Saturday, December 2, 2017

सानीभेरीमा बगेर एकको मृत्यु

रुकुम।रुकुम पश्चिमको सानीभेरी नदीमा बगेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका–१० का ६६ वर्षीय टीकाराम ओलीको सानीभेरी नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

नदीमा माछा मार्नेक्रममा उहाँलाई आज बिहान करिब ९ः३० बजेतिर नदीले बगाउँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नदीमा माछा मार्ने क्रममा चिप्लिएर बगेको हुनसक्ने प्रहरीको अनुमान छ ।

सानीभेरी–८ को स्थानीय छोटेबगरबाट बगेका ओली करिब ६०० मिटर तल मृत अवस्थामा फेला परेको उहाँका छोरा नन्दराम ओलीले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts