Wednesday, November 29, 2017

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौँ।  दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ ।

महासंघले आज सार्वजनिक गरेको खेल तालिकानुसार नेपालले बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम कमलापुरमा आगामी पुस २ गते बंगलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

त्यसैगरी नेपालले आफ्नो दोस्रो खेलमा पुस ४ गते भारतको सामना गर्नेछ भने तेस्रो तथा अन्तिम खेल पुस ६ गते भुटानसँग खेल्नेछ । राउण्ड रोविन लिगअनुसार हुने उक्त खेलमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले पुस ९ गते फाइनल खेल्नेछन् । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानका गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts