Thursday, November 2, 2017

भूकम्प अति प्रभावित स्थानीय तहका वडामा प्राविधिक खटाइने

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लाका स्थानीय निकायका वडामा कम्तीमा एकजना प्राविधिक खटाउने निर्णय गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा बसेको ८९औँ कार्यकारी समितिको बैठकले शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाईबाट निजी आवास पुनः निर्माणका लागि जिल्लामा खटिएका तथा प्राधिकरणबाट नयाँ नियुक्त हुने प्रक्रियामा रहेका इञ्जिनियर, सब–इञ्जिनियर र ओभरसियरमध्येबाट भूकम्प अति प्रभावित १४ जिल्लाका स्थानीय तहको प्रत्येक वडामा कम्तीमा एकजना प्राविधिक पुग्ने गरी खटाउने निर्णय गरेको हो ।

भूकम्प कम प्रभावित १७ जिल्लामा भने लाभग्राही सङ्ख्याका आधारमा निजी आवास पुनः निर्माण कार्यमा पर्याप्त हुने गरी प्राविधिक खटाउने व्यवस्था मिलाई पुनः निर्माणमा तीव्रता दिने निर्णय पनि प्राधिकरणले गरेको छ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र सरोकारबाला बीच छलफल गरेर पुनः निर्माणमा देखिएका समस्या पहिचान गर्ने, समस्या समाधानको उपाय खोजी गर्ने र पुनः निर्माणमा स्थानीय तहको साझेदारीको विधि तय गर्ने उद्देश्यले निर्वाचित जनप्रतिनिधि, सम्बद्ध मन्त्रालय, विभाग, नेपाल राष्ट्र बैंक एवं बैंकर्स एशोसिएशन लगायतका सरोकार भएका संस्थासँग शुक्रबार छलफल गर्ने निर्णय पनि भएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।

पुनः निर्माण गरेका र गर्न चाहने भूकम्पपीडितले स्थानीय तहमा प्राविधिक नभेट्दा समस्या भएको गुनासो गरेपछि कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको प्राधिकरणले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts