Tuesday, November 28, 2017

मतपेटिकाको सुरक्षाका लागि दलका प्रतिनिधि र तीनैवटा सुरक्षा निकाय

जाजरकोट । मतपेटिकाको सुरक्षाका लागि जाजरकोटमा तीनवटा सुरक्षा निकाय र दलका प्रतिनिधि खटिने भएका छन् ।

समानुमातिक र प्रत्यक्षतर्फका मतपेटिकालाई छुट्टाछुट्टै स्थानमा राखेर सुरक्षा दिइने भएको छ । समानुपातिकतर्फको मतपेटिका वृद्धाश्रममा राखिने र त्यहाँ दलका प्रतिनिधि र सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीले सुरक्षा दिने प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिनुभयो ।

त्यस्तै प्रत्यक्षतर्फका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको मतपेटिका माथिल्लो थाप्लेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । मत पेटिकाको सुरक्षा दलका प्रतिनिधि र तीनैवटा सुरक्षा निकायले गर्ने उहाँले बताउनुभयो । सबै दलले मतपेटिका राखेको ठाउँमा ताला लगाएका छन् ।

जाजरकोटका ८५ वटा निर्वाचनस्थलको मतपेटिका सुरक्षाका लागि दलका प्रतिनिधि र स्थानीय प्रशासनले यस्तो सहमति गरेका हुन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts