Wednesday, November 1, 2017

उम्मेदवार छान्न अन्तिम दिन पनि दलहरु छलफलमा

काठमाडौ । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकाउम्मेदवारहरुको मनोनयन दर्ता गर्ने दिन आज तोकिएपनि राजनीतिक दलहरुले उम्मेदवारको अन्तिम टुंगो लगाउन सकेका छैनन् ।
गएराती अबेरसम्म छलफल गरेका कांग्रेस र एमालेले आज बिहान थप बैठक गर्दैछन् । केही ठाउँमा मात्रै सामान्य विवाद रहेकाले मिलाउन बाँकी रहेको र धेरै ठाउँमा तय भइसकेको ती दलका नेताहरुले बताएका छन् ।
बिहान एमाले स्थायी समिति र कांग्रेसका उपलब्ध नेताहरुको बैठक बस्दैछ । नेपाली कांग्रेसले राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालसँग सहमति खोज्ने प्रयास बिहान पनि जारी राख्ने बताएको मा छ ।
फोरम र राजपाले कम्तीमा २ नम्बर प्रदेशमा २० सिट दाबी गरेका छन् । कांग्रेससँग मिल्ने अवस्था आएमा दुवै दलले आफूले पाएको क्षेत्र छाड्नुपर्ने हुनसक्छ । वाम गठबन्धनले भने सिट बाँडफाँड टुङ्गो लगाइसकेको छ ।
आज सबै दलका शीर्ष तहका नेताहरुले उम्मेदवारी दिने कार्यक्रम रहेको छ । दोस्रो चरणको चुनावका लागि सबै दलका शीर्ष नेताहरुले मनोनयन दर्ता गर्दैछन् । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापालगायत शीर्ष नेता र दोस्रो तहका धेरै नेताले आज उम्मेदवारी दिँदैछन् ।

 

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts