Wednesday, December 13, 2017

बसले किच्दा नाबालकको मृत्यु

पाल्पा, २७ मंसिर (रासस) ः पाल्पाको पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गमा बसले किच्दा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेक्लाङ्गका १६ महिनाका बालक अमृत सारु रहेका छन् ।

सारुका हजुरबुबा बसमा चढ्न खोज्दा बालकले हजुरबुबालाई पछ्याउँदै गाडीतर्फ आउने क्रममा किचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हजुरबुवाले तरकारी लोड गर्दैगर्दा बसको अर्को पटृीबाट बालक पछयाउँदै आएकाले उनले नदेखेको र उनलाई हेर्ने ५÷६ बर्षका दाई साथीसंग खेल्न गएकाले घटना हुनपुगेको प्रहरीले बताएको छ । बस केही हिँडिसकेपछि मात्र उनकी हजुरआमाले नाति दुर्घटनामा परेको थाहा पाएकी थिइन् ।

खुमडाँडादेखि ताहुँतर्फ आउँदै गरेको लु २ ख २८० नंको बसले किच्दा बालकको मंगलबार मृत्यु हुन पुगेको हो । बस चालक सागर दर्जी प्रहरी नियन्त्रणमा रहेका छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts