Friday, November 3, 2017

उम्मेदवारविरुद्ध परेको उजुरीमा आज छानबिन हुने

काठमाडौ । दोस्रो चरणमा हुने निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवार विरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आज छानबिन गर्ने भएको छ ।
मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि बिहीबार मनोनयन दर्ता गरेका उम्मेदवार विरुद्ध उजुरी दिन आयोगले हिजो पाँच बजेसम्मको समय दिएको थियो ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार उम्मेदवारी दर्ता गरेका ४७ सय ४० उम्मेदवार मध्ये ७ जना उम्मेदवारविरुद्ध उजुरी परेको छ । परेका उजुरीउपर छानबिन गरी आजै नाम प्रकाशन गरिने ढकालले जानकारी दिए ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनुहँ १ का उम्मेदवार रामचन्द्र पौडेलले बागी उम्मेदवार गोविन्दराज जोशीविरुद्ध उजुरी दिएका छन् ।
वाम गठवन्धनबाट ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका नवराज सिलवालविरुद्ध पनि उजुरी परेको छ ।
भोलि कात्तिक १९ गते उम्मेदवारले नाम फिर्ता लिन चाहे फिर्ता लिन सक्नेछन् । उम्मेदवारले नाम फिर्ता लिने समयावधि सकिएपछि आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नेछ र उम्मेदवारहरूले औपचारिक रूपमा चुनाव चिह्न प्राप्त गर्नेछन् । आ आफ्नो चुनाव चिह्न प्राप्त गरेपछि उम्मेदवारहरूले चुनावी प्रचारका कार्यक्रम गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts