Friday, November 3, 2017

दलहरुले आचारसंहिताको पालना नगरे आयोगले कारवाही गर्ने

काठमाडौ । दलहरुले आमसभा वाहेक अन्य क्षेत्रमा ठूलो रुपमा माइकिन गर्न नपाइने भएको छ । निर्वाचन आयोगले चुनावी प्रचारका क्रममा ठूलो स्वरमा माइकिङ नगर्न दलहरुलाई भनेको छ ।
आचारसंहिताको पूर्ण पालना नगर्ने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आचार संहिताको कडाईका साथ अनुगमन हुने बताए ।
आयोगको अनुमतिविना सवारी साधनको प्रयोग नगर्न पनि राजनीतिक दल र त्यसका उम्मेदवारहरुलाई आयोगले फेरि निर्देशन दिएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना भए–नभएको विषयमा अनुगमन गर्न सबै निर्वाचन क्षेत्रमा टोली परिचालन गरिसकेको छ ।
आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र गरी कूल ३ सय ३५ महिलाले उम्मेदवारी दर्ता गराएका छन् । दोस्रो चरणका ४५ जिल्लामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि हिजो प्रतिनिधि सभातर्फ १ सय २६ र प्रदेश सभातर्फ २ सय ९ गरी कूल ३ सय ३५ महिलाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको निर्वाचन आयोगले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts