आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वाम गठबन्धन तथा नेपाली काँग्रेस र राप्रपाले उम्मेदवारी दर्ता गराएका छन् ।
वाम गठबन्धनका तर्फबाट क्षेत्र नं १ प्रतिनिधिसभामा एमालेका उपाध्यक्ष वामदेव गौतम, प्रदेशसभा १ (क) मा कविर थारु र १ (ख) मा तिलकराम शर्माले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै क्षेत्र नं २ प्रतिनिधिसभामा सन्तकुमार थारु तथा प्रदेशसभा २ (क)मा कुलप्रसाद पोखरेल र २(ख) मा दीपेश थारुले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यसैगरी काँगेसबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा सञ्जयकुमार गौतम, प्रदेशसभातर्फ १(क)मा सोढे विष्ट र १ (ख)मा मंगल थारु, प्रतिनिधिसभा क्षेत्र नं २ मा गोपाल दहित, प्रदेशसभा २(क) मा रामचन्द्र थापा र २(ख) मा नाचुराम थारुले उम्मेदवारी दिनुभएको छ ।
जिल्ला निर्वाचन कर्यालयका अनुसार प्रतिनिधिसभा १ मा नेपाल मजदुर किसान पार्टीका चौलाराम जैसी र नयाँ शक्तिका केशव पौडेल तथा प्रदेशसभातर्फ १ (क) मा नयाँ शक्तिका आनन्द ढुंगाना, नयाँ शक्तिकै प्रतिनिधिसभा २ मा मोहनलाल थारुले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यस्तै स्वतन्त्रबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा रामसुरथ यादव तथा प्रदेशसभा १ (क)बाट विश्वेश्वर यादवले उम्मेदवारी दिनुभएको छ । रासस
No comments:
Post a Comment