Tuesday, November 28, 2017

शान्ति, समृद्धि र लोकतन्त्रका लागि काँग्रेसमा मतदानः उपप्रधानमन्त्री गच्छदार

इटहरी । उपप्रधान एंव संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले शान्ति, समृद्धि, लोकतन्त्र र संविधानको सफल कार्यान्वयनका लागि नेपाली काँग्रेस नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनु नै नेपालीका हितमा हुने बताउनुभएको छ ।

सो पार्टीद्वारा आज इटहरी उपमहानगरपालिकामा आयोजित चुनावीसभामा उहाँले भन्नुभयो – “संघीय शासन प्रणालीको स्थायित्वका लागि पनि काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनु नै नेपाली जनताको हितमा हुन्छ । ”

काँग्रेसबाट सुनसरी निर्वाचन क्षेत्र ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका उपप्रधानमन्त्री गच्छदारले भन्नुभयो, “काँग्रेस देश र जनताका पक्षमा जे गर्न सकिन्छ, त्यही बोल्छ र त्यसलाई व्यवहारमा नै लागू गरेर देखाउँछ ।”

देशमा २०४६ को परिवर्तनपछि काँग्रेसले आम नेपाली जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी गरेको कामका कारणले नै आज सबै नेपालीको आधारभूत आश्यकता शिक्षा, स्वास्थ्य, सडक, सञ्चार, पर्यटन र जलस्रोतका क्षेत्रमा अपेक्षाकृत परिवर्तन एवम् विकास सम्भव भएको उल्लेख गर्दै उहाँले काँग्रेसले केही गरेन भनेर विपक्षीले दुष्प्रचार गरिरहेकोतर्फ सचेत रहन सबैमा आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री गच्छदारले शिक्षा, स्वास्थ्य, सञ्चार, सडक र नदी एवम् खोलामाथि पुलदेखि झोलुङ्गे पुल बनाएर आम नेपाली जनताले प्राप्त गरेको सुविधा काँग्रेसको पालामा नभएर कसको पालामा भएको हो भनी प्रश्न गर्दै राजनीतिमा इमान्दारिता भयो भने मात्र देश र समाजले सुख र समृद्धि पाउने विश्वास व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts