Monday, December 18, 2017

भूमिदानका लागि रु ६ करोड ५० लाख सहयोग

पोखरा। पोखरा–लेखनाथ महानगरपालिका–११ काहुँडाँडामा निर्माण गरिने धर्मकायबुद्ध मण्डला भूमिदानका लागि आजसम्म रु छ करोड ५० लाख सहयोग प्राप्त भएको छ ।

बुद्ध मण्डला निर्माणका लागि आवश्यक पर्ने सात रोपनी जग्गा खरिदका लागि स्वदेश र विदेशमा रहेका दाजुभाइ तथा दिदी बहिनीबाट उक्त रकम सहयोग प्राप्त भएकोे मण्डला विकास तथा व्यवस्थापन समितिका सचिव राजबहादुर गुरुङले जानकारी दिनुभयो ।

सचिव गुरुङका अनुसार पहिलो चरणमा मण्डलाका नाममा खरिद गरिएको जग्गाको रकम तिर्ने र दोस्रो चरणमा पुनः रकम संकलन गरी मण्डला निर्माणको काम अघि बढाइनेछ ।

मण्डलाको हातामा ८० मिटर अग्लो बुद्धको मूर्ति, ठूलो ध्यान केन्द्र, बगैंचा, छात्रवास, पुस्तकालय, चारवटा कुनामा स्तुपा, गेष्टहाउस र संग्रहालय बनाउने लक्ष राखिएको छ ।

यसैबीच भूमिदानका लागि बेलायतबाट पोखरा आउनुभएका महेश गुरुङले रु ५० हजार पाँच र डा चन्द्रबहादुर गुरुङले रु ५० हजार सहयोग गर्नुभएको सचिव गुरुङले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts