दमक, झापाको शिवसताक्षी नगरपालिकामा आज छुट्टाछुट्टै स्थानमा
एक वृद्धसहित दुई जनाको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार स्थानीय कमल खोलाको पुलमुनि झापा जिल्ला, कन्काई नगरपालिका–३ बस्ने ७२ वर्षीय खड्गबहादुर भुजेल र शिवसताक्षी–१० स्थित सैनिक चोकमा एकजना पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ ।
नाम र वतन नखुलेको अन्दाजी ५५ वर्षीय जस्तो देखिने पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै शवको परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाएको प्रहरीले बताएको छ । रासस
No comments:
Post a Comment