Wednesday, November 29, 2017

सबै मतपेटिका सदरमुकाममा संकलन

काठमाडौँ । पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदानमा प्रयोग भएका ३२ वटै जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा ल्याउने कार्य सम्पन्न भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार कूल दुई हजार ९१७ मतदानस्थलका सबै मतपेटिका आज सम्बन्धित जिल्लाको सदरमुकाममा पु¥याएको छ ।

डोल्पाका से–फोक्सुण्डो र थार्का ताङसोङ्का मतदानस्थलका मतपेटिका आज हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो । दोस्रो चरणमा मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि मतगणना कार्य शुरु हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts