Saturday, December 9, 2017

रोल्पामा वाम गठबन्धन विजयी

रोल्पा । रोल्पा जिल्लामा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सम्पन्न भएको छ ।

अन्तिम मत परिणामअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको हो ।

प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र)का उम्मेदवार वर्षमान पुनले २७ हजार ९०७ मत ल्याई विजयी हुनुभएको छ । पुनका निकटतम प्रतिस्पर्र्धीका रुपमा रहनुभएका नेपाली काँग्रेसका उम्मेदवार अमरसिंह पुनले १४ हजार १०३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरि प्रदेशसभा (क) मा नेकपा माओवादीका कुलप्रसाद केसीले १७ हजार ७७६ मत प्राप्त गरी विजयी हुनुभएको छ । केसीका निकटतम प्रतिस्पर्धी रहनुभएका नेपाली काँग्रेसका शेरबहादुर महराले नौ हजार ६९० मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा (ख) मा नेकपा माओवादी केन्द्रका दीपेन्द्र पुन मगरले २४ हजार ४९० मत प्राप्त गरी विजयी हुनुभएको छ । पुनका निकटतम प्रतिस्पर्धी रहेका नेपाली काँग्रेसका खगेन्द्र प्रकाश हमालले नौ हजार ९६९ मत प्राप्त गर्नुभएको थियो । एक लाख २७ हजार ६२९ मतदाता रहेको रोल्पामा ७० हजार ७७६ मत खसेको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts