Tuesday, December 5, 2017

निर्वाचन विरोधी आतंकपूर्ण घटना नियन्त्रण गर्न माग

पोखरा।  मानव अधिकार संरक्षण मञ्च कास्कीले केही दिनदेखि देशका विभिन्न भागमा निर्वाचन विरोधी आतंकपूर्ण घटना बढ्दै गएकाले त्यस्ता क्रियाकलाप रोक्नेतर्पm पहल गर्न सरकारसँग माग गरेको छ ।

मञ्चद्वारा मंगलबार साँझ प्रकाशित विज्ञप्तिमा राजधानीमा समेत एकपछि अर्को गर्दै उम्मेदवार केन्द्रित गरी सार्वजनिकस्थल, सवारीसाधन र व्यक्तिका घर कम्पाउण्डमा समेत बम विस्फोट गराउने घटना दैनिकजसो हुने गरेकाले स्वतन्त्रपूर्ण निर्वाचन प्रक्रियामा सरिक हुन पाउने नागरिक अधिकार कुण्ठित हुने आशंका पैदा भएको उल्लेख छ ।

व्यक्तिले निर्धक्क अभ्यास गर्न पाउने स्वतन्त्रतापूर्ण हकको संरक्षण हुनुपर्नेमा आतंकपूर्ण घटना दिनानुदिन बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै मञ्चका अध्यक्ष नवदत्त ढुंगानाद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता उच्छृङ्खल क्रियाकलाप गर्ने व्यक्ति तथा समूहलाई पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न माग पनि गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts