पोखरा। प्रतिनिधिसभा कास्की क्षेत्र नं ३ बाट नेकपा (एमाले)का उम्मेदवार जगतबहादुर सुनार विश्वकर्मा निर्वाचित हुनुभएको छ ।
उहाँले ३२ हजार ६९० मत ल्याउनुुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शुक्रराज शर्माले २४ हजार ३०४ मत ल्याउनुभएको थियो ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि छोटो प्रतिक्रिया दिँदै विश्वकर्माले यस क्षेत्रका जनताको आर्थिक समृद्धि र विकास निर्माणमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो निर्वाचन क्षेत्रको कूल ८८ हजार ७१७ मतमध्ये निर्वाचनमा ६१ हजार ८९२ मत खसेको थियो ।
यसैगरी कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले)का खगराज अधिकारी ३९ हजार २४२ मतसहित विजयी बन्नुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार यज्ञबहादुर थापाले २५ हजार ८२६ मत प्राप्त गर्नुभयो ।
अधिकारी पूर्वस्वास्थ्यमन्त्री हुनुहुन्छ भने थापा वर्तमान कानून, न्याय तथा संसदीय मामिला मन्त्री हुनुहुन्छ ।
No comments:
Post a Comment