Monday, December 18, 2017

नागढुंगाबाट लागूऔषधसहित एकजना पक्राउ

काठमाडौँ। महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा ३ ख २८६६ नं को बसमा झोलामा लुकाइल्याएको अवस्थामा आज बिहान १० बजे तनहुँका विक्रम अधिकारीलाई पक्राउ गरेको हो ।

प्रभागका प्रमुख केशव भट्टका अनुसार पक्राउ अधिकारीसँग १६ एम्पुल डाइजेपाम, १६ एम्पुल लुर्फिजेसिक, १६ एम्पुल फेनार्गन र एक थान सिरिञ्ज पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ अधिकारीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको भट्टले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts