Monday, December 4, 2017

बम पड्काउने दुलोका मुसा हुन् :खनाल

इलाम ;नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले बम आतंक फैलाउनेलाई मुसाको संज्ञा दिनुभएको छ ।

फिक्कलमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दुलोभित्र बसेर सकेट बम जस्तो कागजी बम पड्काई नेता र जनताको ज्यान लिएर क्रान्ति सफल नहुने बताउनुभयो । उहाँले भन्नुभयोे, “तिमीहरू कुनामा बस्ने मुसाभन्दा केही पनि हैनौ । दुलोभित्र बसेर मानिसहरूलाई तर्साउने, नेताहरूलाई तर्साउने कुनै व्यक्तिको ज्यान लिएर कस्तो क्रान्ति हुन्छ ?”

प्रतिनिधिसभा सदस्य उम्मेदवार खनालले अर्काे प्रसङ्गमा साझा बस, बाँसबाँरी छालाजुत्ता कारखाना, हरिसिद्धि इँटा टायल कारखाना, चिया बगान, वीरगञ्ज कृषि औजार कारखानाजस्ता उद्योग र संस्थान निजीकरणमा नाममा कांग्रेस सरकारले कौडीको मूल्यमा बेचेको आरोप लगाउँदै समाजवाद स्थापनाका लागि वाम गठबन्धन गरिएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts