Wednesday, November 1, 2017

ठूलो परिमाणमा काठ बरामद

वन कर्मचारीको टोलीले आज सिरहाको लहान नगरपालिका– १८ बाट ठूलो परिमाणमा अवैध काठ बरामद गरेको छ ।

जिल्ला वन कार्यालय सिरहाका सहायक वन अधिकृत रामभगत यादवको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा लहान नगरपालिका–१८ स्थित इस्लाम मियाँको घरबाट करिब रु दुई लाख ५० हजार मूल्य बराबरको काठ नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको काठ जिल्ला वन कार्यालय सिरहामा ल्याइएको छ । यसबारेमा आवश्यक अनुसन्धान थालिएको जिल्ला वन अधिकृत सुनीलकुमार सिंहले जानकारी दिनुभयो ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts