Thursday, November 2, 2017

निर्वाचन लोकतन्त्र र साम्यवादबीचको जनमत संग्रह

दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि काठमाडौँ जिल्लामा आज उम्मेदवारी दर्ता भएको छ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा काठमाडौँका निर्वाचन क्षेत्र नं १, २, ३ र ४ को उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नं १ मा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का अनिल शर्मा, विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र लगायतले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

प्रदेश सभाका लागि क्षेत्र नं १ को (क) मा काँग्रेसका दीपेन्द्र श्रेष्ठ र (ख) मा सुरजचन्द्र लामिछानेले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी वाम गठबन्धनका तर्फबाट (क) मा नेकपा (एमाले) की विष्णुकुमारी भुसाल र (ख) मा गणेश दुलालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रतिनिधि सभाका लागि क्षेत्र नं २ मा पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपाल र काँग्रेसका तर्फबाट पूर्व सांसद दीपकप्रसाद कुइँकेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । यो क्षेत्रबाट विवेकशील साझा पार्टीका सूर्यराज आचार्य, चुरेभावर लोकतान्त्रिक पार्टीका गुणकेशरी गजुरेल, राष्ट्रिय जनशक्ति पार्टीका राजेन्द्र शर्मा, नयाँ शक्तिका गणेशप्रसाद सिम्खडा, संघीय समाजवादी फोरमका शहरमान राई लगायतले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नं २ को (क) र (ख) बाट काँग्रेसका क्रमशः लोकेश ढकाल र मनहरि खड्काले उम्मेदवारी दर्ता गराउनुभयो भने बाम गठबन्धनका तर्फबाट एमालेका क्रमश ः सानु श्रेष्ठ र मणिराम फुयाँल प्रतिष्पर्धामा उत्रनुभएको छ ।

यसैगरी क्षेत्र नं ३ मा प्रतिनिधि सभाका लागि काँग्रेसका तर्फबाट केन्द्रीय सदस्य एवं सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत र एमालेका जिल्ला अध्यक्ष कृष्ण राई लगायतले उम्मेदवारी दर्ता गराउनुभयो । सोहि क्षेत्रको प्रदेश सभातर्फ (क) मा काँग्रेसका छिरिङदोर्जे लामा र माओवादी केन्द्रका रुद्र बराइली चुनावी दौडमा हुनुहुन्छ भने (ख) मा एमालेका तर्फबाट पूर्वसांसद रामेश्वर फुयाँल र काँग्रेसका तर्फबाट विमल ठकुरी उम्मेदवार बन्नुभएको छ । ठकुरी पूर्वसांसद चक्रबहादुर ठकुरीका छोरा हुनुहुन्छ ।

त्यस्तै क्षेत्र नं ४ मा प्रतिनिधिसभाका लागि काँग्रेसबाट युवा नेता गगनकुमार थापा र एमालेका राजन भट्टराईले उम्मेदवारी दर्ता गराउनुभयो भने प्रदेश सभातर्फ (क) बाट काँग्रेसका नरोत्तम वैद्य र (ख) बाट साधुराम खड्काले उम्मेदवारी दिनुभयो । वाम गठबन्धनबाट (क) मा एमालेका निर्मल कुइँकेल र (ख) मा कुसुमकुमार कार्कीले उम्मेदवारी दर्ता गराउनुभयो ।

उम्मेदवारी दर्ता गराउनुहुँदै पूर्वप्रधानमन्त्री एवं एमाले नेता नेपालले संविधानको जग बलियो बनाउन प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले सहयोग पु¥याउने बताउनुभयो ।

“आर्थिक विकासको गतिलाई तीव्र बनाउन, सुशासनलाई प्रवद्र्धन गर्न पनि यो निर्वाचन महत्वपूर्ण हुनेछ”–उहाँले भन्नुभयो ।

पूर्वउपप्रधानमन्त्री एवं काँग्रेस नेता सिंहले संविधानको संस्थागत विकासका लागि निर्वाचन अवसर भएको बताउनुभयो ।

“पहिलोपटक संघीयताअनुरुप प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन लागेकाले नेपाली जनतालाई सार्वभौम बनाउन चुनावले योगदान गर्नेछ, लोकतान्त्रिक मूल्य र मान्यतालाई अघि बढाउन निर्वाचन महत्वपूर्ण छ”–उहाँले भन्नुभयो ।

दश वर्षमा साम्यवादी व्यवस्था ल्याउने उद्घोष वाम गठबन्धनले गरेकाले त्यसको जनमत संग्रहका रुपमा पनि यो निर्वाचनलाई लिइएको नेता सिंहले उल्लेख गर्नुभयो ।

काँग्रेस नेता एवं क्षेत्र नं ४ मा उम्मेदवारी दर्ता गराउनुभएका थापाले संघीयस्वरुपलाई कार्यान्वयन गर्न निर्वाचन सफल बनाइनुपर्ने बताउनुभयो । प्रतिनिधिसभा र प्रदेशसभाकाबीच द्वन्द्व हुनसक्ने देखिएकाले समन्वय गरेर संघीय शासन व्यवस्थालाई सफल बनाउन आफूले ध्यान दिने उहाँको भनाइ थियो ।

क्षेत्र नं ४ मै वाम गठबन्धनबाट उम्मेदवारी दर्ता गराउनुभएका भट्टराईले जनताले परिवर्तन चाहेकाले अबको निर्वाचनपछि स्थिर सरकारको मुद्दा लिएर जनतामाझ जान लागेको बताउनुभयो ।

वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका पूर्वप्रधानमन्त्री नेपालसँग प्रतिस्पर्धामा उत्रनुभएका क्षेत्र नं २ को लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं पूर्वसांसद कुइँकेलले लोकतन्त्रवादी र साम्यवादी दलबीचको जनमत संग्रहका रुपमा यो चुनाव हुन लागेको बताउनुभयो ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts