Saturday, December 9, 2017

पाल्पा क्षेत्र नं २ मा एमालेका पाण्डे विजयी

पाल्पा । पाल्पा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का सोमप्रसाद पाण्डेय विजयी हुनुभएको छ ।

पाण्डेयले ३४ हजार ८९९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिप्रसाद नेपालले २४ हजार ५५४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले जानकारी दिनुभयो ।

यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश (क) मा नेकपा (एमाले) का डा पुरन बज्राचार्य विजयी हुनुभएको छ ।
बज्राचार्यले १८ हजार ४२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका माधव नेपालले चार हजार ५७२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश (ख) मा नेकपा (माओवादी केन्द्रका) तुलाराम घर्ती (वसन्त) विजयी हुनुभएको छ ।

घर्तीले १६ हजार ४२२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राम कार्कीले ११ हजार ४९६ मत प्राप्त गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts