Tuesday, November 28, 2017

साम्यवादको युग अन्त्य भयो : वरिष्ठ नेता पौडेल

जितपुर ।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले विश्वबाटै अन्त्य भएको साम्यवाद ल्याउन खोजेको बताउनु भएको छ ।

कपिलवस्तुको तौलिहवामा आज नेपाली काँग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले अबको युग भनेको प्रजातान्त्रिक समाजवादको जमाना हो, सबैको अधिकार सुनिश्चत गर्ने जमाना भएको हुँदा कसैको धाँक–धम्कीले अधिनायकवाद आउने छैन भन्नुभयो ।

नेपाली काँग्रेसले लोकतन्त्रलाई बलियो बनाई निमुखा जनताको अधिकार सुनिश्चत गर्ने बताउँदै सुकुम्वासी समस्या, गरिबी, बेरोजगारी समस्याको समाधान नेपाली काँग्रेसले गर्ने उहाँको भनाइ थियो ।

अर्को प्रसंगमा उहाँले कपिलवस्तु जिल्लाको समग्र विकासमा नेपाली काँग्रेसले नेतृत्व लिँदै पर्यटनको विकासबाट काँचुली फेर्ने दाबी गर्नुभयो ।

सो सभामा नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले देशको विकास र नेपाली काँग्रेसको इतिहासलाई सम्झेर भोट दिन आग्रह गर्नुभयो । बिपीको सपना आफूले साकार पारेरै छाड्ने उहाँको भनाइ थियो ।

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले हिमाल, पहाड र तराईलाई जोड्ने पार्टी नेपाली काँग्रेस भएको भन्दै देशको विकास र समृद्धिका लागि काँग्रेसलाई रोज्नुपर्ने बताउनुभयो । यो ५ नं प्रदेशलाई सबल, सक्षम र विकसित गराउने लक्ष्य नेपाली काँग्रेसले लिएको हँुदा यसमा सबैले साथ दिन उहाँले आग्रह गर्नुभयो ।

साथै सोही कार्यक्रमा वरिष्ठ उद्योगपति विनोद चौधरीले देशको समृद्धिका नेपाली काँग्रेस जस्तो पार्टी अरू कुनै नभएको दाबी गर्दै देशको विकासका लागि देशमा उद्योग–कलकारखाना बढी हुनपर्ने बताउनुभयो । कार्यक्रममा जिल्लाका तीनै क्षेत्रका उम्मेदवारले मन्तव्य राख्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts