Thursday, December 21, 2017

स्थानीयवासीको सक्रियतामा भीषण आगलागी नियन्त्रणमा

दुनै।यहाँको त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत वडा नं १ स्थित गौचर बनमा लागेको भीषण आगो नियन्त्रणमा आएको छ ।

बस्ती नजिकैको सो वनमा दुई दिनदेखि लागेको भीषण आगलागी स्थानीयवासीको सक्रियतामा निभाइएको स्थानीय नन्दबहादुर शाहीले बताउनुभयो ।

आगलागी नियन्त्रणका लागि भिजाइएका कपडा, रुखका हाँगा, कुटो कोदालोसहित गाउँका, महिला, युवा केटाकेटी सबै वनमा पुगेका थिए ।

आगलागीले चरिचरनका रुपमा रहेको रैबुन, भलखोला हुँदै दैचउरसम्मको सम्पूर्ण वन सखाप भएको छ ।

वन सबै आगलागीले सखाप पारेपछि बस्तुभाउ चराउन समस्या भएकाले स्थानीयवासी चिन्तित भएका छन् ।

आगलागीका सम्बन्धमा स्थानीयवासीले नै अनुसन्धान गरिरहेको शाहीले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts