Wednesday, November 29, 2017

खोलामा डुबेर मृत्यु

भक्तपुर।  मनोहरा खोलामा डुबेर आज एक पुरुषको मृत्यु भएको छ ।
मध्यपुरथिमि नगरपालिका– २ सानोठिमी मगरगाउँस्थित हरहर महादेवस्थान काँडाघारी जाने खोलामा डुबेर चौतारा साँगाचोकगढी नगरपालिकाका ४४ वर्षीय प्रेमबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मनोहरा खोलामा रहेको काठको पुल तर्ने क्रममा खोलामा खसेर घाइते भएका तामाङलाई प्रहरीले मध्यपुरथिमिस्थित कोरिया नेपाल मैत्री अस्पतालमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts