Monday, November 27, 2017

नेता सिटौलाको निवास पछाडि बम विस्फोट

भद्रपुर।  झापाको सदरमुकाम चन्द्रगढीस्थित नेपाली काँग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घर पछाडि सुतली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गएराति करिब १२ः४५ को समयमा भएको सो विस्फोटबाट कुनै पनि क्षति नभएको र शंकास्पद एकजनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts