Wednesday, November 1, 2017

ढुक्क भएर निर्वाचनको तयारीमा लाग्न राष्ट्रपतिबाट प्रमुख आयुक्तलाई सुझाव

काठमाडौँ,

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा आयोधीप्रसाद यादवले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभयो ।

सो अवसरमा राष्ट्रपतिबाट निर्वाचन तोकिएकै मितिमा हुने कुरामा कतै द्विविधा नराखी काम गर्न प्रमुख आयुक्तलाई सुझाव दिनुभएको थियो । आयोगले गरेको निर्वाचनको तयारीप्रति सन्तोष प्रकट गर्दै राष्ट्रपतिले भन्नुभयो, “सशंकित हुनुपर्दैन, हामी आयोगको साथमा छौँ र ढुक्क भएर अगाडि बढ्नुहोस् ।”
भेटका अवसरमा प्रमुख निर्वाचन आयुक्त डा यादवले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी अवस्थाबारे राष्ट्रपतिलाई अवगत गराउनुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतको आदेशअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपत्र छपाइ गर्ने कार्य जारी रहेको तथा मतदान केन्द्रित निर्वाचनका लागि आवश्यक पर्ने सामग्र्रीको व्यवस्थापन गर्ने कार्य तीव्ररुपमा भइरहेको राष्ट्रपतिसमक्ष उहाँले जानकारी गराउनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts