Tuesday, November 28, 2017

आगलागीबाट लाखौँको क्षति

रौतहट। रौतहट गरुडा नगरपालिकास्थित दुई घरमा आगलागी हुुँदा लाखौँ रुपैयाँ मूल्य बराबरका धनमाल क्षति भएको छ ।

गरुडा नगरपालिका–९ धरहरी गाउँमा आज अपराह्न भएको आगलागीबाट महेन्द्र साह र खहेरु साहको घर जलेर नष्ट भएको हो । आगलागीबाट घरमा रहेको अन्न, लत्ताकपडा, नगद, गरगहनासमेत गरी रु. आठ लाख मूल्य बराबरका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

परालको कुुन्यूँबाट एक्कासि सल्केको आगोले दुवै घरमा रहेको १४ वटा बाख्राको पाठोसमेत जलेर मरेको घटनास्थलमा पुुगेका इलाका प्रहरी कार्यालय शिवनगरका प्रहरी नायब निरीक्षक मदन ठाकुुरले जानकारी दिनुुभयो ।

लामखुुट्टे धपाउन दिउँसो बालिएको घूरबाट अपराह्न करिब ३ बजे परालको कुुन्यूँमा लागेको आगोले ठूलो रुप लिएर दुुवै घर जलेको प्रहरी नायब निरीक्षक ठाकुुरले बताउनुुभयो । प्रहरी र स्थानीयवासीले गौरबाट गएको वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएका छन् । घटनास्थल जिल्ला सदरमुुकाम गौरबाट करिब २५ किलोमिटर टाढा रहेको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts