Wednesday, December 13, 2017

महोत्तरीमा १५ हजारभन्दा बढी मत बदर

गौशाला। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लामा प्रत्यक्षतर्फ १५ हजारभन्दा बढी मत बदर भएको छ ।

जिल्ला निर्वाचन अधिकारी पिंकी रायका अनुसार मंसिर २१ गते महोत्तरीमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा १५ हजार २८० मत बदर भएको हो । कूल तीन लाख १७ हजार ६७९ मतदाता रहेको महोत्तरीमा सम्पन्न निर्वाचनमा जिल्लाको सबै क्षेत्रमा दुई लाख १४ हजार ७९९ मत खसेको थियो । जसमध्ये १५ हजार २८० मत बदर भएको जिल्ला निर्वाचन अधिकारी रायले बताउनुभयो ।

चार प्रतिनिधि र आठ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा सम्पन्न निर्वाचनमा ७.१४ प्रतिशत मत प्रतिनिधिसभामा र ५.८६ प्रतिशत मत प्रदेशसभामा गरी जम्मा १३ प्रतिशत मत बदर भएको निर्वाचन अधिकारी रायले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts