना रहेको पनि जानकारी दिनुभयो ।

हाँडीगाउँ विशालनगरलाई पर्यटकीय क्षेत्र बनाइने प्रतिबद्धता

काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले लिच्छविकालीन महत्वको हाँडीगाउँ–विशालनगर क्षेत्रको पर्यटकीय विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार पोखरेलले आज हाँडीगाउँ र भाटभटेनीको घरदैलो कार्यक्रममा उहाँले लिच्छवीकालीन राजधानीका रूपमा वैभवपूर्ण इतिहास बोकेको हाँडीगाउँको विकासलाई विशेष जोड दिइने तथा टोखालाई ऐतिहासिक र साँस्कृतिक नगरीका रूपमा विकास गरिने बताउनुभयो ।
भग्नावशेषमा परिणतमा भएको पञ्चधाराको पुनःनिर्माण गरिने पनि उहाँले बताउनुभयो । घरदैलोमा प्रदेशसभा (क) का उम्मेदवार नारायण सिलवाललगायत सहभागी हुनुहुन्थ्यो ।

किसानलाई मल देउ

काठमाडौँ । किसानसंग सम्बन्धित विभिन्न महासंघले अन्नबाली र तरकारी रोप्ने समयमा रासायनिक मलको अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
महासंघले आज जारी गरेको विज्ञप्तिमा मुख्य हिउँदे खाद्यान्न र मौसमी तथा बेमौसमी तरकारी रोप्ने समयमा रासायनिक मल, प्रागारिक मल र गहुँ तथा तोरीको बीउको कृतिम अभाव सिर्जना गरी किसानलाई पीडा दिइएको उल्लेख छ छ ।
अखिल नेपाल किसान महासंघसहित, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान संघ, नेपाल किसान फेडेरेसन र अखिल नेपाल प्रगतिशील किसान संघले सो संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

चिनियाँ स्याउ रसुवाबाट भित्रिँदै

रसुवागढी । अहिले चिनियाँ स्याउको माग बढ्न थालेकाले आयात गरिएका स्याउका कन्टेनरहरु रसुवागढी नाकाबाट नेपाल भित्रिन थालेका छन् ।

टिमुरेस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका अनुसार निर्वाचनअगाडि सामान लिन केरुङबाट गएका ४०० कन्टेनर नेपाल भित्रने क्रममा रहेको र आज दिउसोसम्म एक सयवटा कन्टेनर नेपाल भित्रिसकेको छ । फर्केका कन्टेनरमध्ये ५० प्रतिशतले स्याउ र अन्य कन्टेनरले कस्मेटिक सामान लिएर आएको सशस्त्र प्रहरी निरीक्षक प्रेमसिंह धामीले जानकारी दिनुभयो ।

सामान लिनका लागि आज थप १५ वटा कन्टेनर केरुङबाट त्यसतर्फ प्रस्थान गरिसकेको र भन्सार हातामा आएका कन्टेरनको जाँच पास धमाधम भइरहेको बताइएको छ ।

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts