Wednesday, December 6, 2017

भक्तपुरमा शान्तिपूर्ण रुपमा मतदान शुरु

भक्तपुर।  भक्तपुरमा आज बिहान ७ बजेदेखि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रुपमा शुरु भएको छ ।

भक्तपुरका ७८ वटा मतदानस्थल र २०९ वटा मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान शुरु भएको छ । जिल्लामा कुल एक लाख ७८ हजार ९९ हजार मतदाता रहेका छन् ।

सुरक्षाका लागि भक्तपुरमा दुई हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको छ भने मतदाताले उत्साहित भएर मतदान गरेका छन् । भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ बजे मतदान गर्नुहुने भएको छ ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले भने १० बजे विद्यार्थी निकेतन मावि मतदान केन्द्रबाट १० बजे मतदान गर्नुहुने भएको छ । पूर्वमन्त्री महेश बस्नेतले गुण्डुस्थित भैरवी निमावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts