Friday, November 3, 2017

विषादी सेवनबाट एक बालिकाको मृत्यु, ४ बालबबालिका सिकिस्त

सर्लाही । तरकारीमा छिट्ने विषादी सेवन गर्दा सर्लाहीको फूलपरासीमा शुक्रबार एक बालिकाको ज्यान गएको छ ।
अरु ४ जना बालबालिका सिकिस्त बिरामी परेका छन् । कौडेना गाउँपालिका– २ फूलपरासी बस्ने राजकिशोर रायकी ३ वर्षीया छोरी अस्मिता कुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
बालबालिका खेल्ने क्रममा स्थानीय राम प्रताप रायको घरमा तरकारीमा छिट्न राखेको औषधी पिउँदा बालबालिका बिरामी परेका हुन् । औषधी सेवन गर्दा घरधनी राम प्रतापकी ४ वर्षीया छोरी पूजा कुमारी, २ वर्षको छोरा आदित्य कुमार, सोही ठाउँका बिकाउ रायकी ४ वर्षीया छोरी खुश्वु कुमारी र २ वर्षको छोरा खुशीलाल राय सिकिस्त बिरामी परेका प्रहरीले बताएको छ ।
उनीहरुका जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रमुख एसपी मसउद आलम खाँ ले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भैरहेको एसपी खाँ ले बताउनु भयो । बालबालिकाले विषाक्त औषधी हो भनेर थाहा नपाइ खानेकुरा हो की भनेर खाएको हुनसक्ने गाउँलेहरुले बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts