Thursday, November 2, 2017

प्रेस चौतारीका अध्यक्षको स्वतन्त्र उम्मेदवारी

आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि कञ्चनपुरमा आज मनोनयन दर्ता शुरु भएको छ ।

तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा सबै निर्वाचन कार्यालयहरु भीमदत्तनगरमा स्थापना भएका छन् ।

कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले आज बिहान १०ः२० बजे पहिलो उम्मेदवारी दर्ता कर्णबहादुर चन्दले प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो ।

नेकपा (एमाले) कञ्चनपुरका जिल्ला कमिटी सदस्य तथा प्रेस चौतारीका जिल्ला अध्यक्षसमेत रहेका चन्दले निर्वाचन क्षेत्र नं ३ को ‘क’ बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा (एमाले) र माओवादी केन्द्रको गठबन्धनबाट उक्त प्रदेश सभाका लागि प्रकाश रावललाई उम्मेदवार बनाएको छ । पार्टी निर्णयलाई अस्विकार गर्दै चन्द स्वतन्त्र उम्मेदवार बन्नु भएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts