Saturday, December 9, 2017

प्रधानमन्त्री देउवा छैटौँ पटक विजयी

डडेल्धुरा।  डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ ।

प्रधानमन्त्री देउवा डडेल्धुराबाट छैटौँपटक विजयी हुनुभएको हो । देउवाले २८ हजार ४४ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादीका खगराज भट्टले २१ हजार ११५ मत ल्याएर पराजित हुनुभएको हो । माओवादीका भट्ट प्रधानमन्त्री देउवासँग तेस्रो पटक पराजित हुनुभएको हो । प्रधानमन्त्री देउवाले मतगणनाको सुरुवातबाट नै अग्रता लिनुभएको थियो ।

देउवा डडेल्धुरामा विसं २०४८ यताका सम्पूर्ण चुनाव जित्दै आउनुभएको छ । डडेल्धुरामा उहाँले अहिले छैटौँ पटक चुनाव जित्नुभएको हो । उहाँले विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कञ्चनपुर र ०७० दोस्रोमा कैलाली क्षेत्रबाट पनि चुनाव जित्नुभएको थियो ।
यसैगरी प्रदेशसभामा डडेल्धुरा प्रदेश नं १ मा वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहराले १३ हजार ५६३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार रघुवर भट्टले ११ हजार ३९४ मत ल्याएर पराजय भोग्नुपरेको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts