Thursday, December 21, 2017

साफ यू–१५ महिला फुटबलः नेपाल–भुटान रोकिए

काठमाडौँ। भुटानसँग एक एक गोलको बराबरी खेल्दै नेपालले बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको यात्रा समाप्त गरेको छ ।

ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मोस्ताफा कमल रङ्गशालामा आज भएको अन्तिम खेलमा भुटानसँग एक एकको बराबरी खेल्दै नेपालले यात्रा समाप्त गरेको हो ।

खेलको नवौँ मिनेटमा डेकी लाहाजुमको गोलबाट भुटानले अग्रता लिए पनि ८१ आँै मिनेटमा नेपालकी सविता राना मगरले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । खेलको अन्तिम समयमा नेपालले पेनाल्टीमा गोल गर्ने अवसर पाए पनि नेपालकी सरस्वती हमाल गोल गर्न असफल हुँदा खेल एक एकको बराबरीमा सकियो ।

चार टोली सहभागी च्याम्पियनसिपको पुछारमा रहँदै नेपालले प्रतियोगितामा आफ्नो सम्भावना समाप्त गरेको छ । च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशसँग ६–०ले पराजित नेपाल दोस्रो खेलमा भारतसँग १०–० ले हारेको थियो ।

जारी च्याम्पियनसिपमा बंगलादेश र भारत फाइनलमा पुगेका छन् । अन्तिम खेलमा भारतलाई ३–० ले पराजित गरेको बंगलादेश ९ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । एक खेलमा हार र दुई खेलमा जीत निकालेको भारत छ अंकसहित दोस्रो स्थानमा छ । फाइनल खेल आइतबार हुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts