Wednesday, December 13, 2017

कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिकमा एमाले पहिलो

पोखरा । प्रतिनिधिसभाका तीनवटै सिट जितेको नेकपा (एमाले) कास्कीको प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्पm पनि पहिलो पार्टी बनेको छ ।

एमालेले ८२ हजार ६५८ मत ल्याएको छ भने नेपाली काँग्रेसले ६० हजार ७८९ मत ल्याएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)ले १३ हजार ८८१, विवेकशील साझा पार्टीले सात हजार ३२७, राप्रपाले तीन हजार ३३३, संघीय समाजवादी फोरम नेपालले एक हजार ३८७ र नयाँ शक्तिले एक हजार १६३ मत ल्याएका छन् । समानुपातिकतर्पm सात हजार २६१ मत बदर भएको थियो ।

यस्तै प्रदेशसभातर्पm एमालेले ७७ हजार ४८७, नेपाली काँग्रेसले ५८ हजार १७२, माओवादी केन्द्रले १६ हजार ५४५, विवेकशील साझा पार्टीले पाँच हजार ६२४, राप्रपाले तीन हजार ६१०, संघीय समाजवादी फोरमले एक हजार ८५१ र नयाँ शक्ति पार्टीले एक हजार ५३६ मत ल्याएका छन् । प्रदेशसभामा सात हजार २७१ मत बदर भएको छ ।

कूल दुई लाख ५५ हजार ४५२ मतदाता रहेको कास्कीमा प्रदेशसभा र प्रतिनिधिसभामा गरी दुवैमा एक लाख ८० हजार ५७३ मत खसेको थियो । निर्वाचनमा एक लाख ७३ हजार ३१२ मत सदर भएको थियो । जिल्लाभरको समानुपातिकमा ४९ र प्रदेशमा २० दल सहभागी भएका थिए ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts