जितपुर। यहाँको चन्द्रौटा बजारनजिक आज साँझ बम विष्फोट भएको छ ।
शिवराज नगरपालिका–५ चन्द्रौटा बजार नजिक रहेको कवाडी वस्तु थुपार्ने ठाउँमा साँझ विष्फोट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।
स्थानीयवासीले शुरुमा गाडीको टायर पड्किएको होला भनेर खासै ध्यान दिएको थिएन । विस्फोट भएको ठाउँको निरीक्षण गरेको प्रहरीले विष्फोटबाट कुनै क्षति नभएको जनाएको छ ।
No comments:
Post a Comment