Wednesday, November 1, 2017

हात्तीको आक्रमणबाट मृत्यु

जंगली हात्तीको आक्रमणबाट झापाको भद्रपुर नगरपालिका–१० स्थित सतार बस्तीमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ निवासी अन्दाजी ३५ वर्षीय दुर्गाबहादुर कटुवाल रहेका छन् ।

उनलाई मंगलबार साँझ चाराली जंगलबाट आएका हात्ती लखेट्ने क्रममा हात्तीले आक्रमण गरेको थियो ।

सो क्रममा हात्तीले कुल्चिएर गम्भीर घाइते बनाएपछि मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts