Sunday, December 3, 2017

उपप्रधानमन्त्री श्रेष्ठलाई लक्ष्य गरी बम विष्फोट

वालिङ।उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्ष्य गरी आज साँझ बम विष्फोट गराइएको छ ।

स्याङ्जाको भीरकोट नगरपालिका–८ को ढापुक सिमलभञ्ज्याङमा भएको चुनावी सभालाई सम्बोधन गरेर फर्कने क्रममा ढापुक फेदीको बाटोमै बम विष्फोट भएको हो ।

टिनको बट्टामा प्लास्टिकले बेरिएको अवस्थामा रहेको बम बाटोभन्दा माथिबाट उपप्रधानमन्त्री श्रेष्ठलाई लक्ष्य गरी विष्फोट गराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

बम बिष्फोटमा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । उपप्रधानमन्त्रीको सुरक्षामा खटिएको प्रहरीको गाडी र उपप्रधानमन्त्री श्रेष्ठको गाडीको बीचमा उक्त विष्फोट भएको हो । विष्फोटबाट कुनैपनि मानवीय तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts