Wednesday, November 1, 2017

दोस्रो चरणको निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदै

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रत्यक्षतर्फका उम्मेदवारी दर्ता आज हुँदैछ ।
दोस्रो चरणमा तराई र पहाडका ४५ जिल्लामा मंसिर २१ गते तोकिएको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि सबै तयारी सकिएको जनाएको छ ।
आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सीआइएनलाई जानकारी दिनुभयो । दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुनेछ ।
प्रतिनिधिसभाको कुल १ सय ६५ मध्ये ३७ र प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुँदैछ । ती क्षेत्रका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता भएको थियो । पहिलो चरणमा उच्च हिमाली तथा पहाडी जिल्लामा निर्वाचन हुनेछ ।
उम्मेदवारी दर्तासँगै उम्मेदवारहरूले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ । दलहरुले उम्मेदवार छनौट गरिसकेका छन् । विवादित केही ठाउँमा आज बिहान तय हुने दलहरुको दावी छ ।

 

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts