Monday, December 4, 2017

‘समृद्धिको अभियान पूरा गर्न काँग्रेसलाई मत’

काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान बनाउन नेतृत्व गरेको दललाई नै कार्यान्वयनको पनि जिम्मेवारी दिन मतदातासँग अनुरोध गर्नुभएको छ ।

काँग्रेस काठमाडौँ क्षेत्र नं ३ ले आज जोरपाटीमा आयोजना गरेको अन्तिम चुनावीसभालाई सम्बोधन गर्दै नेता सिंहले तीन कालखण्डका तीन परिवर्तनको नेतृत्व गरेको काँग्रेस अब समृद्धिको अभियान पूरा गर्न चाहन्छ, यसका लागि अबको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेसलाई बहुमत दिनुस् भन्नुभयो ।

लोकतान्त्रिक गठबन्धनका तर्फबाट काठमाडौँ ३ नं क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार अम्बिका बस्नेतले देशबाट गरिबी निवारणका लागि काँग्रेसलाई नै बहुमत दिनुपर्ने बताउनुभयो । “गरिबको पार्टी हौँ भन्ने साम्यवादी दल गरिब घटे संगठनका आधार सकिन्छ भनेर विपन्नको आर्थिक अवस्था सुधार गर्न चाहन्नन्, काँग्रेस सबैलाई न्यूनतम आवश्यकता परिपूर्ति गर्न सक्षम बनाउन चाहन्छ”, सहकारी तथा गरिबी निवारणमन्त्री बस्नेतले भन्नुभयो ।

कार्यक्रममा काँग्रेस क्षेत्रीय सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले जनताको चाहना पूरा गर्न नगरपालिकाका प्रत्येक वडामा धार्मिक पर्यटन प्रवद्र्धन गर्न लागिएको बताउनुभयो । क्षेत्र नं ३ प्रदेश (क) का उम्मेदवार छिरिङदोर्जे लामा, प्रदेश (ख) का विमल ठकुरी, प्रदेशसभामा समानुपातिक उम्मेदवारद्वय रामलाल श्रेष्ठ, गोविन्द पुडासैनीलगायतले लोकतान्त्रिक शासन व्यवस्थाको रक्षाका लागि काँग्रेसलाई जिताउन आह्वान गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts