Wednesday, December 13, 2017

मतदातालाई धन्यवाद दिन गाउँगाउँमा सांसद

जाजरकोट। यहाँ भर्खरै मात्र निर्वाचित भएका सांसद गाउँगाउँमा पुगेका छन् ।

आफूलाई भोट दिएर विजयी गराउने मतदातालाई धन्यवाद दिन गाउँमा गएको पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले बताउनुभयो ।

गाउँमा स्थानीयका माग र सल्लाह, सुझाव लिन गाउँगाउँमा गएको उहाँको भनाइ छ । बुधबार दिउँसो पश्चिमको थलहमा मतदातालाई धन्यवाद दिन जनसभा नै गर्नलागिएको छ ।

मंगलबार सदरमुकामलगायतका ठाउँमा कार्यकर्ता र जनतासँग भेटघाट गरी गाउँतर्फ लागिएको अर्का प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताउनुभयो । जनतालाई धन्यवाद दिन गएका सांसदलाई अधिकांश स्थानीयले पार्टी एकता कहिले हुन्छ ? भन्दै प्रश्न गर्न थालेका छन् ।

सांसदलाई भेटेर ज्ञापनपत्र बुझाएर यहाँका महिला, युवाले दुर्गमलाई सुगम बनाउन, महिलामैत्री र राज्यका हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागितामा जोड दिन आग्रह गरेका छन् । स्थानीयबासीले चुनावको बेला उठाएका एजेण्डा नभुल्नसमेत आग्रह गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts