काठमाडौ । दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि ४ हजार ७ सय ८ हजनाले मनोनयन दर्ता गरेका छन् ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन संचालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरण अनुसार, प्रतिनिधिसभातर्फ १,७४२ र प्रदेशसभा सभातर्फ २,९६६ गरी जम्मा ४,७०८ जनाको उम्मेदवारी दर्ता भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
प्रतिनिधिसभातर्फ १२६ र प्रदेशसभातर्फ २०९ गरी जम्मा ३३५ महिला उम्मेदवारले मनोनयन दर्ता गरेको आयोगले जनाएको छ । हिजो भएको मनोनयन दर्ताको काम शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रका लागि बिहीबार बिहान १० देखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो ।
निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ता गरेकाहरुको सूची हिजै प्रकाशन गरिएको र आज ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दर्ता गर्न सकिने ढकालले जानकारी दिए ।
आज दर्ता भएको उजुरी उपर निर्वाचन आयोगले भोलि छानविन गरी नामावली प्रकाशन गर्नेछ । कात्तिक १९ गते उम्मेदवारले नाम फिर्ता लिन चाहे फिर्ता लिन सक्नेछन् । उम्मेदवारले नाम फिर्ता लिने समयावधि सकिएपछि आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नेछ र उम्मेदवारहरूले औपचारिक रूपमा चुनाव चिह्न प्राप्त गर्नेछन् । आ आफ्नो चुनाव चिह्न प्राप्त गरेपछि उम्मेदवारहरूले चुनावी प्रचारका कार्यक्रम गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।
Thursday, November 2, 2017
निर्वाचन कार्यतालिकाः आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment