गाईघाट, उदयपुर। गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत उदयपुर र खोटाङबीच फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडान गर्न थालिएको छ ।
आगामी पुस महिनाको पहिलो हप्तादेखि बेलिब्रिज सञ्चालन गर्ने लक्षका साथ बेलिब्रिज जडानका लागि प्रारम्भिक कार्य शुरु भएको सो पुल निर्माणमा आवद्ध निर्माण व्यवसायी प्रेमकुमार कार्कीले बताउनुभयो ।
पचास मिटर लम्बाइ र पाँच मिटर चौडाइको उक्त पुलबाट पुसको पहिलो हप्तमै यातायात चालु गर्नेसमेत निर्माण व्यवसायी कार्कीले जानकारी दिनुभयो ।
गत जेठ महिनामा सुनकोशी नदीको पानीको बहाव बढेसँगै उक्त बेलिब्रिज खोलिएकामा अहिले नदीमा पानीको बहाव घटेसँगै पुल जडान गर्न थालिएको हो ।
सुनकोशी नदीमा अहिलेसम्म पनि स्थायी पुल निर्माण नहुँदा लामो समयदेखि गाईघाट दिक्तेल सडक मार्गमा हिउँदमा बेलिब्रिज जडान गरेर सञ्चाल गरिने र वर्षामा खोलिने भएकाले छ महिनासम्म यातायात बन्द हुने गरेको छ ।
Tuesday, November 28, 2017
सुनकोशीमा बेलिब्रिज जडान गर्न थालियो
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment