Tuesday, December 5, 2017

लैंगिक हिंसाविरुद्धको सारोकारवालाबीच अन्तरक्रिया

धादिङ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत धादिङबेसीमा आयोजना गरिएको अन्तरक्रिया सरोकारवालाले ‘म हिंसा गर्दिन, म हिंसा सहन्न र म हिंसाको प्रतिकार गर्नेछु’ भन्ने प्रतिबद्धता जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले लैंगिक हिंसा पीडकलाई कुनै पनि हालमा छुट नदिई न्यायालयसमक्ष पेश गर्ने प्रतिबद्धता जनाउँदै सरकारको एक्लो प्रयासले मात्र लैंगिक हिंसाको अन्त्य गर्न नसकिने हुँदा सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

जिल्ला न्यायाधीश उमेश कोइरालाले महिलालाई संविधानमा उच्च सम्मान दिएको उल्लेख गर्दै घरेलु हिंसाको अन्त्यका लागि समाज र परिवारको सोचमा परिवर्तन आउनु आवश्यक रहेको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts