Tuesday, November 28, 2017

सानिमा इक्विटी फण्डको बिक्री शुरु

काठमाडौँ।  कुल १२ करोड एकाइ बराबरको सानिमा इक्विटी फण्डको कारोबार आजदेखि शुरु भएको छ ।
कुल सात वर्षको बन्दमुखी योजनाअन्तर्गत एक करोड ८० लाख एकाइ संख्याको १५ प्रतिशत एकाइ प्रवद्र्धक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित राखी अरु एकाइ बिक्री शुरु भएको सानिमा क्यापिटलले जनाएको छ ।
आजदेखि शुरु भएको उक्त म्याचुअल फण्ड यही मंसिर २६ गतेसम्म जारी रहनेछ । आवेदकले न्यूनतम १०० एकाइ र अधिकतम २४ लाख एकाइ खरिद गर्न पाउने छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts