Tuesday, November 28, 2017

मन्त्री मण्डलका अंगरक्षकको निधन

पथरी, मोरङ । बिना विभागीय मन्त्री शिवकुमार मण्डलका अंगरक्षकको आज निधन भएको छ ।

मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीका अनुसार मन्त्री मण्डलका अंगरक्षक नेपाली सेनाका जमदार ४६ वर्षीय रामबहादुर बुढाको हृदयघातका कारण निधन भएको हो ।

वाम गठबन्धनबाट मोरङ क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका मन्त्री मण्डलको विराटनगर–१ पोखरियास्थित निवासमा बुढालाई राति असहज महसुस भएपछि उपचारका लागि स्थानीय विराट नर्सिङ होममा भर्ना गरिएको थियो । उपचारका लागि नर्सिङ होम पु¥याउनासाथ राति नै बुढालाई चिकित्सकले मृत घोषणा गरेको थियो । शवलाई सेनाका अधिकारीको जिम्मा लगाउने तयारी भइरहेको प्रहरी उपरीक्षक बिसीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts